< دوم پادشاهان 8 >
و الیشع به زنی که پسرش را زنده کرده بود، خطاب کرده، گفت: «تو و خاندانت برخاسته، بروید و در جایی که میتوانی ساکن شوی، ساکن شو، زیرا خداوند قحطی خوانده است و هم بر زمین هفت سال واقع خواهد شد.» | ۱ 1 |
अब एलीशाले त्यस स्त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्छ त्यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”
و آن زن برخاسته، موافق کلام مرد خدا، عمل نمود و با خاندان خود رفته، در زمین فلسطینیان هفت سال ماوا گزید. | ۲ 2 |
त्यसैले ती स्त्री उठिन् र परमेश्वरका मानिसको वचन मानिन् । तिनी आफ्ना घारानासित गइन् र सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन् ।
و واقع شد بعد از انقضای هفت سال که آن زن از زمین فلسطینیان مراجعت کرده، بیرون آمد تا نزد پادشاه برای خانه و زمین خود استغاثه نماید. | ۳ 3 |
सात वर्षको अन्त्यमा ती स्त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्ति चढाउन गइन् ।
و پادشاه با جیحزی، خادم مرد خدا گفتگو مینمود و میگفت: «حال تمام اعمال عظیمی را که الیشع بجا آورده است، به من بگو.» | ۴ 4 |
राजाले परमेश्वरका मानिसको सेवक गेहजीलाई यसो भन्दै थिए, “एलीशाले गरेका सबै महान् काम मलाई भन ।”
و هنگامی که او برای پادشاه بیان میکردکه چگونه مردهای را زنده نمود، اینک زنی که پسرش را زنده کرده بود، نزد پادشاه به جهت خانه و زمین خود استغاثه نمود. و جیحزی گفت: «ای آقایم پادشاه! این همان زن است و پسری که الیشع زنده کرد، این است.» | ۵ 5 |
तब कसरी एलीशाले मेरको बच्चालाई मृत्युबाट फेरि जिवित पारेका थिए भनी राजालाई बताइरहँदा मृत्युबाट फेरि जिवित भएको बच्चाकी आमा आफ्नो परिवार र जमिनको निम्ति बिन्ती गर्न राजाकहाँ आइन् । गेहजीले भने, “हे मेरा मालिक राजा, ती स्त्री यिनै हुन् र तिनको छोरो यही हो जसलाई एलीशाले मृत्युबाट फेरि जिवित पारेका थिए ।”
و چون پادشاه از زن پرسید، او وی را خبر داد، پس پادشاه یکی ازخواجگان خود را برایش تعیین نموده، گفت: «تمامی مایملک او وتمامی حاصل ملک او را از روزی که زمین را ترک کرده است تا الان به او ردنما.» | ۶ 6 |
जब राजाले त्यो स्त्रीलाई तिनको छोरोको बारेमा सोधे, तब तिनले त्यो कुरा उनलाई व्याख्या गरिन् । त्यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए, “जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्मको उक्त जमिनको उब्जनीसमेत तिनैलाई फिर्ता दिनू।”
و الیشع به دمشق رفت و بنهدد، پادشاه ارام، بیمار بود و به او خبر داده، گفتند که مرد خدااینجا آمده است. | ۷ 7 |
एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, “परमेश्वरका मानिस यहाँ आएका छन् ।”
پس پادشاه به حزائیل گفت: «هدیهای بهدست خود گرفته، برای ملاقات مردخدا برو و به واسطه او از خداوند سوال نما که آیااز این مرض خود شفا خواهم یافت؟» | ۸ 8 |
राजाले हजाएललाई भने, “आफ्नो हातमा उपहार लेऊ र गएर परमेश्वरका मानिसलाई भेट र तिनीद्वारा परमप्रभुसित यसो भनेर सल्लाह खोज, 'के म यस रोगबाट निको हुन्छु?'”
