< 4 Mosebok 11 >

1 Men folket knurret, og dette mishaget Herren; for da Herren hørte det, blev hans vrede optendt, og ild fra Herren slo ned mellem dem og fortærte nogen ytterst i leiren.
यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
2 Da ropte folket til Moses, og Moses bad til Herren, og ilden blev slukket.
अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
3 Og han kalte dette sted Tabera, fordi Herrens ild hadde slått ned mellem dem.
त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
4 Men den sammenløpne hop som fulgte med dem, blev grepet av lystenhet; også Israels barn begynte da atter å jamre sig og sa: Å, om vi hadde kjøtt å ete!
केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”
5 Vi minnes fisken som vi åt i Egypten for intet, gresskarene og melonene og purren og rødløken og hvitløken.
हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
6 Men nu vansmekter vår sjel, for her er ingenting; Vi ser ikke annet for våre øine enn mannaen.
अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो ।”
7 Mannaen lignet korianderfrø, og av utseende var den som bdellium.
मन्‍न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।
8 Folket løp hit og dit og sanket og malte den på håndkvern eller støtte den i morter og kokte den i gryter eller bakte kaker av den, og den smakte som oljekake.
मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।
9 Når duggen falt ned over leiren om natten, da falt mannaen ned sammen med den.
छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो ।
10 Og Moses hørte folket gråte rundt om i alle familier, enhver i døren til sitt telt, og Herrens vrede optendtes storlig; og Moses blev ille til mote derover.
मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो ।
11 Da sa Moses til Herren: Hvorfor har du gjort så ille mot din tjener, og hvorfor har jeg ikke funnet nåde for dine øine, siden du har lagt byrden av hele dette folk på mig?
मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको? तपाईं किन मसँग खुसी हुनुहुन्‍न? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।
12 Har jeg undfanget hele dette folk, har jeg født det, siden du sier jeg skal bære det i min favn, likesom ammen bærer det diende barn, og føre det til det land du har tilsvoret dets fedre?
के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्‍नुहुन्छ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्‍नुपर्ने?
13 Hvor skal jeg ta kjøtt fra til hele dette folk? For de kommer gråtende til mig og sier: Gi oss kjøtt å ete!
यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् ।
14 Jeg makter ikke å bære hele dette folk alene; det er mig for tungt.
यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।
15 Vil du gjøre således mot mig, så drep mig heller med én gang, dersom jeg har funnet nåde for dine øine, og la mig slippe å se min ulykke!
तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।”
16 Da sa Herren til Moses: Kall mig sammen sytti menn av Israels eldste, de som du vet er folkets eldste og dets tilsynsmenn, og du skal ta dem med dig til sammenkomstens telt, og la dem stille sig op der sammen med dig.
परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
17 Så vil jeg komme ned og tale med dig der, og jeg vil ta av den ånd som er over dig, og legge på dem, så de kan bære byrden av folket sammen med dig, og du ikke skal bære den alene.
म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन ।
18 Og til folket skal du si: Hellige eder til imorgen, så skal I få kjøtt å ete, siden I har grått for Herren og sagt: Å, om vi hadde kjøtt å ete, for i Egypten hadde vi det godt. Nu vil Herren gi eder kjøtt, så I kan ete.
मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
19 Ikke bare én dag skal I ete av det, og ikke to dager og ikke fem dager og ikke tyve dager,
तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
20 men en hel måned, til I ikke lenger tåler lukten av det, og det byr eder imot, fordi I foraktet Herren, som er midt iblandt eder, og gråt for hans åsyn og sa: Hvorfor drog vi da ut av Egypten?
तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?”
21 Og Moses sa: Seks hundre tusen mann til fots teller det folk som jeg følges med, og du sier: Jeg vil gi dem kjøtt, så de kan ete en hel måned!
त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
22 Skal der da slaktes så meget småfe og storfe til dem at det blir nok for dem? Eller skal alle fiskene i havet sankes sammen til dem, så det blir nok for dem?
के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?”
23 Da sa Herren til Moses: Er Herrens arm for kort? Nu skal du få se om det vil gå dig som jeg har sagt, eller ikke.
परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”
24 Så gikk Moses ut og kunngjorde Herrens ord for folket, og han samlet sytti menn av folkets eldste og lot dem stille sig rundt om teltet.
मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।
25 Da kom Herren ned i skyen og talte til ham, og han tok av den ånd som var over ham, og la på de sytti eldste, og det skjedde da ånden hvilte over dem, da talte de profetiske ord, men siden gjorde de det ikke mere.
परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।
26 Men det var to menn blitt tilbake i leiren, den ene hette Eldad, og den andre Medad, og ånden hvilte over dem, for de var blandt de opskrevne, men de var ikke gått ut til teltet; og de talte profetisk i leiren.
एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।
27 Da løp en gutt ut og meldte det til Moses og sa: Eldad og Medad taler profetisk i leiren.
छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”
28 Og Josva, Nuns sønn, som hadde tjent Moses fra sin ungdom av, tok til orde og sa: Min herre Moses, forbyd dem det!
मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।”
29 Men Moses sa til ham: Er du nidkjær for min skyld? Gid alt Herrens folk var profeter, gid Herren vilde legge sin Ånd på dem!
मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो!”
30 Så gikk Moses tilbake til leiren, både han og de eldste av Israel.
मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।
31 Da brøt det løs en storm fra Herren, og den førte vaktler inn fra havet og strødde dem over leiren, omkring en dagsreise på den ene kant og omkring en dagsreise på den andre kant rundt om leiren og omkring to alen over jordens overflate.
त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।
32 Da stod folket op og gikk hele den dag og hele natten og hele den næste dag og sanket vaktlene; den som hadde samlet minst, hadde sanket ti homer. Og de bredte dem ut rundt om leiren.
मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।
33 Men mens kjøttet ennu var mellem deres tenner, før det var helt fortært, optendtes Herrens vrede mot folket, og Herren lot det bli et meget stort mannefall blandt folket.
मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
34 Og de kalte dette sted Kibrot Hatta'ava, fordi de der begravde dem som hadde vært så lystne.
त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
35 Fra Kibrot-Hatta'ava brøt folket op til Haserot, og de blev i Haserot.
किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।

< 4 Mosebok 11 >