< Esaias 1 >
1 Dette er de syner som Esaias, sønn av Amos, så om Juda og Jerusalem i de dager da Ussias, Jotam, Akas og Esekias var konger i Juda.
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।
2 Hør, I himler, og lytt til, du jord! For Herren taler: Barn har jeg opfødd og fostret; men de er falt fra mig.
ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।
3 En okse kjenner sin eiermann, og et asen sin herres krybbe; Israel kjenner intet, mitt folk forstår intet.
गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।”
4 Ve det syndige folk, det folk med tung misgjerning, den yngel av ugjerningsmenn, de vanartede barn! De har forlatt Herren, har foraktet Israels Hellige, er veket fra ham.
धिक्कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।
5 Hvorfor vil I la eder slå fremdeles? Hvorfor øker I eders frafall? Hvert hode er sykt, og hvert hjerte er svakt.
तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्पुर्ण टाउको नै बिरामी छ र सम्पुर्ण हृदय नै कमजोर छ ।
6 Fra fotsåle til hode er der intet helt på det; sår, buler og friske slag! De er ikke klemt ut og ikke forbundet og ikke utbløtt med olje.
शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
7 Eders land er en ørken, eders byer opbrent med ild; eders jord opetes av fremmede for eders øine, og en ørken er der, som efter fremmedes herjing.
तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।
8 Bare Sions datter er blitt igjen som en løvhytte i en vingård, som en vekterhytte på en agurkmark, som en kringsatt by.
सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ ।
9 Hadde ikke Herren, hærskarenes Gud, levnet oss en liten rest, da var vi som Sodoma, da lignet vi Gomorra.
सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं।
10 Hør Herrens ord, I Sodomafyrster! Lytt til vår Guds lov, du Gomorra-folk!
ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्वरको व्यवस्था सुन ।
11 Hvad skal jeg med eders mange slaktoffer? sier Herren; jeg er mett av brennoffer av værer og av gjøkalvers fett, og til blod av okser og lam og bukker har jeg ikke lyst.
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका असंख्य बलिदानहरू मेरो निम्ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्न ।
12 Når I kommer for å vise eder for mitt åsyn, hvem har da krevd dette av eder at I skal nedtrede mine forgårder?
तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्ने कसको इच्छा छ?
13 Kom ikke mere frem med tomt matoffer! Det er mig en vederstyggelig røkelse. Nymåne og sabbat, festlig forsamling - jeg tåler ikke høitid og urett sammen.
व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्ट सभाहरू म सहन सक्दिनँ ।
14 Eders nymåner og fester hater min sjel, de er blitt mig en byrde; jeg er trett av å bære dem.
तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु ।
15 Og når I breder ut eders hender, skjuler jeg mine øine for eder; om I enn beder meget, hører jeg ikke; eders hender er fulle av blod.
त्यसैले तिमीहरूले प्रार्थनामा आफ्ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
16 Tvett eder, rens eder, ta eders onde gjerninger bort fra mine øine, hold op å gjøre det som er ondt!
नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्टिबाट तिमीहरूका सबै दुष्ट कामहरू हटाओ । खराब हुन छोड ।
17 Lær å gjøre det gode, legg vinn på det som er rett, vis voldsmannen på rett vei, hjelp den farløse til hans rett, før enkens sak!
असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
18 Kom og la oss gå i rette med hverandre, sier Herren; om eders synder er som purpur, skal de bli hvite som sne; om de er røde som skarlagen, skal de bli som den hvite ull.
परमप्रभु भन्नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्तै हुनेछन् ।
19 Er I villige og hører, skal I ete landets gode ting,
तिमीहरू आज्ञाकारी र इच्छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
20 men er I uvillige og gjenstridige, skal I bli opett av sverdet; for Herrens munn har talt.
तर तिमीहरूले इन्कार गर्यौ र विद्रोह गर्यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्नुभएको छ ।
21 Hvor den er blitt til en horkvinne, den trofaste by, som var full av rett, hvor rettferd hadde hjemme, og nu - mordere!
विश्वासयोग्य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ ।
22 Ditt sølv er blitt til slagger, din vin blandet op med vann;
तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ ।
23 dine førere er oprørere og tyvers stallbrødre; enhver av dem elsker bestikkelse og jager efter gaver; den farløse hjelper de ikke til hans rett, og enkens sak tar de sig ikke av.
तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।
24 Derfor sier Herren, Israels Gud, hærskarenes Gud, Israels Veldige: Ve! Jeg vil kjøle min harme på mine motstandere og ta hevn over mine fiender.
यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्कार! आफ्ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्ना शत्रुहरूसँग म टो फेर्नेछु ।
25 Og jeg vil igjen ta mig av dig og smelte ut dine slagger som med lutsalt og skille ut alt ditt bly.
म आफ्ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।
26 Og jeg vil atter gi dig slike dommere som i førstningen og rådsherrer som i begynnelsen; derefter skal du kalles rettferdighetens stad, en trofast by.
म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्वासयोग्य नगर भनिनेछौ ।”
27 Sion skal forløses ved rett, og de omvendte der ved rettferdighet.
सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।
28 Men undergang skal ramme alle overtredere og syndere, og de som forlater Herren, skal omkomme;
विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्नेहरू नष्ट हुनेछन् ।
29 for de skal få skam av de eketrær som er eders lyst, og I skal bli til skamme ved de haver som I har så kjær;
किनभने तिमीहरूले इच्छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।
30 for I skal bli som en ek med visne blad og som en have uten vann.
किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
31 Og den sterke skal bli til stry, og hans gjerning til en gnist, og de skal brenne begge tilsammen, og der er ingen som slukker.
बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्नेछन् र कसैले पनि ती निभाउनेछैन ।”