< 5 Mosebok 15 >
1 Sjuande kvart år skal vera eit ettergjevingsår;
हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू ।
2 med dette hev det seg so: Den som hev eit lån til gode hjå grannen sin, skal gjeva det etter; han skal ikkje krevja ein granne eller landsmann når dei hev lyst ettergjeving i Herrens namn.
त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने छ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ ।
3 Dei framande kann du krevja, men det du hev hjå landsmannen din, skal du gjeva etter.
तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्का गरिदेओ ।
4 Med retten skulde det no ikkje finnast fatige hjå deg; for Herren, din Gud, vil velsigna deg i det landet han gjev deg til odel og eiga,
तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्चय नै आशिष् दिनुहुने छ) ।
5 so sant du berre lyder honom og held desse bodi, som eg ber fram for deg no.
तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्वरको आवाज होसियारीसाथ सुन्नुपर्छ ।
6 Ja Herren, din Gud, vil velsigna deg, som han hev lova, og du skal låna til mange folk, men sjølv skal du ikkje trenga noko lån, og du skal råda yver mange folk, men dei skal ikkje råda yver deg.
किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् ।
7 Finst det nokon fatig millom landsmennerne dine, i dei byarne som Herren, din Gud, vil gjeva deg, so ver ikkje hardhjarta, og lat ikkje att handi for den fatige bror din,
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन न त मुट्ठी बाँध्नुहुन्छ ।
8 men opna handi di for honom, og lån honom det han vantar og treng!
तर तिमीहरूले उसलाई निश्चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्त मात्रामा ऋण दिनू ।
9 Agta deg att det ikkje kjem upp noko vondt i hjarta ditt, når du tenkjer på at det lid nær innåt det sjuande året, ettergjevingsåret, so du ser med ublide augo på den fatige bror din, og ikkje gjev honom noko; for då kjem han til å klaga deg for Herren, og du fær synd på deg.
'सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ' भनी आफ्नो मनमा दुष्ट विचार ननिम्त्याउन होसियार होओ ताकि तिमीहरूका बिचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ ।
10 Gjev honom med godhug og tregelaust; det er for den skuld Herren, din Gud, velsignar deg i alt du gjer og tek deg fyre.
निश्चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ ।
11 Fatige kjem det stødt til å finnast i landet; difor segjer eg deg: Opne handi di for bror din, for dei arme og fatige i landet ditt!
किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्नू ।'
12 Når ein landsmann - ein hebræar, kar eller kvinna - hev selt til deg, so skal han tena hjå deg seks år; i det sjuande året skal du gjeva honom fri, so han kann fara kvar han vil.
तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू ।
13 Og når du gjev honom fri, skal du ikkje senda honom frå deg tomhendt.
तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ ।
14 Du skal reida honom ut vel, både med småfe og med korn og vin; i same mun som Herren, din Gud, hev velsigna deg, skal du gjeva honom.
तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।
15 Kom i hug at du sjølv var træl i Egyptarland, og at Herren, din Gud, fria deg ut; difor gjev eg deg i dag dette bodet.
तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु ।
16 Men segjer tenaren at han ikkje vil skiljast ifrå deg, av di han hev det godt hjå deg og held av deg og folket ditt,
त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्नँ' भन्यो भने
17 so skal du taka ein syl og stinga gjenom øyra hans og inn i hurdi, og sidan skal han tena deg all si tid. Sameleis skal du gjera med tenestgjenta di.
एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू ।
18 Du skal ikkje trega på at du lyt sleppa deim frå deg; for han hev arbeidt for deg i seks år, og leigefolk hadde kosta deg tvo gonger so mykje. Kom i hug dette, so skal Herren, din Gud, velsigna deg i alt du gjer!
त्यसलाई फुक्का भएर जान दिन अप्ठ्यारो नमान्नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
19 Alle frumborne handyr i buskapen din skal du vigja til Herren din Gud. Frumborne uksar må du ikkje hava til arbeids, og frumborne sauer må du ikkje klyppa.
तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू ।
20 For Herrens åsyn skal du eta deim, år etter år, du og huslyden din, på den staden som Herren hev valt seg ut.
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू ।
21 Er det nokon lyte på deim, er dei halte eller blinde eller hev noko anna leidt lyte, då skal du ikkje ofra deim til Herren, din Gud;
त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्वरको सामु नचढाउनू ।
22 men heime hjå dykk sjølve kann de eta deim anten det er reine og ureine, liksom det var gasella eller hjort,
त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू ।
23 so nær som blodet; det må de ikkje eta; du skal slå det ut på marki som vatn.
केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।