< Salmenes 126 >
1 En sang ved festreisene. Da Herren lot Sions fanger vende tilbake, var vi som drømmende;
परमप्रभुले सियोनको सुदिन फर्काउनुहुँदा, हामीलाई सपना देखेजस्तो भयो ।
2 da fyltes vår munn med latter, og vår tunge med jubel, da sa de iblandt hedningene: Store ting har Herren gjort imot disse.
तब हाम्रा मुखहरू हाँसोले र हाम्रा जिब्राहरू गीत भरिएका थिए । तब जातिहरूका माझमा तिनीहरूले भने, “परमप्रभुले तिनीहरूको निम्ति महान् कुराहरू गर्नुभएको छ ।”
3 Store ting har Herren gjort imot oss; vi blev glade.
परमप्रभुले हाम्रो निम्ति महान् कुरा गर्नुभयो । हामी कति खुसी थियौं ।
4 Herre, la våre fanger vende tilbake likesom bekker i sydlandet!
हे परमप्रभु, नेगेवका नदीहरूझैं हाम्रा सुदिनहरू फर्काउनुहोस् ।
5 De som sår med gråt, skal høste fryderop.
आँशु झार्दै बीउ छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन् ।
6 De går gråtende og bærer den de strør ut; de kommer hjem fryderop og bærer sine kornbånd.
बीउ बोकेर छर्नलाई रुँदै जानेहरू अन्नका बिटाहरू लिएर आनन्दको गीत गाउँदै फेरि फर्किनेछ ।