< 2 Samuel 3 >

1 Men krigen millom Sauls-ætti og Davids-ætti vart langdrjug. David vart stendigt sterkare; men Sauls-ætti minka i magt.
अब शाऊलका घराना र दाऊदका घरानाका बिच लामो समयसम्म युद्ध भइरह्‍यो । दाऊद झन्-झन् बलियो हुँदै गए, तर शाऊलको घराना झन्-झन् कमजोर हुँदै गयो ।
2 David fekk søner i Hebron: Eldste sonen, Amnon, fekk han med Ahinoam frå Jizre’el;
हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।
3 den andre, Kilab, med Abiga’il, kona åt Nabal frå Karmel; den tridje, Absalom, var son åt Ma’aka, som var dotter åt kong Talmai i Gesur,
तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए । साहिंला छोरा अब्शालोम, जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए ।
4 den fjorde, Adonia, var son åt Haggit, den femte, Sefatja, son åt Abital;
दाऊदका कहिंलो छोरा अदोनियाहचाहिं हग्गीतका छोरा थिए । तिनका ठाहिंला छोरा शपत्याहचाहिं अबीतलका छोरा थिए,
5 den sette, Jitream, fekk han med Egla, kona si. Desse sønerne fekk David i Hebron.
कान्छो छोरा यित्राम दाऊदकी पत्‍नी एग्‍लाका छोरा थिए । होब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यिनै थिए ।
6 So lenge no krigen varde millom Sauls-ætti og Davids-ætti, var Abner det trygge festet for Sauls-ætti.
शाऊलका घराना र दाऊदका घराना बिचको युद्धको समयमा शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए ।
7 Men no hadde Saul havt ei fylgjekona som heitte Rispa Ajadotter. Isboset spurde Abner: «Kvifor hev du halde deg med fylgjekona hans far?»
अय्याकी छोरी रिश्‍पा शाऊलकी उपपत्‍नी थिइन् । ईश्‍बोशेतले अबनेरलाई भने, “तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको?”
8 Dei ordi av Isboset gjorde Abner brennande harm: «Er eg ein hundehaus frå Juda?» sagde han; «nett medan eg gjer sælebot mot ætti åt Saul, far din, mot frendarne hans og venerne hans, medan eg vernar deg mot å falla i henderne på David, so kjem du med vondord for eit kvende skuld!
त्यसपछि ईश्‍बोशेतको कुराले अबनेर रिसले आगो भए र भने, “के म यहूदाको कुकुर हुँ? आज म तपाईंलाई दाऊदको हातमा नसुम्‍पेर तपाईंको बुबा शाऊको घराना, तिनका भाइहरू र तिनका मित्रहरूप्रति बफदारीता देखाइरहेको छु । तर अहिले तपाईंले मलाई यो स्‍त्रीको बारेको अपराधको दोष लगानुहुन्छ?
9 Gud late Abner bøta no og sidan, um eg ikkje heretter fer med David etter den eiden Herren hev svore honom:
पमरप्रभुले गर्छु भनी दऊदसित शपथ खानुभएझैं मैले तिनलाई गरिनँ भने, परमेश्‍वरले म अबनेरलाई यो वा योभन्दा बढी गर्नुभएको होस्,
10 å taka kongedømet frå Sauls-ætti og reisa upp Davids kongsstol yver både Israel og Juda, frå Dan til Be’erseba.»
जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”
11 Isboset orka ikkje svara Abner eit ord, so rædd vart han for honom.
ईश्‍बोशेतले अबनेरलाई अर्को शब्द केही पनि भन्‍न सकेन, किनभने तिनीसँग उनी डराए ।
12 Abner sende straks bod til David med dei ordi: «Kven eig landet?» og han lagde til: «Gjer samband med meg, so skal eg hjelpa deg å få heile Israel yver på di sida.»
त्यसपछि अबनेरले यसो भन्दै दाऊदकहाँ दूतहरू पठाए, “यो देश कसको हो? मसँग एउटा करार गर्नुहोस् र सारा इस्राएललाई तपाईंकहाँ ल्याउन मेरो हात तपाईंसँग भएको तपाईंले देख्‍नुहुने छ ।”
13 Han svara: «Det er vel. Eg gjer samband med deg. Men ein ting krev eg av deg: du kjem ikkje fram for meg utan du hev med deg Mikal Saulsdotter når du kjem.»
दाऊदले जवाफ दिए, “राम्रो, तिमीसँग एउटा करार गर्नेछु । तर तिमी मलाई भेट्न आउँदा म तिमीबाट एउटा कुरा चाहन्छु, पहिले शाऊलकी छोरी मीकल नल्याएसम्म तिमीले मेरो मुख हेर्न पाउने छैनौ ।”
14 David sende bod til Isboset Saulsson med dei ordi: «Gjev meg Mikal, kona mi, som eg fekk til brur for hundrad huvehold av filistarar!»
