< 3 Mosebok 10 >
1 Men tvo av Arons-sønerne, Nadab og Abihu, tok kvar sitt glodfat og hadde gløder i, og lagde røykjelse på gløderne, og bar framand eld fram for Herrens åsyn, det som han hadde forbode deim.
हारूनका छोराहरू नादाब र अबीहू दुवैले हारूनको धुपौरो लिए र त्यसमा आगो र धूप राखे । अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे ।
2 Då for det eld ut frå Herren og tynte deim, og dei døydde for Herrens åsyn.
यसैकारण परमप्रभुको सामुबाट आगो निस्कियो र तिनीहरूलाई भष्म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
3 Og Moses sagde med Aron: «Dette var det Herren meinte då han sagde: «Min heilagdom eg syner på deim som er meg næst, og alt folket let eg mitt velde lysa fram.»» Og Aron tagde.
अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।
4 Men Moses ropa på Misjael og Elsafan, sønerne hans Uzziel, som var farbror åt Aron, og sagde med deim: «Kom hit, og ber frendarne dykkar burt frå heilagdomen og ut or lægret!»
मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “यहाँ आओ र पवित्र वासस्थानबाट आफ्ना भाइहरूलाई निकालेर छाउनीभन्दा बाहिर लैजाओ ।”
5 So kom dei, og gjorde som Moses sagde, og bar deim ut or lægret i kjolarne deira.
यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए र तिनीहरूलाई छाउनीबाट बाहिर लगे ।
6 Og Moses sagde til Aron og til Eleazar og Itamar, sønerne hans: «De skal ikkje ganga med uflitt hår og ikkje riva sund klædi dykkar; for då kjem de til å missa livet, og han vert vreid på heile lyden. Men brørne dykkar, heile Israels-ætti, må gråta yver den elden som Herren sende.
त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।
7 Og frå møtetjelddøri må de ikkje røyva dykk, so sant de ikkje vil missa livet; for Herrens salvingsolje er på dykk.» Og dei gjorde som Moses sagde.
तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।
8 Og Herren tala til Aron, og sagde:
परमप्रभु यसो भनेर हारूनसँग बोल्नुभयो,
9 «Vin eller nokon sterk drykk må du og sønerne dine ikkje drikka, når de gjeng inn i møtetjeldet; for då kjem de til å missa livet. Det skal vera ei æveleg lov for deg og etterkomarane dine,
“तँ र तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू, नत्रता तिमीहरू मर्ने छौ । पवित्र र साधारण, अनि अशुद्ध र शुद्धबिच भेद गराउनको निम्ति,
10 so de kann skilja millom heilagt og vanheilagt og millom ureint og reint,
तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,
11 og læra Israels-folket alle dei bodi som Herren hev late Moses kunngjera for deim».
ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”
12 Sidan sagde Moses til Aron og til Eleazar og Itamar, deim av sønerne hans som var i live: «Tak det som er att av dei grjonofferi det hev bore fram for Herren, og et det usyrte frammed altaret; for det er høgheilagt.
मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।
13 De skal eta det på ein heilag stad; det er det som du og sønerne dine hev rett til av offergåvorne åt Herren; for so hev Herren sagt med meg.
तिमीहरूले त्यो पवित्र स्थानमा खाओ, किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो र तेरा छोराहरूको भाग हो, किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको छ ।
14 Og svingebringa og lyftelåret skal de og eta på ein rein stad, du og sønerne og døtterne dine med deg; for det er den luten som er gjeven deg og borni dine av takkofferi frå Israels-folket.
डोलाइएको छाती र परमप्रभुलाई अर्पण गरिएको फिला परमप्रभुलाई ग्रहणयोग्य हुने शुद्ध ठाउँमा तिमीहरूले खानू । ती भागहरू तँ र तेरा छोराछोरीहरूले खानू, किनकि इस्राएलका मानिसहरूका मेलबलिका भेटीहरूबाट ती तँ र तेरा छोराहरूको भागमा दिइएका छन् ।
15 Både lyftelåret og svingebringa skal dei bera fram i hop med offerfeittet, og svinga det att og fram for Herrens åsyn; sidan skal det høyra deg og borni dine til, og vera retten dykkar æveleg og alltid, soleis som Herren hev sagt.»
तिमीहरूले अर्पण गरिएको फिला र डोलाइएको छाती, आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो र तेरा छोराहरूको भाग हुने छन् ।”
16 Då Moses tok til å spyrja etter syndofferbukken, fekk han vita at han var uppbrend. Då vart han harm på Eleazar og Itamar, deim som var att av sønerne hans Aron, og han sagde:
त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे, र त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए । यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसँग उनी रिसाएर यसो भने,
17 «Kvi hev de ikkje ete syndofferet på den heilage staden? De veit då det er høgheilagt, og han hev gjeve dykk det på den måten at de skal taka burt syndeskuldi frå lyden og gjera soning for deim hjå Herren.
“तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र?
18 Blodet vart ikkje bore innar i heilagdomen; difor skulde de ha ete offerkjøtet på den heilage staden, som eg sagde dykk.»
हेर, त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन, यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो ।”
19 Då svara Aron: «Du veit at dei i dag hev bore fram syndofferet og brennofferet sitt for Herrens åsyn, og endå hev slik ei ulukka hendt meg. Um eg no hadde ete syndoffer i dag, trur du då Herren hadde tykt vel um det?»
त्यसपछि हारूनले मोशालाई जवाफ दिए, “हेर्नुहोस्, तिनीहरूले आज परमप्रभुको अगि पापबलि र होमबलि अर्पण गरे, अनि आज मलाई यस्तो हुन आयो । यदि मैले त्यो पापबलि खाएको भए, के त्यो परमप्रभुलाई मनपर्दो हुने थियो?”
20 Då Moses høyrde det, tykte han det var rett.
जब मोशाले यो सुने, उनी सन्तुष्ट भए ।