< 1 Peters 1 >
1 Peter, Jesu Kristi apostel - til de utlendinger som er spredt omkring i Pontus, Galatia, Kappadokia, Asia og Bitynia, utvalgt
पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्टका प्रेरित पत्रुसबाट ।
2 efter Gud Faders forutviten, i Åndens helliggjørelse, til lydighet og oversprengning med Jesu Kristi blod: Nåde og fred bli eder mangfoldig til del!
येशू ख्रीष्टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
3 Lovet være Gud og vår Herre Jesu Kristi Fader, han som efter sin store miskunn har gjenfødt oss til et levende håp ved Jesu Kristi opstandelse fra de døde,
परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा ईश्वरीय उत्तराधिकारको निश्चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
4 til en uforgjengelig og usmittet og uvisnelig arv, som er gjemt i himlene for eder,
किनकि कहिल्यै नष्ट नहुने ईश्वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
5 I som ved Guds makt holdes oppe ved troen til den frelse som er ferdig til å bli åpenbaret i den siste tid.
अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिले सुरक्षित राखिएका छौ ।
6 Derover fryder I eder, om I enn nu - når så skal være - har sorg en liten stund ved allehånde fristelser,
अहिले तिमीहरूले विभिन्न किसिमका धेरै कष्टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।
7 forat eders prøvede tro, som er meget kosteligere enn det forgjengelige gull, som dog prøves ved ild, må finnes til lov og pris og ære i Jesu Kristi åpenbarelse,
तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो ।
8 han som I ikke har kjent og dog elsker, han som I nu ikke ser og dog tror på, og derfor fryder I eder med en usigelig og herliggjort glede,
तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तर तिमीहरू उहाँमा विश्वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
9 når I vinner frem til endemålet for eders tro, sjelenes frelse.
अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो ।
10 Om denne frelse var det profetene gransket og ransaket, de som spådde om den nåde som I skulde få,
अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए ।
11 idet de ransaket hvilken eller hvad slags tid Kristi Ånd, som var i dem, viste frem til når han forut vidnet om Kristi lidelser og om herligheten derefter;
तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।
12 for det blev dem åpenbaret at de ikke tjente sig selv, men oss, med dette som nu er blitt kunngjort ved dem som har forkynt eder evangeliet ved den Hellige Ånd, som blev sendt fra himmelen - dette som englene attrår å skue inn i.
यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
13 Derfor, omgjord eders sinns lender, vær edrue, og sett eders håp fullt og fast til den nåde som blir eder til del i Jesu Kristi åpenbarelse!
त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
14 Som lydige barn skal I ikke skikke eder efter de forrige lyster i eders vankundighet,
आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।
15 men vær, efter den Hellige som kalte eder, også I hellige i all eders ferd!
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ ।
16 for det er skrevet: I skal være hellige; for jeg er hellig.
किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
17 Og når I påkaller som Fader ham som dømmer uten å gjøre forskjell, efter enhvers gjerning, da ferdes i frykt i eders utlendighets tid,
जसले प्रत्येक व्यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
18 for I vet at I ikke med forgjengelige ting, sølv eller gull, blev løskjøpt fra eders dårlige ferd, som var arvet fra fedrene,
तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।
19 men med Kristi dyre blod som blodet av et ulastelig og lyteløst lam,
तर तिमीहरूले येशू ख्रीष्टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
20 han som forut var kjent, før verdens grunnvoll blev lagt, men blev åpenbaret ved tidenes ende for eders skyld,
येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
21 I som ved ham tror på Gud, som opvakte ham fra de døde og gav ham herlighet, så at eders tro også er håp til Gud.
तिमीहरू उहाँद्वारा परमेश्वरमा विश्वास गर्छौ, जसलाई तिमीहरूका विश्वास र आशा परमेश्वरमा रहून् भनेर परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
22 Rens eders sjeler i lydighet mot sannheten til uskrømtet broderkjærlighet, og elsk hverandre inderlig av hjertet,
सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
23 I som er gjenfødt, ikke av forgjengelig, men uforgjengelig sæd, ved Guds ord, som lever og blir! (aiōn )
तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट । (aiōn )
24 For alt kjød er som gress, og all dets herlighet som blomst på gress: gresset visnet, og blomsten på det falt av,
किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
25 men Herrens ord blir evindelig; og dette er det ord som er forkynt eder ved evangeliet. (aiōn )
तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो । (aiōn )