< Esaias 63 >
1 Kven er dette som kjem frå Edom, frå Bosra i raude klæde, so brikjen i bunaden sin, so staut i si store kraft? «Det er eg, eg som talar rettferd, som er megtig til å frelsa.»
उहाँ को हुनुहुन्छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्छ? जो आफ्नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ?
2 Kvifor er bunaden din so raud, og klædi som trødde du vinpersa?
तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्छन्?
3 «Eg trødde persa åleine, og ingen av folki var med meg. So trødde eg på deim i vreide og trakka deim sund i min harm. Då skvatt deira blod på klædi mine, og eg sulka heile min klædnad.
मैले दाखको कोलमा एक्लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।
4 For ein hemnedag var i min hug, og mitt utløysingsår var kome.
किनकि मैले बदला लिने दिनको आशा गरें र मेरो उद्धारको वर्ष आइपुगेको थियो ।
5 Eg såg meg um, det var ingen som hjelpte, og eg undrast på at ingen meg studde, då hjelpte meg min arm, og min harm var meg til studnad,
मैले हेरें र सहायता गर्ने कोही एक जना पनि थिएन । सहयता गर्नलाई त्यहाँ कोही एक जना पनि नभएको देखेर म छक्क परें, तर मेरो आफ्नै हातले मेरो निम्ति विजय ल्यायो र मेरो कडा रिसले मलाई डोर्यायो ।
6 og eg trakka ned folkeslag i min vreide og gjorde deim drukne i min harm, deira blod let eg renna på jordi.»
आफ्नो क्रोधमा मैले मानिसहरूलाई कुल्चें र तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ । अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्याएँ ।
7 Herrens miskunn vil eg prisa, Herrens storverk, etter alt det Herren hev gjort oss og hans store godleik mot Israels hus, som han viste deim i si miskunn og sin store nåde.
परमप्रभुको करारको विश्वस्तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्नेछु । परमप्रभुले हाम्रा निम्ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्नेछु । उहाँको दया र करारको विश्वस्तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ ।
8 Han sagde: «Dei er mitt folk, trufaste borni.» Og han vart deira frelsar.
किनकि उहाँले भन्नुभयो, “निश्चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरी जो बेइमान छैनन् ।” उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो ।
9 I all deira trengsla var ingi trengsla, hans åsyns engel frelste deim; i sin kjærleik og si milda han løyste deim ut, han tok deim upp, og han bar deim alle fordoms dagar.
तिनीहरूका सबै कष्टहरूद्वारा उहाँले पनि कष्ट भोग्नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्नुभयो ।
10 Men dei var stride og harma hans heilage ande, då gjordest han um til fiend’, sjølv stridde han mot deim.
तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो ।
11 Då fordoms dagar då tenkte hans folk på Moses: Kvar er han som deim førde or havet med sin buskaps hyrding? Kvar er han som gav deim i barmen sin heilage ande,
उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्नुभयो?
12 som let fara ved Mose sida sin herlege arm, som kløyvde vatnet framfor deim, so han skapte seg eit æveleg namn,
परमेश्वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्नो महिमित शक्ति जान दिनुभयो र आफ्नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो?
13 han som førde deim gjenom djupet som ein hest yver heidi, so ikkje dei snåva?
परमेश्वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् ।
14 Liksom buskapen gjeng ned i dalen, førde Herrens ande deim til ro; ja, so hev du ført ditt folk og skapt deg eit herleg namn.
गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्नो निम्ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्ना मानिसहरूलाई डोर्याउनुभयो?
15 Skoda ned frå himmelen, sjå, frå din heilage, herlege bustad! Kvar er din brennhug, di kraft? Di rørsla i barmen, di miskunn held seg att imot meg.
स्वर्गबाट तल हेर्नुहोस् र आफ्नो पवित्र र महिमित वासस्थानबाट दृष्टि लगाउनुहोस् । तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन्? तपाईंको दया र तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन् ।
16 For du er vår fader, for Abraham veit ikkje um oss, og Israel kjenner oss ikkje. Men du, Herre, er vår fader, «Vår utløysar» du heiter frå gamalt.
किनकि तपाईं हाम्रा पिता हुनुहुन्छ । अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई नचिने तापनि, तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्छ । प्राचीन समयदेखि तपाईंको नाउँ 'हाम्रा उद्धारक' हो ।
17 Kvi let du oss vildra, Herre, frå dine vegar? Kvi gjer du vårt hjarta hardt, so me ikkje ottast deg? Vend att for dine tenarar skuld, for ætterne i din arvlut!
हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्ति फर्कनुहोस् ।
18 Eit lite bil hev ditt heilage folk havt si eiga, so trakka våre uvener ned din heilagdom.
तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे, तर हाम्रा शत्रुहरूले त्यसलाई कुल्चे ।
19 Det hev vorte med oss som du aldri hadde rådt yver oss, som ditt namn hadde ei vore nemnt yver oss.
हामी त तपाईंले हामीमाथि कहिल्यै शासन नगर्नुभएजस्तो र तपाईंको नाउँद्वारा कहिल्यै नबोलाइएजस्तै भएका छौं।”