< 2 Kongebok 5 >
1 Na’aman heitte ein herførar hjå syrarkongen. Han hadde mykje å segja hjå herren sin og var høgvyrd av alle; for med han førde syrarane, hadde Herren hadde gjeve deim siger. Mannen var ei stor stridskjempa, men spillsjuk.
अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्टिमा महान् र इज्जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो । तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्ठरोगी थिए ।
2 Ein gong på herjeferd i Israelslandet hadde syrarane millom krigsfangarne teke ei liti gjenta; og ho kom i teneste hjå kona åt Na’aman.
अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए । त्यसले नामानकी पत्नीको सेवा गर्थी ।
3 Ho sagde med matmor si: «Å gjev husbonden min var hjå profeten i Samaria! So skulde han nok skilja honom med spillsykja.»
केटीले आफ्नी मालिक्नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।”
4 Han gjekk til kongen og fortalde: «So og so hev gjenta frå Israelslandet sagt.»
त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्यो केटीले के भनेकी थई त्यो राजालाई भने ।
5 Syrarkongen svara: «Far du! So skal eg senda brev med deg til Israels-kongen.» So for han og tok med seg ti talent sylv og seks tusund lodd gull og ti festklædningar.
त्यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे ।
6 Han bar brevet fram til Israels-kongen. Der stod det: «- - Og no når du fær dette brevet, skal du vita at eg sender Na’aman, tenaren min, til deg, og du skal skilja honom av med spillsykja hans.»
तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्नो सेवकलाई पठाएको तपाईंले देख्नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् ।”
7 Då Israels-kongen las brevet, reiv han sund klædi sine og ropa: «Tru eg er Gud, so eg hev magt yver daude og liv, sidan han skriv til meg at eg skal skilja ein mann med spillsykja hans? De kann då skyna og sjå at han vil berre egla seg innpå meg!»
जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्तो पो लाग्दैछ ।”
8 Då gudsmannen Elisa spurde at Israels-kongen hadde rive sund klædi sine, sende han bod til kongen med dei ordi: «Kvifor reiv du sund klædi dine? Lat honom koma til meg, so skal han få vita at det finst ein profet i Israel.»
त्यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, “किन तपाईंले आफ्नो लुगा च्यात्नुभएको? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।”
9 Na’aman kom med hestar og vogni, og stana utanfor husdøri åt Elisa.
त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।
10 Elisa sende bod ut til honom med dei ordi: «Far av og lauga deg sju gonger i Jordan, so skal kroppen din verta like god att, so du vert rein.»
एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “जानुहोस् र यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्तै हुनेछ । तपाईं शुद्ध बन्नुहुनेछ ।”
11 Na’aman vart harm, og for sin veg. «Eg tenkte han vilde koma ut til meg sjølv, » sagde han, «og stiga fram og ropa til Herren, sin Gud, og strjuka med handi yver den sjuke staden og soleis skilja meg av med spillsykja.
तर नामान रिसाए र यसो भन्दै गए, “हेर, निश्चय नै तिनी मकहाँ बाहिर आउँनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्वरको नाउँ पुकार्नेछन् र मेरो कुष्ठरोगमाथि आफ्ना हात हल्लाउँनेछन् र मेरो कुष्टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ ।
12 Tru ikkje Damaskus-elvarne Abana og Parpar er likare enn alt vatnet i Israel? Tru eg ikkje likso godt kunde verta rein med å lauga meg i deim?» Og han snudde, og for heim i sinne.
के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् र? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र?” त्यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे ।
13 Men tenarane hans gjekk fram og tala med honom: «Du far! Hadde profeten lagt på deg ein vanskeleg ting, vilde du då ikkje gjort det? Kor mykje meir når han berre segjer til deg: «Lauga deg, so vert du rein.»»
तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, “हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्यो गर्नुहुने थिएन र? त्यसको बदलामा 'आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन' भन्दा झन् किन नगर्ने त?”
14 Då for han ned og dukka seg i Jordan sju gonger, so som gudsmannen hadde sagt. Kroppen hans vart like god att, frisk som ein liten barnekropp; han vart rein.
