< اول تواریخ 21 >

و شيطان بر ضد اسرائيل برخاسته، داود را اغوا نمود که اسرائيل را بشمارد. ۱ 1
इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो र आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो ।
و داود به يوآب و سروران قوم گفت: « برويد و عدد اسرائيل را از بئرشَبَع تا دان گرفته، نزد من بياوريد تا آن را بدانم.» ۲ 2
दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।”
يوآب گفت: « خداوند بر قوم خود هر قدر که باشند صد چندان مزيد کند؛ و اي آقايم پادشاه آيا جميع ايشان بندگان آقايم نيستند؟ ليکن چرا آقايم خواهش اين عمل دارد و چرا بايد باعث گناه اسرائيل بشود؟» ۳ 3
योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् । तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”
اما کلام پادشاه بر يوآب غالب آمد و يوآب در ميان تمامي اسرائيل گردش کرده، باز به اورشليم مراجعت نمود. ۴ 4
तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।
و يوآب عدد شمرده شدگان قوم را به داود داد و جمله اسرائيليان هزار هزار و يکصد هزار مرد شمشير زن و از يهودا چهارصد و هفتاد و چهار هزار مرد شمشير زن بودند. ۵ 5
त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
ليکن لاويان و بنيامينيان را در ميان ايشان نشمرد زيرا که فرمان پادشاه نزد يوآب مکروه بود. ۶ 6
तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो ।
و اين امر به نظر خدا ناپسند آمد، پس اسرائيل را مبتلا ساخت. ۷ 7
यो कामबाट परमेश्‍वर अप्रसन्‍न हुनुभयो, अनि उहाँले इस्राएललाई आक्रमण गर्नुभयो ।
و داود به خدا گفت: « در اين کاري که کردم، گناه عظيمي ورزيدم. و حال گناه بنده خود را عفو فرما زيرا که بسيار احمقانه رفتار نمودم.» ۸ 8
दाऊदले परमेश्‍वरलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब आफ्‍नो दासको दोषलाई हटाउनुहोस्, किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु ।”
و خداوند جاد را که رايي داود بود خطاب کرده، گفت: ۹ 9
परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्‍नुभयो,
« برو و داود را اعلام کرده، بگو خداوند چنين مي فرمايد: من سه چيز پيش تو مي گذارم؛ پس يکي از آنها را براي خود اختيار کن تا برايت به عمل آورم.» ۱۰ 10
“गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः तँलाई म तिनवटा कुरा रोज्‍न दिन्‍छु । तिमध्ये एउटा रोज ।’”
پس جاد نزد داود آمده، وي را گفت: « خداوند چنين مي فرمايد براي خود اختيار کن: ۱۱ 11
यसैले गाद दाऊदकहाँ गए र तिनलाई भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ, ‘यिमध्ये एउटा रोज:
يا سه سال قحط بشود، يا سه ماه پيش روي خصمانت تلف شوي و شمشير دشمنانت تو را درگيرد، يا سه روز شمشير خداوند و وبا در زمين تو واقع شود، و فرشته خداوند تمامي حدود اسرائيل را ويران سازد. پس الآن ببين که نزد فرستنده خود چه جواب برم.» ۱۲ 12
तिन वर्षसम्‍मको अनिकालको कुरा, वा तेरा शत्रुहरूले तीन महिनासम्‍म खेद्‍ने र उनीहरूका तरवारले मारिने कुरा, वा तिन दिनको लागि परमप्रभुको तरवार, अर्थात् परमप्रभुका दूतले इस्राएलका सम्‍पूर्ण ठाउँमा विनाश ल्‍याउने एउटा विपत्तिको कुरा ।’ त्‍यसो हो भने, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो सो अब निर्णय गर्नुहोस् ।”
داود به جاد گفت: « در شدت تنگي هستم. تمنا اينکه به دست خداوند بيفتم زيرا که رحمت هاي او بسيار عظيم است و به دست انسان نيفتم.» ۱۳ 13
तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्‍टमा परेको छु! मानिसको हातमा पर्नुभन्दा मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनकि उहाँका करुणामय कामहरू धेरै महान् छन् ।”
پس خداوند وبا بر اسرائيل فرستاد و هفتاد هزار نفر از اسرائيل مردند. ۱۴ 14
त्यसैले परमप्रभुले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र सत्तरी हजार मानिसहरू मरे ।
و خدا فرشته اي به اورشليم فرستاد تا آن را هلاک سازد. و چون مي خواست آن را هلاک کند، خداوند ملاحظه نمود و از آن بلا پشيمان شد و به فرشته اي که (قوم را) هلاک مي ساخت گفت: «کافي است، حال دست خود را باز دار.» و فرشته خداوند نزد خرمنگاه اَرنانِ يبُوسي ايستاده بود. ۱۵ 15
परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो । तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो । ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम ।” त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए ।
و داود چشمان خود را بالا انداخته، فرشته خداوند را ديد که در ميان زمين و آسمان ايستاده است و شمشيري برهنه در دستش بر اورشليم برافراشته؛ پس داود و مشايخ به پلاس ملبس شده، به روي خود درافتادند. ۱۶ 16
दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे । तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे ।
و داود به خدا گفت: «آيا من براي شمردن قوم امر نفرمودم و آيا من آن نيستم که گناه ورزيده، مرتکب شرارت زشت شدم؟ اما اين گوسفندان چه کرده اند؟ پس اي يهُوَه خدايم، مستدعي اينکه دست تو بر من و خاندان پدرم باشد و به قوم خود بلا مرساني.» ۱۷ 17
दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”
و فرشته خداوند جاد را امر فرمود که به داود بگويد که داود برود و مذبحي به جهت خداوند در خرمنگاه اُرنان يبُوسي برپا کند. ۱۸ 18
यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।
پس داود بر حسب کلامي که جاد به اسم خداوند گفت برفت. ۱۹ 19
यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्‍यहाँ उक्‍लेर गए ।
و اُرنان روگردانيده، فرشته را ديد و چهار پسرش که همراهش بودند، خويشتن را پنهان کردند؛ و اُرنان گندم مي کوبيد. ۲۰ 20
अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्‍वर्गदूतलाई देखे । तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए ।
و چون داود نزد اُرنان آمد، اُرنان نگريسته، داود را ديد و از خرونگاه بيرون آمده، به حضور داود رو به زمين افتاد. ۲۱ 21
दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके ।
و داود به اُرنان گفت: « جاي خرمنگاه را به من بده تا مذبحي به جهت خداوند برپا نمايم؛ آن را به قيمت تمام به من بده تا وبا از قوم رفع شود.» ۲۲ 22
तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।”
اُرنان به داود عرض کرد: « آن را براي خود بگير و آقايم پادشاه آنچه که در نظرش پسند آيد به عمل آورد؛ ببين گاوان را به جهت قرباني سوختني و چومها را براي هيزم و گندم را به جهت هديه آردي دادم و همه را به تو بخشيدم.» ۲۳ 23
अरौनाले दाऊदलाई भने, “त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू, दाउराको निम्‍ति काठहरू र अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।”
اما داود پادشاه به اُرنان گفت: «ني، بلکه آن را البته به قيمت تمام از تو خواهم خريد، زيرا که از اموال تو براي خداوند نخواهم گرفت و قرباني سوختني مجاناً نخواهم گذرانيد.» ۲۴ 24
दाऊद राजाले औरानलाई भने, “होइन, पुरै दाम तिरेर नै म यसलाई किन्छु । तिम्रो जे छ त्‍यो लिने अनि मेरो दाम नपरी त्‍यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम म गर्दिन ।”
پس داود براي آن موضع ششصد مثقال طلا به وزن، به اُرنان داد. ۲۵ 25
यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का तिरे ।
و داود در آنجا مذبحي به جهت خداوند بنا نموده، قرباني هاي سوختني و ذبايح سلامتي گذرانيد و نزد خداوند استدعا نمود؛ و او آتشي از آسمان بر مذبح قرباني سوختني (نازل کرده،) او را مستجاب فرمود. ۲۶ 26
दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र त्‍यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो ।
و خداوند فرشته را حکم داد تا شمشير خود را در غلافش برگردانيد. ۲۷ 27
तब परमप्रभुले त्‍यो स्‍वर्गदूतलाई आज्ञा दिनुभयो र स्‍वर्गदूतले आफ्नो तरवारलाई त्‍यसको म्‍यानमा राखे ।
در آن زمان چون داود ديد که خداوند او را در خرمنگاه اُرنان يبُوسي مستجاب فرموده است، در آنجا قرباني ها گزرانيد. ۲۸ 28
जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए ।
اما مسکن خداوند که موسي در بيابان ساخته بود و مذبح قرباني سوختني، در آن ايام در مکان بلند جِبعون بود. ۲۹ 29
त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए ।
ليکن داود نتوانست نزد آن برود تا از خدا مسألت نمايد، چونکه از شمشير فرشته خداوند مي ترسيد. ۳۰ 30
तापनि परमप्रभुको अगुवाइ माग्‍न दाऊद त्‍यहाँ जान सकेनन्, किनकि ती स्‍वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए ।

< اول تواریخ 21 >