< 1 Kongebok 9 >

1 Da Salomo var ferdig med å bygge Herrens hus og kongens hus og alt det hans hu stod til å utføre,
सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि
2 da åpenbarte Herren sig annen gang for Salomo, likesom han hadde åpenbaret sig for ham i Gibeon.
गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो ।
3 Og Herren sa til ham: Jeg har hørt din bønn og ydmyke begjæring som du bar frem for mitt åsyn; jeg har helliget dette hus som du har bygget, så jeg lar mitt navn bo der til evig tid, og mine øine og mitt hjerte skal være der alle dager.
तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ ।
4 Hvis du nu vandrer for mitt åsyn, som din far David gjorde, i hjertets renhet og i opriktighet, så du gjør alt det jeg har befalt dig, og holder mine bud og mine lover,
मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने,
5 så vil jeg trygge din kongetrone i Israel til evig tid, således som jeg lovte din far David da jeg sa: Det skal aldri fattes en mann av din ætt på Israels trone.
म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'
6 Men hvis I og eders barn vender eder bort fra mig og ikke holder de bud og lover som jeg har forelagt eder, men gir eder til å dyrke andre guder og tilbede dem,
तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,
7 så vil jeg utrydde Israel av det land jeg har gitt dem, og det hus jeg har helliget for mitt navn, vil jeg forkaste fra mitt åsyn, og Israel skal bli til et ordsprog og til en spott blandt alle folk.
मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ ।
8 Og skal dette hus enn bli høit så skal dog hver den som går forbi det, forferdes og spotte. og når nogen da spør: Hvorfor har Herren gjort således mot dette land og dette hus?
यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने छ, र यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ । तिनीहरूले सोध्ने छन्, 'परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला?’
9 da skal de svare: Fordi de forlot Herren sin Gud, som førte deres fedre ut av Egyptens land, og holdt sig til andre guder og tilbad dem og dyrket dem; derfor har Herren ført all denne ulykke over dem.
अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।”
10 Da nu de tyve år var til ende som Salomo hadde bygget på de to hus, Herrens hus og kongens hus,
सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो ।
11 gav kong Salomo tyve byer i Galilea til kongen i Tyrus Hiram, som hadde hjulpet ham med sedertre og cypresstre og gull, så meget han ønsket.
टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए ।
12 Men da Hiram kom fra Tyrus for å se på de byer Salomo hadde gitt ham, syntes han ikke om dem.
सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् ।
13 Han sa: Hvad er dette for byer du har gitt mig, min bror? Og han kalte dem Kabuls land; så heter de den dag idag.
त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन्?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ ।
14 Men Hiram hadde sendt kongen hundre og tyve talenter gull.
हीरामले राजालाई चार टन सुन पठाएका थिए ।
15 Med de pliktarbeidere som kong Salomo uttok for å bygge Herrens hus og sitt eget hus og Millo og Jerusalems murer og Hasor og Megiddo og Geser, hadde det sig således:
सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।
16 Farao, kongen i Egypten, hadde draget op og inntatt Geser og satt ild på det og drept kana'anittene som bodde i byen, og gitt den i medgift til sin datter, Salomos hustru;
मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए ।
17 men Salomo bygget Geser op igjen, og likeså bygget han op Nedre-Bet-Horon
त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे ।
18 og Ba'alat og Tadmor i ørkenen der i landet,
तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू,
19 og alle de oplagsbyer han hadde, og byene for stridsvognene og byene for hestfolket og alt annet som han hadde lyst til å bygge, både i Jerusalem og på Libanon og i hele det land han rådet over.
र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे ।
20 Og alt det folk som var blitt tilbake av amorittene, hetittene, ferisittene, hevittene og jebusittene, folk som ikke var av Israels ætt -
बाँकी रहेका सबै एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसी जो इस्राएली थिएनन्,
21 deres efterkommere, så mange som var blitt tilbake i landet efter dem fordi Israels barn ikke hadde maktet å slå dem med bann, dem uttok Salomo til arbeidspliktige træler, og det har de vært til denne dag.
तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन्, तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन् ।
22 Men av Israels barn gjorde Salomo ikke nogen til træl; de var hans krigsmenn og hans tjenere og høvdinger og drabanter og høvedsmenn for hans stridsvogner og hestfolk.
तथापि, सोलोमनले इस्राएलीहरूलाई भने बेगार काममा लगाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, अधिकृतहरू र कप्तानहरू अनि सारथीहरूका कप्तान र घोडचढीहरू बने ।
23 Salomos arbeidsformenn var fem hundre og femti i tallet; de rådet over de folk som utførte arbeidet.
तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो । तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे ।
24 Så snart Faraos datter var flyttet op fra Davids stad til det hus som han hadde bygget for henne, gikk han i gang med å bygge Millo.
फारोकी छोरी दाऊदको सहरबाट सोलोमनले उनको लागि बनाएको घरमा सरिन् । पछि सोलोमनले टेवा दिने गाराहरू बनाए ।
25 Tre ganger om året ofret Salomo brennoffer og takkoffer på det alter han hadde bygget for Herren, og han brente røkelse ved det alter som stod for Herrens åsyn, og hadde nu huset ferdig.
सोलोमनले परमप्रभुको निम्ति बनाएका वेदीमा परमप्रभुको निम्ति धूप बाल्दै तिनले वर्षमा तिन पटक होमबलि र मेलबलिहरू चढाउँथे । यसरी तिनले मन्दिरको काम सम्पन्न गरी त्यसको प्रयोग गरे ।
26 Kong Salomo lot også bygge skiber i Esjon-Geber, som ligger ved Elot på bredden av det Røde Hav i Edoms land.
सोलोमन राजाले लाल समुद्रको किनारमा भएको एदोमको एलात नजिकै एस्योन-गेबेरमा जहाजहरू बनाए ।
27 Og Hiram sendte sine folk, sjøvant mannskap, på skibene sammen med Salomos folk.
हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए ।
28 De kom til Ofir og hentet gull derfra, fire hundre og tyve talenter, og førte det hjem til kong Salomo.
तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए । त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए ।

< 1 Kongebok 9 >