< اول سموئیل 1 >
و مردی بود از رامه تایم صوفیم از کوهستان افرایم، مسمی به القانه بن یروحام بن الیهو بن توحو بن صوف. و او افرایمی بود. | ۱ 1 |
एफ्राइमको पहाडी देशको सूपीहरूका रामतैमबाट आएका एक जना मानिस थिए । तिनी एफ्राइमी सूपका जनाति तोहूको पनाति एलीहूको नाति यरोहामका छोरा एल्काना थिए ।
و او دو زن داشت. اسم یکی حنا و اسم دیگری فننه بود. و فننه اولاد داشت لیکن حنا رااولاد نبود. | ۲ 2 |
तिनका दुई वटी पत्नीहरू थिए । पहिलोको नाउँ हन्नाह र दोस्रोको नाउँ पनिन्नाह थियो । पनिन्नाहका छोराछोरी थिए तर हन्नाहका थिएन ।
و آن مرد هر سال برای عبادت نمودن وقربانی گذرانیدن برای یهوه صبایوت از شهر خودبه شیلوه میآمد، و حفنی و فینحاس دو پسرعیلی، کاهنان خداوند در آنجا بودند. | ۳ 3 |
यिनी आफ्नो सहरबाट सर्वशक्तिमान् परमप्रभुको निम्ति बलिदान चढाउन र आरधना गर्न हरेक वर्ष शीलोमा जन्थे । त्यहाँ एलीका दुई जना छोराहरू होप्नी र पीनहास परमप्रभुका पुजारीहरू थिए ।
و چون روزی میآمد که القانه قربانی میگذرانید، به زن خود فننه و همه پسران و دختران خود قسمت هامی داد. | ۴ 4 |
जब एल्कानाले हरेक वर्षझैं बलिदान गर्ने समय आयो, तिनले सदैव तिनकी पत्नी पनिन्नाह र तिनका सबै छोरा र छोरीलाई मासुको भागहरू दिन्थे ।
و اما به حنا قسمت مضاعف میداد زیراکه حنا را دوست میداشت، اگرچه خداوند رحم او را بسته بود. | ۵ 5 |
तर तिनले हन्नाहलाई सदैव दोब्बर भाग दिन्थे, किनभने तिनले उनलाई माया गर्थे, यद्यपि परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो ।
و هئوی وی او را نیز سخت میرنجانید به حدی که وی را خشمناک میساخت، چونکه خداوند رحم او را بسته بود. | ۶ 6 |
उनको सौताले उनलाई रिस उठाउनलाई उनलाई साह्रै चिढ्याउँथिन्, किनभने परमप्रभुले उनको गर्भ बन्द गर्नुभएको थियो ।
و همچنین سال به سال واقع میشد که چون حنابه خانه خدا میآمد، فننه همچنین او رامی رنجانید و او گریه نموده، چیزی نمی خورد. | ۷ 7 |
त्यसैले वर्षै पिच्छे, उनी आफ्नो परिवारसँग परमप्रभुको भवनमा जाँदा उनको सौताले तिनलाई सदैव चिढ्याउँथिन् । यसकारण, उनी रुन्थिन् र केही पनि खाँदैनथिन् ।
و شوهرش، القانه، وی را میگفت: «ای حنا چراگریانی و چرا نمی خوری و دلت چرا غمگین است؟ آیا من برای تو از ده پسر بهتر نیستم؟» | ۸ 8 |
उनका पति एल्कानाले सदैव उनलाई भन्थे,”ए हन्नाह, तिमी किन रुन्छ्यौ? तिमी किन खाँदिनौ? तिम्रो हृदय किन यति धेरै निराश हुन्छ? के म तिम्रो निम्ति दस जना छोराभन्दा उत्तम छैन र?”
