< Predikerens 12 >
1 Og tenk på din skapar i ungdomsdagarne, fyrr dei vonde dagarne kjem, og det lid til dei åri då du lyt segja: «Eg likar deim ikkje; »
तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्टिकर्ताको सम्झना गर् ।
2 fyrr soli myrkjest, og ljoset og månen og stjernorne, og skyer kjem att etter regnet;
सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।
3 den tid då hus-vaktmennerne skjelv, og dei kraftige mennerne krøkjest, og håndkvern-gjentorne skoftar for dei er so få, og dei som ser ut gjenom gluggarne dimmest,
त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्ने स्त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्ने छैनन् ।
4 og gatedørerne stengdest med kverne-duren spaknar; då ein ris upp med fyrste fuglekvitring, og alle songmøyar lågmælte vert;
त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।
5 då ein og er rædd for kvar ein bakke, og skræmslor ventar på vegen, og mandeltreet blømer, og grashoppen karar seg fram, og kapersberet dovnar; for menneskja fer til sitt æve-hus, og gråtarane gjeng ikring på gata; -
त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन् ।
6 fyrr sylvsnori slitnar, og gullskåli brotnar, og krukka ved kjelda gjeng sund, og hjulet dett brotna i brunnen,
चाँदीको तार चुँडिनुअगि वा सुनको कचौरा कुच्च्याइनुअगि वा मूलमा माटोको भाँडो टुक्रा-टुक्रा हुनुअगि वा कुवामा पाङ्ग्रो भाँचिनअगि तेरो सृष्टिकर्ताको सम्झना राख् ।
7 og moldi fer atter til jordi som fyrr ho var, og åndi gjeng atter til Gud som ho gav.
जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
8 Fåfengt, fåfengt! segjer Preikaren, alt er fåfengt!
उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
9 Umfram det at Preikaren var ein vismann, lærde han og folket kunnskap, og grunda og granska, han sette i hop mange ordtøke.
उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे ।
10 Preikaren freista å finna vænleiks-ord, ærleg uppskrivne, sanningsord.
उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्ने कोसिस गरे ।
11 Ord av vismenner er som broddar, og i samling er dei som islegne spikrar; dei er gåva frå ein og same hyrdingen.
बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।
12 Men elles, son min, lat deg vara åt. Det er ingen ende på all bokskrivingi, men mykje gransking armar ut kroppen.
हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्: धेरै पुस्तकहरू लेख्ने कामको अन्त्य हुँदैन, र धेरै अध्ययनले शरीरमा थकान ल्याउँछ ।
13 Endelykti er dette, når du hev høyrt alt: Ottast Gud og haldt hans bodord! Det er målet for alle menneskje.
हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्वरको भय मान्नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।
14 For kvar gjerning vil Gud føra fram for domen yver alt det som løynt er, anten det so er godt eller vondt.
किनकि हामीले गरेको हरेक गुप्त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्वरले इन्साफ गर्नुहुने छ ।