< 2 Kongebok 10 >
1 Akab hadde sytti sønner i Samaria; og Jehu skrev brever og sendte dem til Samaria, til de øverste i Jisre'el, de eldste, og til de formyndere som Akab hadde innsatt for sine sønner; i brevene stod det:
सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए । येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए,
2 Når nu dette brev kommer til eder, I som har eders herres sønner hos eder, og som råder over vognene og hestene og en fast by og våbnene,
“तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन् । त्यसैले यो चिठी तिमीहरूले प्राप्त गर्ने बित्तिकै,
3 så utse eder den beste og mest skikkede blandt eders herres sønner og sett ham på hans fars trone og strid for eders herres hus!
तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान र तिनलाई आफ्ना पिताको सिंहासनमा राख, अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर ।”
4 Men de blev meget forferdet og sa: De to konger holdt ikke stand mot ham; hvorledes skulde da vi kunne det?
तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्यसैले हामी कसरी खडा हुन सक्छौँ?”
5 Så sendte slottshøvdingen og høvdingen over byen og de eldste og formynderne bud til Jehu og lot si: Vi er dine tjenere, og alt hvad du sier til oss, vil vi gjøre; vi vil ikke gjøre nogen til konge; gjør du hvad du finner for godt!
तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्छ, त्यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्टिमा जे ठिक लाग्छ, त्यही गर्नुहोस् ।”
6 Da skrev han atter et brev til dem, og i det stod det: Dersom I holder med mig og vil lyde mitt bud, så hugg hodet av eders herres sønner og kom til mig i Jisre'el imorgen ved denne tid! Men kongens sønner, sytti i tallet, bodde hos de store i byen, som opfostret dem.
तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्ना मालिकका सन्तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।
7 Da nu brevet kom til dem, tok de kongens sønner og drepte dem, sytti i tallet, og la deres hoder i kurver og sendte dem til ham i Jisre'el.
त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।
8 Da budet kom og meldte ham at de var kommet med kongesønnenes hoder, sa han: Legg dem i to hauger foran inngangen til porten til imorgen!
एक जना सन्देशवाहक येहूकहाँ यसो भन्न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्नू ।”
9 Og om morgenen gikk han ut og trådte frem og sa til alt folket: I er uten skyld! Det er jeg som har fått i stand en sammensvergelse mot min herre og drept ham; men hvem har slått alle disse ihjel?
बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे?
10 Nu ser I at ikke noget av det som Herren har talt mot Akabs hus, faller til jorden; men Herren har gjort det som han talte gjennem sin tjener Elias.
अब तिमीहरूले निश्चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”
11 Så slo Jehu ihjel alle som var tilbake av Akabs hus i Jisre'el, og alle hans stormenn og hans kjenninger og hans prester; han lot ikke nogen bli i live eller slippe unda.
त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।
12 Siden gjorde Jehu sig rede og drog avsted til Samaria. Og da han underveis kom til Bet-Eked-Haro'im,
तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,
13 møtte han Judas konge Akasjas brødre. Han spurte dem: Hvem er I? De svarte: Vi er brødre av Akasja og er på vei ned for å hilse på kongens barn og dronningens barn.
तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”
14 Da sa han: Grip dem levende! Så grep de dem levende og drepte dem ved brønnen i Bet-Eked, to og firti i tallet; han lot ikke en av dem bli i live.
येहूले आफ्ना मानिसहरूलाई भने, “तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् ।
15 Da han så drog derfra, traff han på Jonadab, Rekabs sønn, som kom ham i møte, og han hilste på ham og sa til ham: Mener du det like så opriktig med mig som jeg med dig? Jonadab svarte: Ja. Er det så sa Jehu, da gi mig din hånd! Da gav han ham hånden; og han lot ham stige op til sig i vognen.
येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे । येहूले तिनलाई अभिवादन गरे र तिनलाई भने, “मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ छ?” यहोनादाबले जवाफ दिए, “हजुर छ।” येहूले भने, “छ भने मलाई तिम्रो हात देऊ।” त्यसैले तिनले येहूलाई आफ्नो हात दिए, येहूले यहोनादाबलाई आफूसितै रथमा लगे ।
16 Og han sa: Følg med mig og se hvor nidkjær jeg er for Herren! Så lot han ham kjøre på sin vogn.
येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्नो रथमा आफूसँगै लगे ।
17 Og da han kom til Samaria, slo han ihjel alle som var tilbake av Akabs hus i Samaria, til han hadde utryddet det, efter det ord som Herren hadde talt til Elias.
जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्नुभएको थियो त्यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।
18 Siden samlet Jehu alt folket og sa til dem: Akab har dyrket Ba'al lite, Jehu vil dyrke ham meget.
तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, “आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ ।
19 Så kall nu alle Ba'als profeter, alle hans tjenere og alle hans prester hit til mig, ikke en må mangle! For jeg vil holde en stor slaktofferfest for Ba'al; hver den som ikke møter, skal late livet. Men dette gjorde Jehu med svik for å utrydde Ba'als tjenere.
त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।
20 Så sa Jehu: Hold en hellig festforsamling for Ba'al! Da utropte de en sådan fest.
येहूले भने, “बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे ।
21 Og Jehu sendte bud omkring i hele Israel, og alle Ba'als tjenere kom; det var ikke nogen som lot være å komme. Og de gikk inn i Ba'als hus, og Ba'als hus blev fullt fra ende til annen.
तब येहूले सारा इस्राएलभरि समाचार पठाए, र बालका आराधकहरू सबै आए । नआएको मानिस एउटै पनि थिए । तिनीहरू बालको मन्दिरमा आए, र मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो ।
22 Så sa han til den som hadde tilsyn med klædekammeret: Hent frem klædninger for alle Ba'als tjenere! Og han hentet klædningene frem til dem.
येहूले पुजारीको वस्त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, “बालका सबै आराधकका लागि वस्त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्त्रहरू ल्याए ।
23 Da nu Jehu sammen med Jonadab, Rekabs sønn, kom til Ba'als hus, sa han til Ba'als tjenere: Se nøie efter at det ikke er nogen av Herrens tjenere her iblandt eder, men bare Ba'als-tjenere!
रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्ने कुरामा निश्चित होऊ ।”
24 Så gikk de inn for å ofre slaktoffer og brennoffer, og Jehu stilte åtti mann utenfor huset og sa: Hvis nogen slipper unda av de menn som jeg overgir i eders hender, skal det bøtes liv for liv.
तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने, “मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्यो भने, जसले भगाउँछ, त्यो भाग्नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”
25 Da de var ferdig med å ofre brennofferet, sa Jehu til drabantene og livvakten: Gå inn, slå dem ihjel, la ikke en slippe ut! Så slo de dem med sverdets egg, og drabantene og livvakten kastet dem ut og gikk til Ba'als-husets by.
तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।
26 Og de bar ut støttene i Ba'als hus og brente dem op,
तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए ।
27 og Ba'als egen støtte rev de ned; og Ba'als hus rev de ned og gjorde det til vannhuser, som er der den dag idag.
त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए र बालको मन्दिरलाई भत्काइदिए, अनि मानिसहरूले त्यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन् ।
28 Således utryddet Jehu Ba'al av Israel.
यसरी येहूले इस्राएलबाट बालको पुजालाई नष्ट पारे ।
29 Men fra Jeroboams, Nebats sønns synder, som han hadde fått Israel til å gjøre, vek Jehu ikke - fra gullkalvene i Betel og Dan.
तर नबातका छोरा यारोबामका पापहरू जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाए, अर्थात् बेथेल र दानमा सुनका बाछाहरूका पुजालाई येहूले छाडेनन् ।
30 Herren sa til Jehu: Fordi du har gjort til gagns hvad rett var i mine øine, og gjort mot Akabs hus alt det jeg vilde, så skal dine sønner til fjerde ledd sitte på Israels trone.
त्यसैले परमप्रभुले येहूलाई भन्नुभयो, “परमप्रभुको दृष्टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्नेछन् ।”
31 Men Jehu gav ikke akt på å vandre i Herrens, Israels Guds lov av alt sitt hjerte; han vek ikke fra Jeroboams synder, som han hadde fått Israel til å gjøre.
तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् ।
32 Ved denne tid begynte Herren å løsrive stykker av Israel; Hasael slo dem på hele Israels grense
ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो, र हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे,
33 og tok på østsiden av Jordan hele Gileads land, gadittene og rubenittene og manassittene, like fra Aroer ved Arnon-åen, både Gilead og Basan.
यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्जा गरे ।
34 Hvad som ellers er å fortelle om Jehu, om alt det han gjorde og alle hans store gjerninger, det er opskrevet i Israels kongers krønike.
येहू र तिनका सबै काम र तिनको शक्तिको बारेमा के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
35 Og Jehu la sig til hvile hos sine fedre, og han blev begravet i Samaria; og hans sønn Joakas blev konge i hans sted.
येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।
36 Den tid Jehu var konge over Israel i Samaria, var åtte og tyve år.
येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।