< Salmenes 44 >

1 Til sangmesteren; av Korahs barn; en læresalme. Gud, med våre ører har vi hørt, våre fedre har fortalt oss den gjerning du gjorde i deres dager, i fordums dager.
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको मस्किल। हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौँ; हाम्रा पितापुर्खाहरूले हामीलाई भनेका छन्, तपाईंले प्राचीन कालमा, उनीहरूका समयमा के-के कामहरू गर्नुभयो।
2 Du drev hedningene ut med din hånd, men dem plantet du; du ødela folkene, men dem lot du utbrede sig.
तपाईंले आफ्नै हातले जाति-जातिहरूलाई धपाइदिनुभयो, र हाम्रा पितापुर्खाहरूलाई बसाल्नुभयो; तपाईंले जाति-जातिहरूलाई सताउनुभयो, र हाम्रा पितापुर्खाहरूलाई वृद्धि गराउनुभयो।
3 For ikke ved sitt sverd inntok de landet, og deres arm hjalp dem ikke, men din høire hånd og din arm og ditt åsyns lys; for du hadde behag i dem.
तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्, न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्; तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए; किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
4 Du er min konge, Gud; byd at Jakob skal frelses!
तपाईं मेरा राजा र मेरा परमेश्‍वर हुनुहुन्छ; जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।
5 Ved dig skal vi nedstøte våre fiender, ved ditt navn skal vi nedtrede dem som reiser sig imot oss.
तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ; तपाईंको नामद्वारा नै हाम्रा वैरीहरूलाई कुल्चन्छौँ।
6 For på min bue stoler jeg ikke, og mitt sverd frelser mig ikke,
म आफ्नो धनुमा भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय गराउँदैन;
7 men du har frelst oss fra våre fiender, og våre avindsmenn har du gjort til skamme.
तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ; तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।
8 Gud priser vi den hele dag, og ditt navn lover vi evindelig. (Sela)
दिनभरि नै हामी आफ्ना परमेश्‍वरमा गर्व गर्छौँ, र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला
9 Og enda har du nu forkastet oss og latt oss bli til skamme, og du drar ikke ut med våre hærer.
तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ; तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ।
10 Du lar oss vike tilbake for fienden, og våre avindsmenn tar sig bytte.
तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ; र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।
11 Du gir oss bort som får til å etes, og spreder oss iblandt hedningene.
तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ; र हामीलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नुभएको छ।
12 Du selger ditt folk for intet, og du setter ikke prisen på dem høit.
तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ; तिनीहरूको बिक्रीबाट तपाईंलाई केही फाइदा भएको छैन।
13 Du gjør oss til hån for våre naboer, til spott og spe for dem som bor omkring oss.
हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार र हाँसोको पात्र बनाउनुभएको छ; छिमेकीहरूका बीचमा हामीलाई हाँसोको पात्र तुल्याउनुभएको छ।
14 Du gjør oss til et ordsprog iblandt hedningene; de ryster på hodet av oss iblandt folkene.
तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ; मानिसहरू हामीलाई देखेर टाउको हल्‍लाउँछन्।
15 Hele dagen står min skam for mine øine, og blygsel dekker mitt ansikt,
मेरो गिल्‍ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले, बदला लिने शत्रुहरूका कारणले,
16 når jeg hører spotteren og håneren, når jeg ser fienden og den hevngjerrige.
मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ, र मेरो अनुहार लाजले ढाकिएको छ।
17 Alt dette er kommet over oss, enda vi ikke har glemt dig og ikke sveket din pakt.
यी सबै कुरा हामीमाथि परिआएका छन्; यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ, हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ।
18 Vårt hjerte vek ikke tilbake, og våre skritt bøide ikke av fra din vei,
हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्; हाम्रा पाइलाहरू तपाईंका मार्गबाट तर्किएका छैनन्।
19 så du skulde sønderknuse oss der hvor sjakaler bor, og dekke oss med dødsskygge.
तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्‍ने ठाउँ बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो।
20 Dersom vi hadde glemt vår Guds navn og utbredt våre hender til en fremmed gud,
यदि हाम्रा परमेश्‍वरको नाम हामीले बिर्सिएका छौँ भने, अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने,
21 skulde Gud da ikke utforske det? Han kjenner jo hjertets skjulte tanker.
के परमेश्‍वरले त्यो कुरा जान्‍नुहुने थिएन र? किनकि उहाँले हाम्रा हृदयका गुप्‍त कुराहरू समेत जान्‍नुहुन्छ।
22 Men for din skyld drepes vi hele dagen, vi er regnet som slaktefår.
तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।
23 Våkn op! Hvorfor sover du, Herre? Våkn op, forkast ikke for evig tid!
हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्।
24 Hvorfor skjuler du ditt åsyn, glemmer vår elendighet og vår trengsel?
किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ?
25 For vår sjel er nedbøid i støvet, vårt legeme nedtrykt til jorden.
हामी धुलोसम्मै झारिएका छौँ; हाम्रो पेट जमिनमै टाँसिसकेको छ।
26 Reis dig til hjelp for oss, og forløs oss for din miskunnhets skyld!
उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!

< Salmenes 44 >