و بعد از اکل و شرب نمودن ایشان در شیلوه، حنا برخاست و عیلی کاهن بر کرسی خود نزد ستونی در هیکل خدا نشسته بود. | ۹ 9 |
यि अवसरमध्ये एकपल्ट तिनीहरूले शीलोमा खाने र पिउने काम सकेपछि हन्नाह उठिन् । यति बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकामा आफ्नो आसनमा बसिरहेका थिए ।
و او به تلخی جان نزد خداوند دعا کرد، و زارزار بگریست. | ۱۰ 10 |
उनी अति नै व्याकुल भएकी थिइन् । उनले परमप्रभुसँग प्रार्थना गरिन् र धुरुधुरु रोइन् ।
ونذر کرده، گفت: «ای یهوه صبایوت اگر فی الواقع به مصیبت کنیز خود نظر کرده، مرا بیاد آوری وکنیزک خود را فراموش نکرده، اولاد ذکوری به کنیز خود عطا فرمایی، او را تمامی ایام عمرش به خداوند خواهم داد، و استره بر سرش نخواهدآمد.» | ۱۱ 11 |
उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्छ, मलाई याद गर्नुहुन्छ र आफ्नो दासीलाई बिर्सनुहुन्न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन ।”
و چون دعای خود را به حضور خداوندطول داد عیلی دهن او را ملاحظه کرد. | ۱۲ 12 |
उनले परमप्रभुको सामु प्रार्थना गरिरहँदा एलीले तिनको मुखलाई हेरे ।
و حنادر دل خود سخن میگفت، و لبهایش فقط، متحرک بود و آوازش مسموع نمی شد، و عیلی گمان برد که مست است. | ۱۳ 13 |
हन्नाह आफ्नो हृदयमा बोलिन् । उनका ओठहरू चले, तर उनको सोर सुनिएन । यसकारण, उनी मद्यले मातेकी थिइन् भनी एलीले विचार गरे ।
پس عیلی وی راگفت: «تا به کی مست میشوی؟ شرابت را از خوددور کن.» | ۱۴ 14 |
एलीले उनलाई भने, “तिमी कहिलेसम्म मद्यले मातिरहन्छ्यौ? आफ्नो मद्यको आदत छोडिदेऊ।”
و حنا در جواب گفت: «نی آقایم، بلکه زن شکسته روح هستم، و شراب و مسکرات ننوشیدهام، بلکه جان خود را به حضور خداوندریختهام. | ۱۵ 15 |
हन्नाहले जवाफ दिईन्, “होइन, मेरा मालिक, म दुःखी आत्मा भएको स्त्री हुँ । मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु ।
کنیز خود را از دختران بلیعال مشمار، زیرا که از کثرت غم و رنجیدگی خود تابحال میگفتم.» | ۱۶ 16 |
हजूकी दासीलाई एउटी निर्लज्ज स्त्री भएकी विचार नगर्नुहोस् । ठुलो चिन्ता र धेरै अपमानले गर्दा म बोलिरहेकी छु ।”
عیلی در جواب گفت: «به سلامتی برو و خدای اسرائیل مسالتی را که از اوطلب نمودی، تو را عطا فرماید.» | ۱۷ 17 |
तब एलीले जवाफ दिए र भने, “शान्तिसँग जाऊ । इस्राएलका परमेश्वरसँग तिमीले गरेकी बिन्तीको जावफ उहाँले तिमीलाई देऊन् ।”
گفت: «کنیزت در نظرت التفات یابد.» پس آن زن راه خود را پیش گرفت و میخورد و دیگر ترشرونبود. | ۱۸ 18 |
उनले भनिन्, “तपाईंकी दासीलाई तपाईंको नजरमा कृपा मिलोस् ।” अनि ती स्त्री गईन् र खाइन् । उनको अनुहार फेरि कहिल्यै निराश भएन ।
و ایشان بامدادان برخاسته، به حضور خداوند عبادت کردند و برگشته، به خانه خویش به رامه آمدند، و القانه زن خود حنا را بشناخت وخداوند او را به یاد آورد. | ۱۹ 19 |
