< Salmenes 95 >
1 Kom, lat oss fegnast for Herren, lat oss ropa av frygd for vårt frelse-berg!
आओ, परमप्रभुको निम्ति हामी गाऔं । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं ।
2 Lat oss stiga fram for hans åsyn med lovsong, lat oss syngja vår fagnad for honom i salmar!
उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं ।
3 For ein stor Gud er Herren og ein stor konge yver alle gudar,
किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।
4 han som i si hand hev det djupaste av jordi, og som eig topparne av fjelli.
पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्चाइहरू उहाँकै हुन् ।
5 Han eig havet, for han hev skapt det, og turrlendet hev hans hender laga.
समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्खा जमिन उहाँकै हातले बनाए ।
6 Kom, lat oss falla ned og bøygja oss, lat oss bøygja kne for Herren, vår skapar!
आओ, हामी आराधना गरौं र घोप्टो परौं । हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।
7 For han er vår Gud, og me er det folk han føder, og den hjord som handi hans leider. Å, vilde de høyra på hans røyst i dag!
किनकि उहाँ हाम्रो परमेश्वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्नेछौ ।
8 Forherd ikkje dykkar hjarta som ved Meriba, som på Massa-dagen i øydemarki,
“मेरीबामा वा उजाडस्थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,
9 der federne dykkar freista meg! Dei prøvde meg, endå dei hadde set mi gjerning.
जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।
10 I fyrti år var eg leid av den ætti, og eg sagde: «Dei er eit folk med villfarande hjarta, og dei kjenner ikkje vegarne mine.»
किनकि चालिस वर्षसम्म म त्यो पुस्तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'
11 So svor eg i min vreide: «Sanneleg, dei skal ikkje koma inn til mi kvila.»
यसकारण मैले आफ्नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।