तब तिनी तल गए र परमेश्वरका मानिसको सल्लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए ।
15 Då snudde han attende til gudsmannen, han og heile fylgjet han. Han kom inn til honom og sagde: «Sjå no hev eg røynt at det er ingen Gud på heile jordi utan i Israel. Tak no imot ei gåva av meg, tenaren din.»
नामान र तिनको दल परमेश्वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्वर हुनुहुन्न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।”
16 Han svara: «So sant Herren liver, han som eg tener: eg tek ikkje imot.» Han naudbad honom å taka imot; men han vilde ikkje.
तर एलीशाले जावाफ दिए, “परमप्रभु जसको सामु म खडा हुन्छु, उहाँको नाउँमा शपथ खाएर भन्छु, म केही लिने छैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे ।
17 Då sagde Na’aman: «Sidan du ikkje vil, so gjev meg so mykje mold som eit par muldyr kann bera; for no vil eg ikkje meir ofra brennoffer eller slagtoffer til andre gudar, men berre til Herren.
त्यसैले नामानले भने, “तपाईं लिनुहुन्न भने तपाईंका दासलाई दुईवटा खच्चरले बोक्न सक्ने माटो लान दिनुहोस् । किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्य कुनै ईश्वरलाई न त होमबलि न बलिदान चढाउनेछ ।
18 Men ein ting må Herren tilgjeva meg: Når herren min gjeng inn i Rimmons-templet og bøygjer seg ned og bed der, og eg lyt fylgja honom, og eg og bøygjer meg ned i Rimmons-templet samstundes som han gjer det - må då Herren tilgjeva tenaren din dette!»
यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्, त्यो हो, जब मेरा राजा रिम्मोनको मन्दिरमा पुजा गर्न जान्छन् अनि मेरो हातमा भर पर्छन्, अनि रिम्मोनको मन्दिरमा म पनि निहुरिन्छु, तब यस विषयमा परमप्रभुले हजुरको दासलाई क्षमा गरून् ।”
19 Han svara: «Far i fred!» Og han for frå honom eit stykke veg.
एलीशाले तिनलाई भने, “शान्तिसित जाऊ ।” यसरी नामान फर्केर गए ।
20 Då tenkte Gehazi, drengen åt gudsmannen Elisa: «No hev husbond spart denne syraren Na’aman og ikkje teke imot det han hadde med seg. So sant Herren liver, eg spring etter honom og fær honom til gjeva meg eitkvart.»
तिनी अलि पर मात्र पुगेका थिए, परमेश्वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।”
21 Gehazi sette etter Na’aman. Då Na’aman ser ein koma springande etter, hoppar han ut or vogni, og gjeng imot honom og ropar: «Er noko på ferd?»
त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?”
22 «Nei, » svarar han, «men husbond sender meg med dette bodet: Nett no kom det til meg tvo unge profetsveinar frå Efraimsheidi. Å, gjev deim eit talent sylv og tvo festklædningar!»
गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।”
23 Na’aman svara: «Gjer vel og tak imot tvo talent.» Han nøydde han, og knytte tvo talent sylv inn i tvo pungar, og tok tvo festklædningar og gav tvo av tenarane sine, og dei bar deim fyre honom.
नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे ।
24 Men då dei kom til haugen, tok han det frå deim. Han gøymde det i huset og let kararne ganga sin veg.
जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए ।
25 Då han kom inn til husbonden sin, spurde Elisa honom: «Kvar kjem du ifrå, Gehazi?» Han svara: «Ingen stad hev tenaren din vore.»
जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।”
26 Då sagde han: «Tru eg ikkje fylgde deg i åndi då ein mann snudde seg frå vogni og møtte deg? Er det no tid å taka imot sylv og få seg klæde og oljetre og vinhagar og sauer og bufe og tenarar og ternor?
एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र?
27 Spillsykja hans Na’aman skal koma yver deg og ætti di for alle tider.» Og han gjekk ut frå honom, spillsjuk og kvit som snø.
त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।