< Salmenes 74 >
1 En læresalme av Asaf. Hvorfor, Gud, har du forkastet oss for evig tid? Hvorfor ryker din vrede mot den hjord du før?
हे परमेश्वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
2 Kom i hu din menighet, som du vant din i fordums tid, som du gjenløste til å være din arvs stamme, Sions berg, hvor du tok bolig!
आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।
3 Opløft dine trin til de evige grushoper! Alt har fienden fordervet i helligdommen.
आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्पूर्ण भग्नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् ।
4 Dine motstandere har brølt midt i ditt forsamlingshus; de har satt sine egne tegn op til tegn.
तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।
5 Det var et syn som når økser løftes i tykke skogen.
बञ्चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे ।
6 Og nu, alt det som fantes av billedverk, det slo de sønder med øks og hammer.
तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्चरो र घनहरूले फुटाए ।
7 De har satt ild på din helligdom; like til grunnen har de vanhelliget ditt navns bolig.
तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
8 De har sagt i sitt hjerte: Vi vil ødelegge dem alle tilsammen! De har opbrent alle Guds forsamlingshus i landet.
तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
9 Våre egne tegn ser vi ikke; det er ikke nogen profet mere, ikke nogen hos oss som vet hvor lenge det skal vare.
हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्दैन ।
10 Hvor lenge, Gud, skal motstanderen håne, fienden forakte ditt navn evindelig?
हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?
11 Hvorfor drar du din hånd, din høire hånd tilbake? Ta den ut av din barm og ødelegg!
आफ्नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्नुहुन्छ? आफ्नो दाहिने हात आफ्नो खल्तीबाट झिक्नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
12 Gud er dog min konge fra fordums tid, han som skaper frelse på den vide jord.
तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
13 Du er den som skilte havet med din styrke, knuste dragenes hoder på vannene.
तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्तुहरूका शिरहरू तोड्नुभयो ।
14 Du sønderslo Leviatans hoder, du gav den til føde for ørkenens folk.
तपाईंले लिव्यातन्को शिर कुच्याउनुभयो । तपाईंले त्यसलाई उजास्थानमा बस्नेहरूलाई खुवाउनुभयो ।
15 Du lot kilde og bekk bryte frem, du uttørket evige strømmer.
तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
16 Dig hører dagen til, dig også natten; du har skapt himmellysene og solen.
दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्नुभयो ।
17 Du har fastsatt alle jordens grenser; sommer og vinter - du har dannet dem.
तपाईंले पृथ्वीको सबै सिमाना तोक्नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
18 Kom dette i hu: Fienden har hånet Herren, og et dårlig folk har foraktet ditt navn!
हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
19 Overgi ikke din turteldue til den mordlystne skare, glem ikke dine elendiges skare evindelig!
तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
20 Se til pakten! For landets mørke steder er fulle av volds boliger.
आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् ।
21 La ikke den undertrykte vende tilbake med skam, la den elendige og fattige love ditt navn!
थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् ।
22 Reis dig, Gud, før din sak, kom i hu at du blir hånet av dåren hele dagen!
हे परमेश्वर, उठ्नुहोस् । तपाईंको आफ्नो इज्जतको रक्षा गर्नुहोस् । मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस् ।
23 Glem ikke dine fienders røst, dine motstanderes bulder, som stiger op all tid!
तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।