< Jeremias 35 >

1 Det ordet som kom til Jeremia frå Herren i Jojakim Josiasons, Juda-kongens, dagar; han sagde:
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालमा यर्मियाकहाँ यसो भनेर परमप्रभुको वचन आयो,
2 Gakk til Rekabs-ætti og tala til deim og kom med deim til Herrens hus, inn i ein av kovarne, og gjev deim vin å drikka!
“रेकाबीका परिवारहरूकहाँ जा र तिनीहरूसित बात गर् । त्यसपछि तिनीहरूलाई मेरो मन्दिरमा लिएर आइज, त्‍यहाँको एउटा कोठामा राख, र तिनहरूलाई दाखमद्य पिउन दे ।”
3 Då tok eg Ja’azanja, son åt Jeremia Habassinjason, og brørne hans og alle sønerne hans og all Rekabs-ætti
त्यसैले मैले यर्मियाका छोरा, हबसिन्याहका नाति याजन्याह र तिनका भाइहरू, तिनका सबै छोरा र रेकाबीहरूका सबै परिवारलाई ल्‍याएँ ।
4 og hadde deim med til Herrens hus, inn i koven åt sønerne til gudsmannen Hanan Jigdaljason, den som låg jamsides med hovdingkoven, uppe yver koven åt dørstokkvaktaren Ma’aseja Sallumsson.
मैले तिनीहरूलाई परमप्रभुको मन्दिरमा परमेश्‍वरका मानिस यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा लगेँ । यी कोठाहरू अगुवाहरूको कोठाको छेउमा थिए, जुन शल्लूमका छोरा मासेयाह द्वारपालको कोठाको मास्तिर थियो ।
5 Og eg sette fram for sønerne til Rekabs-ætti skåler, fulle av vin, og staup. So sagde eg med deim: «Drikk vin!»
तब मैले रेकाबीहरूका सामु दाखमद्यले भरिएका कचौरा र गिलासहरू राखिदिएँ, र तिनीहरूलाई भनें, “अलिकति दाखमद्य पिओ ।”
6 Men dei sagde: «Me drikk ikkje vin, for Jonadab Rekabsson, ættfaren vår, hev bode oss og sagt: «De skal ikkje i all æva drikka vin, korkje de eller borni dykkar.
तर तिनीहरूले भने, “हामी दाखमद्य पिउनेछैनौं, किनकि रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिए, 'तिमीहरू र तिमीहरूका सन्तानले कहिल्यै पनि दाखमद्य नपिउनू ।’
7 De skal ikkje heller byggja hus og ikkje så sæde og ikkje planta vinhage eller eiga noko slikt, men i tjeldbuder skal de bu alle dykkar dagar, so de må liva lenge i det landet der de bur som utlendingar.»
साथै, कुनै घरहरू नबनाओ, बीउ नरोप वा दाखबारी नलगाओ । यो तिमीहरूका लागि होइन । किनकि आफ्‍नो जीवनभर तिमीहरू पालमा बस्‍नुपर्छ, ताकि तिमीहरू विदेशीहरूको रूपमा बसिरहेका देशमा धेरै दिन बाँच्‍न सक्‍नेछौ ।'
8 Og me lydde påbodet frå vår ættfar, Jonadab Rekabsson, i alt det han bad oss um, so me aldri drikk vin, korkje me sjølve, konorne våre, sønerne våre eller døtterne våre,
हामी, हाम्रा पत्‍नीहरू, हाम्रा छोराछोरीहरूले आफ्नो जीवनभरि कहिल्यै दाखमद्य पिउनुहुँदैन भन्‍ने हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले मानेका छौं ।
9 og byggjer oss ikkje hus til å bu i og hev oss ikkje vinhagar eller åkrar eller utsæde,
बस्‍नको लागि हामी कहिल्यै घरहरू बनाउनेछैनौं, र हाम्रो सम्पत्तिको रूपमा दाखबारी, जग्गाजमिन वा बीउ हुनेछैन ।
10 men me hev butt i tjeldbuder, so me hev lydt og gjort alt det som vår ættfar, Jonadab, baud oss um.
हामी पालमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले पालन गरेका छौं ।
11 Men då Nebukadressar, Babel-kongen, kom farande upp i landet, då sagde me: «Kom, lat oss fara til Jerusalem undan kaldæarheren og undan syrarheren!» So sette me då bu i Jerusalem.»
तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे, तब हामीले भन्यौँ, 'आओ, कल्दी र अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ।' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं ।”
12 Då kom Herrens ord til Jeremia; han sagde:
तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
13 So segjer Herren, allhers drott, Israels Gud: Gakk og seg til Juda-mennerne og Jerusalems-buarne: Vil de ikkje taka age so de lyder mine ord? segjer Herren.
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ? यो परमप्रभुको घोषणा हो ।
14 Ordi hans Jonadab Rekabsson er haldne, han baud sønerne sine at dei ikkje skulde drikka vin, og dei hev ikkje drukke vin alt til denne dag, men lydt påbodet frå ættfar sin. Og eg hev tala til dykk jamt og samt, men de hev ikkje lydt meg.
दाखदमद्य नपिउनू भनेर रेकाबका छोरा योनादाबले आफ्ना छोराहरूलाई आज्ञाको रूपमा दिएको वचनलाई आजको दिनसम्म पालन गरिएको छ । तिनीहरूले आफ्ना पुर्खाहरूको आज्ञा मानेका छन् । तर मेरो विषयमा म आफैंले तिमीहरूका लागि निरन्तर घोषणा गरिरहेको छु तर तिमीहरू मेरा कुरा सुन्दैनौ ।
15 Og jamt og samt hev eg sendt til dykk alle mine tenarar, profetarne, og sagt: «Vend um, kvar frå sin vonde veg, og lat verki dykkar betrast, og ferdast ikkje etter andre gudar til å tena deim! då skal de få bu i dette landet som eg hev gjeve dykk og federne dykkar.» Men de lagde ikkje øyra til og lydde ikkje på meg.
मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।
16 Ja, Jonadab Rekabssons born hev halde det bodet som ættfaren deira gav deim, men dette folket hev ikkje lydt meg.
रेकाबका छोरा योनादाबका सन्तानहरूले आफ्‍ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञा मानेका छन्, तर यी मानिसले मेरो कुरा सुन्‍न इन्कार गर्छन् ।'”
17 Difor, so segjer Herren, allhers drott, Israels Gud: Sjå, eg let koma yver Juda og yver alle som bur i Jerusalem, all den ulukka som eg hev truga dei med, av di at dei ikkje høyrde når eg tala til deim, og ikkje svara når eg kalla på deim.
त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”
18 Men til Rekabs-ætti sagde Jeremia: So segjer Herren, allhers drott, Israels Gud: Av di at de hev lydt påbodet frå Jonadab, ættfaren dykkar, og halde alle bodi hans og gjort stødt som han baud dykk,
यर्मियाले रेकाबीहरूको परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले आफ्ना पुर्खा योनादाबका आज्ञाहरू सुनेका छौ र ती सबै पालन गरेका छौ— उसले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले पालन गरेका छौ—
19 difor, so segjer Herren, allhers drott, Israels Gud: Jonadab Rekabssons skal aldri vanta ein mann som kann standa framfor mi åsyn.
त्यसैले सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'रेकाबका छोरा योनादाबको वंशमा मेरो सेवा गर्न सधैं कोही न कोही हुनेछ' ।”

< Jeremias 35 >