و حزائیل برای ملاقات وی رفته، هدیهای بهدست خودگرفت، یعنی بار چهل شتر از تمامی نفایس دمشق. و آمده، به حضور وی ایستاد و گفت: «پسرت، بنهدد، پادشاه ارام مرا نزد تو فرستاده، میگوید: آیا از این مرض خود شفا خواهم یافت؟» | ۹ 9 |
त्यसैले हजाएल तिनलाई भेट्न गए र तिनले आफूसित चालिसवटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे । हजाएल आए र एलीशाको सामु खडा भए र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'के म यस रोगबाट निको हुन्छु'?”
و الیشع وی را گفت: «برو و او را بگو: البته شفا توانی یافت لیکن خداوند مرا اعلام نموده است که هرآینه او خواهد مرد.» | ۱۰ 10 |
एलीशाले तिनलाई भने, “जानुहोस्, र बेन-हददलाई भन्नुहोस्, 'निश्चय नै तपाईं निको हुनुहुनेछ,' तर तिनी निश्चय नै मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।”
و چشم خود را خیره ساخته، بر وی نگریست تا خجل گردید. پس مرد خدا بگریست. | ۱۱ 11 |
तब हजाएललाई शर्म नलागेसम्म एलीशाले तिनलाई एकटक लगाएर हेरे, अनि परमेश्वरका मानिस रोए ।
و حزائیل گفت: «آقایم چرا گریه میکند؟» او جواب داد: «چونکه ضرری را که تو به بنیاسرائیل خواهی رسانید، میدانم، قلعه های ایشان را آتش خواهی زد و جوانان ایشان را به شمشیر خواهی کشت، واطفال ایشان را خرد خواهی نمود و حامله های ایشان را شکم پاره خواهی کرد.» | ۱۲ 12 |
हजाएलले सोधे, “हे मेरा मालिक, तपाईं किन रुनुहुन्छ?” तिनले जवाफ दिए, “किनकि तपाईंले इस्राएलका मानिसमाथि गर्ने खराबी मलाई थाहा छ । तपाईंले तिनीहरूका किल्लाहरू आगोमा जलाउनुहुनेछ, र तिनीहरूका युवाहरूलाई तरवारले मार्नुहुनेछ अनि तिनीहरूका बालबच्चालाई टुक्राटुक्रा पार्नुहुनेछ र गर्भवती स्त्रीहरूका पेट चिर्नुहुनेछ ।”
و حزائیل گفت: «بنده تو که سگ است، کیست که چنین عمل عظیمی بکند؟» الیشع گفت: «خداوند بر من نموده است که تو پادشاه ارام خواهی شد.» | ۱۳ 13 |
हजाएलले भने, “तपाईंको दास को हो जसले यति ठुलो काम गरोस्? ऊ केवल एउटा कुकुर हो ।” एलीशाले भने, “तपाईं अरामका राजा बन्नुहुनेछ भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।”
پس از نزد الیشع روانه شده، نزد آقای خود آمد و او وی را گفت: «الیشع تو را چه گفت؟» اوجواب داد: «به من گفت که البته شفا خواهی یافت.» | ۱۴ 14 |
तब हजाएल एलीशाबाट बिदा भए र आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे, “एलीशाले तिमीलाई के भने?” तिनले जवाफ दिए, “तपाईं निश्चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए ।”
و در فردای آن روز، لحاف را گرفته آن را در آب فرو برد و بر رویش گسترد که مرد وحزائیل در جایش پادشاه شد. | ۱۵ 15 |
तब अर्को दिन हजाएलले कम्बल लिए र त्यो पानीमा चोपे, अनि त्यो बेन-हददको मुखमा राखिदए ताकि तिनी मरे । त्यसपछि तिनको ठाउँमा हजाएल राजा भए ।
و در سال پنجم یورام بن اخاب، پادشاه اسرائیل، وقتی که یهوشافاط هنوز پادشاه یهودابود، یهورام بن یهوشافاط، پادشاه یهودا آغازسلطنت نمود. | ۱۶ 16 |
इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्य गर्न थाले ।
و چون پادشاه شد، سی و دوساله بود و هشت سال در اورشلیم پادشاهی کرد. | ۱۷ 17 |
यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।
و به طریق پادشاهان اسرائیل به نحوی که خاندان اخاب عمل مینمودند سلوک نمود، زیراکه دختر اخاب، زن او بود و آنچه در نظر خداوندناپسند بود، به عمل میآورد. | ۱۸ 18 |
आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही तिनले गरे ।
اما خداوند بهخاطر بنده داود نخواست که یهودا را هلاک سازدچونکه وی را وعده داده بود که او را و پسرانش راهمیشه اوقات، چراغی بدهد. | ۱۹ 19 |
तापनि, परमप्रभुका दास दाऊदको कारणले उहाँले यहूदालाई नष्ट गर्न चाहनुभएन, किनकि तिनलाई सधैँ सन्तानहरू दिनेछु भनी उहाँले तिनलाई भन्नुभएको थियो ।
و در ایام وی ادوم از زیر دست یهودا عاصی شده، پادشاهی برخود نصب کردند. | ۲۰ 20 |
यहोरामको समयमा, यहूदाको विरुद्धमा एदोम बागी भयो र आफ्नो निम्ति आफैले राजा नियुक्त गर्यो ।
و یورام با تمامی ارابه های خود به صعیر رفتند و در شب برخاسته، ادومیان را که او را احاطه نموده بودند و سرداران ارابهها راشکست داد و قوم به خیمه های خود فرار کردند. | ۲۱ 21 |
त्यसपछि यहोराम आफ्ना सबै रथ लिएर जाईरमा गए । जब एदोमीहरूले यहोरामलाई घेरा हाले, तब तिनका रथ सेनापतिहरू उठे र तिनीहरूलाई रातमा आक्रमण गरे। तर यहोरामका सेना भागे र आ-आफ्ना घर फर्के ।
و ادوم از زیر دست یهودا تا امروز عاصی شدهاند و لبنه نیز در آن وقت عاصی شد. | ۲۲ 22 |
त्यसैले आजको दिनसम्म नै एदोम यहूदाको शासनको विरुद्धमा बागी भएको छ । त्यसै बेला लिब्ना पनि बागी भयो ।
و بقیه وقایع یورام و آنچه کرد، آیا در کتاب تواریخ ایام پادشاهان یهودا مکتوب نیست؟ | ۲۳ 23 |
यहोराम, र तिनले गरेका सबै कामका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
و یورام باپدران خود خوابید و در شهر داود با پدران خوددفن شد. و پسرش اخزیا بهجایش پادشاهی کرد. | ۲۴ 24 |
यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।
و در سال دوازدهم یورام بن اخاب، پادشاه اسرائیل، اخزیا ابن یهورام، پادشاه یهودا، آغاز سلطنت نمود. | ۲۵ 25 |
इस्राएलका राजा आहाबका छोरा योरामको बार्हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न सुरु गरे ।
و اخزیا چون پادشاه شد، بیست و دو ساله بود و یک سال در اورشلیم پادشاهی کرد و اسم مادرش عتلیا، دختر عمری پادشاه اسرائیل بود. | ۲۶ 26 |
अहज्याहले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।
و به طریق خاندان اخاب سلوک نموده، آنچه در نظر خداوند ناپسند بود، مثل خاندان اخاب به عمل میآورد زیرا که دامادخاندان اخاب بود. | ۲۷ 27 |
अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए ।
و با یورام بن اخاب برای مقاتله با حزائیل پادشاه ارام به راموت جلعاد رفت و ارامیان، یورام را مجروح ساختند. | ۲۸ 28 |
रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए । अरामीहरूले योरामलाई घाइते बनाए ।
و یورام پادشاه به یزرعیل مراجعت کرد تا از جراحتهایی که ارامیان به وی رسانیده بودند هنگامی که با حزائیل، پادشاه ارام جنگ مینمود، شفا یابد. و اخزیا ابن یهورام، پادشاه یهودا، به یزرئیل فرود آمد تا یورام بن اخاب را عیادت نماید چونکه مریض بود. | ۲۹ 29 |
अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।