< استر 3 >

بعد از این وقایع، اخشورش پادشاه، هامان بن همداتای اجاجی را عظمت داده، به درجه بلند رسانید و کرسی او را از تمامی روسایی که با او بودند بالاتر گذاشت. ۱ 1
यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए ।
و جمیع خادمان پادشاه که در دروازه پادشاه می‌بودند، به هامان سر فرود آورده، وی را سجده می‌کردند، زیرا که پادشاه درباره‌اش چنین امر فرموده بود. لکن مردخای سر فرود نمی آورد و او را سجده نمی کرد. ۲ 2
राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्‍नु र लम्पसार परेर दण्‍डवत् गर्नु भन्‍ने आदेश राजाबाट भएको थियो । तर मोर्दकैले न घँडा टेके, न लम्पसार परे ।
و خادمان پادشاه که در دروازه پادشاه بودند، از مردخای پرسیدند که «تو چرا از امرپادشاه تجاوز می‌نمایی؟» ۳ 3
तब राजाको ढोकामा बस्‍ने राजाका सेवकहरूले मोर्दकैलाई भने, “राजाको आज्ञालाई तपाईं किन अटेर गर्नुहुन्‍छ?”
اما هر‌چند، روز به روز این سخن را به وی می‌گفتند، به ایشان گوش نمی داد. پس هامان راخبر دادند تا ببینند که آیا کلام مردخای ثابت می‌شود یا نه، زیرا که ایشان را خبر داده بود که من یهودی هستم. ۴ 4
तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे । त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए ।
و چون هامان دید که مردخای سر فرود نمی آورد و او را سجده نمی نماید، هامان از غضب مملو گردید. ۵ 5
हामानको सामु मोर्दकैले घुँडा नटेकेको र ननिहुरेको कुरा जब हामानले देखे, तब तिनी रिसले चूर भए ।
و چونکه دست انداختن بر مردخای، تنها به نظر وی سهل آمد واو را از قوم مردخای اطلاع داده بودند، پس هامان قصد هلاک نمودن جمیع یهودیانی که در تمامی مملکت اخشورش بودند کرد، زانرو که قوم مردخای بودند. ۶ 6
मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे ।
در ماه اول از سال دوازدهم سلطنت اخشورش که ماه نیسان باشد، هر روز در حضورهامان و هر ماه تا ماه دوازدهم که ماه اذار باشد، فور یعنی قرعه می‌انداختند. ۷ 7
राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे ।
پس هامان به اخشورش پادشاه گفت: «قومی هستند که در میان قوم‌ها در جمیع ولایتهای مملکت تو پراکنده ومتفرق می‌باشند و شرایع ایشان، مخالف همه قومها است و شرایع پادشاه را به‌جا نمی آورند. لهذا ایشان را چنین واگذاشتن برای پادشاه مفیدنیست. ۸ 8
तब हामानले राजा अहासूरसलाई भने, “एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् । तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् । त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन ।
اگر پادشاه را پسند آید، حکمی نوشته شود که ایشان را هلاک سازند. و من ده هزار وزنه نقره به‌دست عاملان خواهم داد تا آن را به خزانه پادشاه بیاورند.» ۹ 9
राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु ।”
آنگاه پادشاه انگشترخود را از دستش بیرون کرده، آن را به هامان بن همداتای اجاجی که دشمن یهود بود داد. ۱۰ 10
तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्‍यो दिए ।
و پادشاه به هامان گفت: «هم نقره و هم قوم را به تودادم تا هرچه در نظرت پسند آید به ایشان بکنی.» ۱۱ 11
राजाले हामानलाई भने, “तिमी र तिम्रा मानिसहरूलाई रुपियाँ-पैसा फिर्ता दिइएको म हेर्नेछु । तिमीलाई इच्छा छ त्‍यही त्‍यसले गर ।”
پس کاتبان پادشاه را در روز سیزدهم ماه اول احضار نمودند و بر وفق آنچه هامان امرفرمود، به امیران پادشاه و به والیانی که بر هرولایت بودند و بر سروران هر قوم مرقوم شد. به هر ولایت، موافق خط آن و به هر قوم موافق زبانش، به اسم اخشورش پادشاه مکتوب گردید وبه مهر پادشاه مختوم شد. ۱۲ 12
तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो ।
و مکتوبات به‌دست چاپاران به همه ولایتهای پادشاه فرستاده شد تاهمه یهودیان را از جوان و پیر و طفل و زن در یک روز، یعنی سیزدهم ماه دوازدهم که ماه آذارباشد، هلاک کنند و بکشند و تلف سازند و اموال ایشان را غارت کنند. ۱۳ 13
बाह्रौँ महिना (जुन अदार महिना हो) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म, बालबालिका र महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न, मार्न र नाश गर्न अनि तिनीहरूका धन-सम्पत्ति खोस्‍न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए ।
و تا این حکم در همه ولایتها رسانیده شود، سوادهای مکتوب به همه قومها اعلان شد که در همان روز مستعد باشند. ۱۴ 14
हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो ।
پس چاپاران بیرون رفتند و ایشان را برحسب فرمان پادشاه شتابانیدند و این حکم دردارالسلطنه شوشن نافذ شد و پادشاه و هامان به نوشیدن نشستند. اما شهر شوشن مشوش بود. ۱۵ 15
राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए । शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो । राजा र हामान पिउनलाई बसे, तर शूशन सहरमा भने हलचल मच्‍चियो ।

< استر 3 >