तिनीहरू बिहान सबेरै उठे र परमप्रभुको आराधना गरे, अनि तिनीहरू फेरि रामामा भएको आफ्नो घरमा फर्के । आफ्नो पत्नी हन्नाहसँग एल्कनाले सहवास गरे र परमप्रभुले उनलाई याद गर्नुभयो ।
و بعد از مرور ایام حنا حامله شده، پسری زایید و او را سموئیل نام نهاد، زیرا گفت: «او را از خداوند سوال نمودم.» | ۲۰ 20 |
जब समय आयो, तब हन्नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”
و شوهرش القانه با تمامی اهل خانهاش رفت تا قربانی سالیانه و نذر خود را نزد خداوندبگذراند. | ۲۱ 21 |
फेरि एकपल्ट, एल्काना र तिनका सबै घराना वर्षै पिच्छेको बलिदान परमप्रभुलाई चढाउन र आफ्नो भाकल पुरा गर्न गए ।
و حنا نرفت زیرا که به شوهر خودگفته بود تا پسر از شیر باز داشته نشود، نمی آیم، آنگاه او را خواهم آورد و به حضور خداوندحاضر شده، آنجا دائم خواهد ماند. | ۲۲ 22 |
तर हन्नाह गइनन् । उनले आफ्नो पतिलाई यसो भनेकी थिइन्, “बालकले दूध नछोडेसम्म म जानेछैनँ । त्यसपछि म उसलाई लानेछु, ताकि ऊ परमप्रभुको सामु देखा परोस् र सदासर्वदा त्यहीं बसोस् ।”
شوهرش القانه وی را گفت: «آنچه در نظرت پسند آید، بکن، تا وقت باز داشتنش از شیر بمان، لیکن خداوند کلام خود را استوار نماید.» پس آن زن ماند و تا وقت بازداشتن پسر خود از شیر، او راشیر میداد. | ۲۳ 23 |
उनका पति एल्कानाले उनलाई भने, “तिमीलाई जे असल लाग्छ सो गर । उसले दूध नछोडेसम्म पर्ख । परमप्रभुले आफ्नो वचन मात्र पुरा गर्नुभएको होस् ।” यसैले ती स्त्री बसिन् र उनको छोराले दूध नछोडेसम्म उसलाई दूध खुवाइन् ।
و چون او را از شیر باز داشته بود، وی را باسه گاو و یک ایفه آرد و یک مشک شراب با خودآورده، به خانه خداوند در شیلوه رسانید و آن پسر کوچک بود. | ۲۴ 24 |
जब उनले उसलाई दूध छोडाइन्, तब उनले तिन वर्षे साँढे, पाँच पाथी पिठो, एक मशक दाखमद्यको साथमा उसलाई आफूसँगै लिएर गइन्, अनि उसलाई शीलो भएकोमा परमप्रभुको भवनमा ल्याइन् । यति बेला त्यो बालक सानै थियो ।
و گاو را ذبح نمودند، و پسررا نزد عیلی آوردند. | ۲۵ 25 |
तिनीहरूले साँढेलाई मारे र बलकलाई एलीकहाँ ल्याए ।
و حنا گفت: «عرض میکنمای آقایم! جانت زنده بادای آقایم! من آن زن هستم که در اینجا نزد تو ایستاده، از خداوندمسئلت نمودم. | ۲۶ 26 |
उनले भनिन्, “हे मेरो मालिक, मेरो मालिक जीवित हुनुभएझैं, यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्त्री म नै हुँ ।
برای این پسر مسالت نمودم وخداوند مسالت مرا که از او طلب نموده بودم، به من عطا فرموده است. | ۲۷ 27 |
यही बलकको निम्ति मैले प्रार्थना गरें र मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो ।
و من نیز او را برای خداوند وقف نمودم؛ تمام ایامی که زنده باشدوقف خداوند خواهد بود.» پس در آنجا خداوند را عبادت نمودند. | ۲۸ 28 |
मैले उसलाई परमप्रभुमा अर्पण गरेको छु, ऊ जीवित रहेसम्म उसलाई परमप्रभुमा दिइएको छ ।” तब तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे ।