< Esaias 26 >
1 På den dag skal denne sang synges i Juda land: En sterk by har vi, frelse setter han til mur og vern.
त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ । परमेश्वरले मुक्तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।
2 Lat op portene, så et rettferdig folk kan gå inn, et folk som holder fast ved sin troskap.
ढोका खुल्ला गर, जसले गर्दा विश्वास कायम राख्ने धर्मी जाति भित्र आउन सकोस् ।
3 Den som har et grunnfestet sinn, ham lar du alltid ha fred, for til dig setter han sin lit.
तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्नुहुनेछ, किनकि उसले तपाईंमा विश्वास गर्छ ।
4 Sett eders lit til Herren til alle tider! For i Herren, Israels Gud, har vi en evig klippe.
सदासर्वदा परमप्रभु विश्वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
5 For han har nedbøiet dem som bodde i det høie, den kneisende stad; han støtte den ned, ja støtte den ned til jorden, slo den ned i støvet.
किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।
6 Den blev trådt under føtter, under de elendiges føtter, de ringes steg.
यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।
7 Den rettferdiges sti er jevn; du jevner den rettferdiges vei.
ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।
8 På dine dommers vei, Herre, ventet vi dig også; til ditt navn og ditt minne stod vår sjels attrå.
हे परप्रभु, तपाईंको न्यायको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं । तपाईंको नाउँ र तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो ।
9 Med min sjel lengtes jeg efter dig om natten, og med min ånd søkte jeg dig. For så snart dine dommer rammer jorden, lærer jordboerne rettferdighet.
रातमा मैले तपाईंको इच्छा गरें । हो, मेरो आत्माले मभित्र उत्कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्दछन् ।
10 Dersom den ugudelige får nåde, så lærer han ikke rettferdighet; i rettvishets land gjør han urett, og han ser ikke Herrens høihet.
दुष्ट व्यक्तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्नेछैन । सोझाको देशमा उसले दुष्टतासाथ काम गर्छ र परमप्रभुको ऐश्वर्यलाई देख्दैन ।
11 Herre! Høit opløftet var din hånd, men de så det ikke; de fikk se din nidkjærhet for folket og blev til skamme; ja, ild fortærte dine fiender.
हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्ट पार्नेछ ।
12 Herre! Du skal hjelpe oss til fred; for alt det vi har gjort, har du utrettet for oss.
हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ । किनकि साँच्चै, हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको छ ।
13 Herre vår Gud! Andre herrer enn du har hersket over oss; ved dig alene priser vi ditt navn.
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।
14 Døde blir ikke levende, dødninger står ikke op; derfor hjemsøker og ødelegger du dem og gjør hvert minne om dem til intet.
तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।
15 Du øker folket, Herre! Du øker folket og viser din herlighet; du flytter alle landets grenser langt ut.
हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।
16 Herre! I nøden søkte de dig; de opsendte stille bønner da din tukt kom over dem.
हे परमप्रभु, कष्टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।
17 Likesom en fruktsommelig kvinne vrir sig og skriker i sine veer når hun skal føde, således gikk det oss for din vredes skyld, Herre!
गर्भवती स्त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।
18 Vi var fruktsommelige, vi vred oss; men da vi fødte, var det bare vind; frelse gav vi ikke landet, og ingen blev født til å bo på jorden.
हामी गर्भवती भएका छौं, हामी प्रसव वेदनामा परेका छौं, तर यो त हामीले हावालाई मात्र जन्माएको जस्तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं र संसारका बासिन्दाहरू ढलेका छैनन् ।
19 Dine døde skal bli levende, mine lik skal opstå; våkn op og juble, I som bor i støvet! For dugg over grønne urter er din dugg, og jorden gir dødninger tilbake til livet.
तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।
20 Gå, mitt folk, gå inn i dine kammer og lukk dørene efter dig! Skjul dig et lite øieblikk, inntil vreden går over!
ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
21 For se, Herren går ut fra sitt sted for å hjemsøke jordboerne for deres misgjerning, og jorden skal la det blod som er utøst på den, komme for dagen og ikke mere dekke sine drepte.
किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्नुभएको छ । पृथ्वीले आफ्नो रक्तपात प्रकट गर्नेछ र आफ्ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।