त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्‍नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें ।”
15 Isboset sende bod og henta henne frå Paltiel La’isson, mannen hennar.
त्यसैले ईश्‍बोशेतले मीकललाई लिन पठाए र तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्‍याए ।
16 Han fylgde gråtande etter henne heilt til Bahurim. Då tok Abner og truga honom: «Gakk heim att!» Og han gjekk heim.
तिनको पति रुँदै-रुँदै तिनसँगै गए र बहूरीमसम्म तिनलाई पछ्‍याए । तब अबनेरले तिनलाई भने, “अब घर फर्क ।” त्यसैले तिनी फर्के ।
17 Abner samrådde seg med dei øvste i Israel, og sagde: «Alt lenge siden hev de ynskt dykk David til konge.
अबनेरले इस्राएलका धर्म-गरुहरूसित यसो भनेर कुरा गरे, “विगतमा तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा बनाउने प्रयास गर्दै हुनुहुन्‍थ्‍यो ।
18 So gjer no alvor av det! For Herren hev sagt med David: «Ved handi hans David, tenaren min, vil eg fria Israel, folket mitt, frå filistarane og frå alle uvenerne.»»
अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”
19 Abner talde fyre Benjamins-folket og. So gjekk Abner av stad, og vilde tala med David i Hebron um alt det Israel og Benjamins-ætti hadde funne fyre å svara.
अबनेर आफैले पनि बेन्यामीनका मानिसहरूसँग व्यक्‍तिगत रूपले कुरा गरे । त्यसपछि इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले गर्न इच्छा गरेका सबै कुरा बताउन अबनेर दाऊदसँग कुरा गर्न हेब्रोनमा गए ।
20 Då Abner kom til David i Hebron med tjuge mann i fylgje, gjorde David eit gjestebod for Abner og fylgesveinarne hans.
जब अबनेर र तिनका बिस जना मानिसहरू दाऊदलाई भेट्न हेब्रोनमा आइपुगे, तब दाऊदले तिनीहरूका निम्ति भोज तयार गरे ।
21 Abner sagde med David: «Lat meg ganga av stad og stemna saman heile Israel ikring deg, herre konge, so dei kann gjera samband med deg, og du kann verta konge yver so mange som du ynskjer!» David sende Abner av stad, og han drog med full trygd.
अबनेरले दाऊदलाई सविस्तार बताए, “हे मेरो मालिक राजा, म उठेर सबै इस्राएललाई तपाईंकहाँ ल्याउने छु, ताकि तिनीहरूले तपाईंसँग करार बाँधुन् र सबैमाथि तपाईंले इच्छा गर्नुभएबमोजिम तपाईंले शासन गर्न सक्‍नुभएको होस् ।” यसैले दाऊदले अबनेरलाई पठाइदिए र अबनेर शान्‍तिसित विदा भए ।
22 Nett då kom Joab med Davids folk heim frå ei herjeferd, og hadde rikt herfang med seg. Abner var ikkje hjå David i Hebron då. David hadde sendt honom av stad med full trygd.
त्यसपछि दाऊदका सिपाहीहरू र योआब लुटपिट गरेर आए र आफ्‍नो साथमा धेरै लुटका मालहरू ल्याए । तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् । दाऊदले तिनलाई पठाइसकेका थिए र अबनेर शान्तिसँग विदा भएका थिए ।
23 Då no Joab og heile heren hans kom heim, fekk han den tiendi: «Abner Nersson kom til kongen; og kongen let honom ganga av stad med full trygd!»
जब योआब र तिनीसँग भएका सबै फौज आइपुगे, तब तिनीहरूले योआबलाई भने, “नेरका छोरा अबनेर राजाकहाँ आए र राजाले तिनलाई शान्तिसँग पठाउनुभएको छ र अबनेर शान्तिसँग विदा भए ।”
24 Joab gjekk til kongen og sagde: «Kva er det du hev gjort? Fyrst Abner kjem til deg, let du honom ganga av stad, so han fritt fær fara sin veg!
तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
25 Du kjenner vel Abner Nersson? Han kjem berre og vil lokka eitkvart utor deg, og gjæta på deg når du fær ut og fær heim, og røkja etter alt du tek deg fyre!»
नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?”
26 Då Joab kom ut frå David, sende han bod etter Abner; og sendemennerne førde honom attende frå Bor-Hassira; men David visste det ikkje.
जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
27 Då Abner kom att til Hebron, tok Joab honom til sides i porten, og lest vilja tala med honom i einmæle. Der gav han honom banesår med ein styng i livet, til hemn for dråpet på Asael, bror hans.
जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए । त्‍यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे । यसरी योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिए ।
28 Då David sidan spurde dette, sagde han: «Eg og kongedømet mitt er i all æva utan skuld for Herren i blodet hans Abner Nersson.
जब दाऊदले यस कुराको बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको रगतको सम्बन्धमा म र मेरो राज्य सदासर्वदा परमप्रभुको सामु निर्दोष छौं ।
29 Må det koma yver Joab og heile ætti hans! Gjev det aldri må vanta i ætti åt Joab folk som hev flod eller spillsykja, som styd seg på krykkja eller fell for sverd, eller saknar mat!»
अबनेरको मृत्यको दोष योआब र तिनको बुबाको सारा घरानाको शिरमाथि नै परोस् । योआबको परिवारमा घाउ-खटिरा हुने वा छालाको रोग हुने वा लङ्गडो वा लट्ठीको साहाराले हिंड्ने वा खानाविना भौंतारिने मानिस कहिल्यै नटुटोस् ।”
30 Joab og Abisai, bror hans, hadde myrdt Abner for dråpet på broren Asael i slaget ved Gibeon.
यसरी योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे, किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए ।
31 Men David baud Joab og heile fylgjet hans: «Riv sund klædi dykkar! Sveip sekkjer um dykk! Og øya og gråt yver Abner!» Og kong David fylgde sjølv etter likbåra.
दाऊदले योआब र तिनीसँग भएका सबै मानिसलाई यसो भने, “आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीको सामु विलाप गर ।” दाऊद राजा मृत्‍यु संस्‍कारको लस्करमा लासको पछि-पछि हिंडे ।
32 Abner vart gravlagd i Hebron. Og kongen sette i og gret ved gravi hans Abner; og heile folket gret.
तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे । अबनेरको चिहानमा राजा ठुलो धुरु-धुरु रोए र सबै मानिसहरू पनि रोए ।
33 David kvad eit syrgjekvede yver Abner: «Laut du Abner døy som ein dåre.
राजाले अबनेरको निम्ति विलाप गरे र गित गाए, “के अबनेरले मूर्खले झैं मर्नुपर्छ?
34 Henderne dine batt dei ikkje, føterne dine fjetra dei ikkje! Nidingsdråp er det, so som du vart drepen!» Då gret alt folket endå meir yver honom.
तिम्रा हातहरू बाँधिएका थिएनन् । तिम्रा खुट्टाहरू साङ्लाले बाँधिएका थिएनन् । एक जना मानिस अन्यायीको छोराको सामु ढलेझैं, तिमी पनि ढल्यौ ।” फेरि एक पल्‍ट सबै मानिस तिनको निम्‍ति रोए ।
35 Alt folket kom og talde David til å eta eitkvart fyrr dagen leid. Men David svor og sagde: «Gud late meg bøta både no og sidan, um eg smakar matbiten eller noko som helst fyre soleglad!»
दिन छँदा नै दाऊदललाई खान मनाउन सबे मानिस आए तर दाऊदले शपथ खाए, “घाम नडुबेसम्म मैले रोटी वा कुनै कुरा चाखें भने परमेश्‍वरले मलाई यो वा योभन्दा बढ्ता गर्नुभएको होस् ।”
36 Heile folket merkte seg ordi og lika det godt. I det heile lika folket godt alt det kongen gjorde.
सबै मानिसले दाऊदको विलापलाई ख्याल गरे र यसले तिनीहरूलाई प्रशन्‍न तुल्यायो । दाऊदले जे गरे त्यसले तिनीहरूलाई खुसी तुल्यायो ।
37 Heile folket og heile Israel skyna den dagen at kongen ingi skuld hadde i dråpet på Abner Nersson.
त्यसैले नेरका छोरा अबनेरलाई मार्ने इच्छा राजाको थिएन भन्‍ने सारा मानिस र सारा इस्राएलले बुझे ।
38 Kongen sagde med tenararne sine: «Veit de det er ein hovding og stor mann som er fallen i dag i Israel?
राजाले आफ्‍ना सेवकहरूलाई भने, “आजको दिन इस्राएलमा एक जना शासक र महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन?
39 Eg er endå veik, endå eg er salva til konge. Og desse kararne, Seruja-sønerne, er sterkare enn eg. Herren løne nidingen etter nidingsverket hans!»
म अभिषिक्‍त राजा भएर पनि अहिले म कमजोर भएको छु । यी मानिसहरू, सरूयाहका छोराहरू मप्रति साह्रै निर्दयी भएका छन् । तिनको दुष्‍टता सुहाउँदो दण्ड परमप्रभुले तिनलाई दिनुभएको होस् ।”

< 2 Samuel 3 >