< Apenbaring 17 >
1 Og en av de syv engler som hadde de syv skåler, kom og talte med mig og sa: Kom, jeg vil vise dig dommen over den store skjøge, som sitter over de mange vann,
सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
2 som kongene på jorden drev hor med, og de som bor på jorden, blev drukne av hennes horelevnets vin.
त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
3 Og han førte mig i ånden ut i ørkenen, og jeg så en kvinne sitte på et skarlagenrødt dyr, som var fullt av bespottelses-navn og hadde syv hoder og ti horn.
त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।
4 Og kvinnen var klædd i purpur og skarlagen og lyste av gull og edelstener og perler; hun hadde et gullbeger i sin hånd, fullt av styggheter og av hennes horelevnets urenheter,
त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।
5 og på hennes panne var skrevet et navn, en hemmelighet: Babylon, den store, mor til skjøgene og til stygghetene på jorden.
एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।”
6 Og jeg så kvinnen drukken av de helliges blod og av Jesu vidners blod, og jeg undret mig storlig da jeg så henne.
मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्है नै चकित भएँ ।
7 Og engelen sa til mig: Hvorfor undret du dig? Jeg vil si dig hemmeligheten med kvinnen og med dyret som bærer henne, og som har de syv hoder og de ti horn.
तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
8 Det dyr du så, var og er ikke, og det skal stige op av avgrunnen og fare bort til undergang; og de som bor på jorden, de hvis navn ikke, fra verdens grunnvoll blev lagt, er skrevet i livsens bok, skal undre sig når de ser at dyret var og ikke er og skal komme igjen. (Abyssos )
तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ । (Abyssos )
9 Her gjelder det vett som har visdom. De syv hoder er syv fjell, som kvinnen sitter på,
यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्त्री बसेकी छे ।
10 og de er syv konger; de fem er falt, den ene er til, den annen er ennu ikke kommet; og når han kommer, skal han bare holde sig en kort tid.
तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ ।
11 Og dyret som var og ikke er, er selv den åttende, og er tillike en av de syv, og farer bort til undergang.
त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्ये त्यो एक हो, तर त्यो नष्ट हुन गइरहेको छ ।
12 Og de ti horn som du så, er ti konger som ennu ikke har fått rike, men de får makt som konger én time sammen med dyret.
तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन् ।
13 Disse har én tanke, og sin kraft og sin makt gir de til dyret.
यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यो पशुलाई दिन्छन् ।
14 Disse skal stride mot Lammet, og Lammet skal seire over dem, fordi det er herrers herre og kongers konge, og de som er med det, de kalte og utvalgte og trofaste.
तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्वासयोग्यहरू हुन् ।”
15 Og han sier til mig: De vann som du så, hvor skjøgen sitter, er folk og skarer og ætter og tunger.
ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”
16 Og de ti horn som du så, og dyret, disse skal hate skjøgen og gjøre henne øde og naken, og hennes kjøtt skal de ete, og henne selv skal de brenne op med ild.
तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।
17 For Gud gav dem i hjertet å fullføre hans tanke, og å fullføre én og samme tanke, og å gi dyret sitt rike, inntil Guds ord er blitt fullbyrdet.
किनभने परमेश्वरको वचन पुरा नहोउञ्जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्वरले यस्तो विचार हलिदिनुभयो ।
18 Og kvinnen som du så, er den store by som har kongedømme over kongene på jorden.
तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”