< افسسیان 3 >
از این سبب من که پولس هستم و اسیر مسیح عیسی برای شماای امت ها- | ۱ 1 |
यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्टको एक कैदी हुँ ।
اگر شنیده باشید تدبیر فیض خدا را که بجهت شما به من عطا شده است، | ۲ 2 |
तिमीहरूका निम्ति परमेश्वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु ।
که این سر ازراه کشف بر من اعلام شد، چنانکه مختصر پیش نوشتم، | ۳ 3 |
मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्त रूपमा लेखेको कुरा एउटा गुप्त सत्यता हो ।
و از مطالعه آن میتوانید ادراک مرا درسر میسح بفهمید. | ۴ 4 |
जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्टिको बारेमा तिमीहरूले बुझ्न सक्ने छौ ।
که آن در قرنهای گذشته به بنی آدم آشکار نشده بود، بطوری که الحال بررسولان مقدس و انبیای او به روح مکشوف گشته است، | ۵ 5 |
यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
که امتها در میراث و در بدن و در بهره وعده او در مسیح بوساطت انجیل شریک هستند. | ۶ 6 |
यो गुप्त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् ।
که خادم آن شدم بحسب عطای فیض خدا که برحسب عمل قوت او به من داده شده است. | ۷ 7 |
उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु ।
یعنی به من که کمتر از کمترین همه مقدسینم، این فیض عطا شد که در میان امتها به دولت بیقیاس مسیح بشارت دهم، | ۸ 8 |
परमेश्वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
و همه را روشن سازم که چیست انتظام آن سری که از بنای عالمهامستور بود، در خدایی که همهچیز را بوسیله عیسی مسیح آفرید. (aiōn ) | ۹ 9 |
सबै मानिसहरूलाई परमेश्वरको गुप्त योजनाको बारेमा मैले स्पष्ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो । (aiōn )
تا آنکه الحال بر ارباب ریاستها و قدرتها در جایهای آسمانی، حکمت گوناگون خدا بوسیله کلیسا معلوم شود، | ۱۰ 10 |
परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।
برحسب تقدیر ازلی که در خداوند ما مسیح عیسی نمود، (aiōn ) | ۱۱ 11 |
हाम्रा प्रभु, ख्रीष्ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ । (aiōn )
که در وی جسارت و دخول بااعتماد داریم بهسبب ایمان وی. | ۱۲ 12 |
किनभने ख्रीष्टमा, उहाँमाथि हाम्रो विश्वासको कारण हामीले साहस र आत्मविश्वास पाएका छौँ ।
لهذا استدعادارم که از زحمات من به جهت شما خسته خاطرمشوید که آنها فخر شما است. | ۱۳ 13 |
यसकारण, तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्दछु । त्यो तिमीहरूका निम्ति महिमा हो ।
از این سبب، زانو میزنم نزد آن پدر، | ۱۴ 14 |
यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,
که از او هر خانوادهای در آسمان و بر زمین مسمی میشود؛ | ۱۵ 15 |
जसको पछाडि स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ ।
که بحسب دولت جلال خود به شماعطا کند که در انسانیت باطنی خود از روح او به قوت زورآور شوید، | ۱۶ 16 |
उहाँको महिमाको प्रशस्तता अनुसार तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माको शक्तिद्वारा उहाँले तिमीहरूलाई मजबूत गराऊन् भनेर म प्रार्थना गर्दछु ।
تا مسیح به وساطت ایمان در دلهای شما ساکن شود؛ | ۱۷ 17 |
तिमीहरूको विश्वासद्वारा येशू ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून् भनेर म प्रार्थना गर्दछु । उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर म प्रार्थना गर्दछु ।
و در محبت ریشه کرده و بنیاد نهاده، استطاعت یابید که باتمامی مقدسین ادراک کنید که عرض و طول وعمق و بلندی چیست؛ | ۱۸ 18 |
ताकि, उहाँको प्रेममा सबै विश्वासीहरू सँगै ख्रीष्टको प्रेमको चौडाई, लम्बाई, उचाई र गहिराई तिमीहरूले बुझ्न सकोस् ।
و عارف شوید به محبت مسیح که فوق از معرفت است تا پر شویدتا تمامی پری خدا. | ۱۹ 19 |
तिमीहरूले ख्रीष्टको प्रेमको महानतालाई बुझ्न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्वरको समपूर्णताले भरिन सक भनेर यसो गर ।
الحال او را که قادر است که بکند بینهایت زیادتر از هرآنچه بخواهیم یا فکر کنیم، بحسب آن قوتی که در ما عمل میکند، | ۲۰ 20 |
अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्नुहुने उहाँलाई,
مر او را درکلیسا و در مسیح عیسی تا جمیع قرنها تا ابدالابادجلال باد. آمین. (aiōn ) | ۲۱ 21 |
ख्रीष्ट येशूमा भएका सबै पुस्ताहरूद्वारा र मण्डलीमा उहाँलाई सदासर्वदा युग-युग सम्म महिमा होस्! आमेन । (aiōn )