< Matendu 14 >
1 Mewawa ku Ikonio kula, Pauli na Banaba vakayingila munyumba ya kukonganekela Vayawudi. Vakalongela cha ukekesi hati msambi uvaha wa Vayawudi na Vagiliki vakasadika.
आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्वास गरे ।
2 Nambu Vayawudi vevabeli kusadika vakavakulukisa vandu vangali Vayawudi vavayomela Pauli na Banaba.
तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए ।
3 Vayendalili kutama kwenuko mulukumbi lutali. Vakalongela cha ukekesi ndava ya Bambu, na Bambu mwene ajilangisi uchakaka wa ujumbi wevihumisa kwa ubwina waki, kwa kuvahotosa kukita gachinamtiti na makangaso.
त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।
4 Vandu va muji wula vakalekengana, vangi vakavya upandi wa Vayawudi na vangi vakavya upandi wa vamitumi vala.
तर सहरका अधिकांश मानिसहरू विभाजित भए । कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे ।
5 Kangi vandu vangali Vayawudi na Vayawudi pamonga na vachilongosi wavi, vakakita mpangu wa kuvakitila gahakau na kuvakoma kwa maganga.
जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्न मनाउन प्रयास गरे,
6 Vamitumi vala pevamanyili mpangu wenuwo, vakajumbalila ku Lusitila na ku Delibe, miji ya ku Lukonia, na pamwambu ya miji ya papipi,
यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए
7 ndi vakayendelela kukokosa Lilovi la Bwina.
र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।
8 Lusitila kwenuko kwavili na mundu mmonga mweavi ngagenda kutumbula kuvelekewa kwaki, katu nakuhotola kugenda.
लुस्त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन ।
9 Ngagenda yula amyuwanilayi Pauli peakokosayi. Hinu Pauli akamlolokesa takataka na peamanyili kuvya avi na sadika ya kuhotola kulamiswa,
पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्ने विश्वास भएको देखे ।
10 akamjovela kwa lwami luvaha, “Yima na magendelu gaku!” Bahapo mundu yula akahumba na kutumbula kugenda.
यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
11 Msambi wa vandu pavawene lijambu leakitili Pauli, vakajova kwa lwami luvaha muluga ya Kilukaonia, “Hinu vachapanga vatibwelili kwa musula ya mundu!”
जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।”
12 Vakavapele mahina ga uchapanga, Banaba vakamkemela Zeu, na Pauli ndava muni avi mjovaji mkulu, vakamkemela Helime.
तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए ।
13 Mteta wa chapanga Zeu, nyumba yaki yavi pamuhana ya muji, akagega ng'ombi mpapakasi na njingwa ya maluva palongolo ya mlyangu ukulu muji pamonga na msambi wa vandu vagana kuvawusila luteta vamitumi.
जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।
14 Nambu Banaba na Pauli pevayuwini malovi gala vakapapula nyula zavi na kujumbalila pamsambi wa vandu wula, na kujova kwa lwami luvaha.
तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए ।
15 “Vagosi nyenye, ndava kyani mwikita lijambu lenili? Tete mewa tavandu ngati nyenye. Ndi tikuvakokosela Lilovi la Bwina, nyenye mukoto kugundamila chimong'omong'o, mumuwuyila Chapanga wa wumi, mweawumbili kunani na mulima na nyanja pamonga na vindu vyoha.
र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।
16 Kadeni Chapanga avalekekisi vandu voha vahenga chevigana vene.
विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।
17 Nambu Chapanga alekili lepi kujilangisa kwa mambu gabwina geavahengili, kuvatonyela fula kuhuma kunani, kuvapela mabenu mulukumbi lwaki na kuvapela chakulya cha kuyimemesa mitima yavi luheku.”
तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’
18 Pamonga na vamitumi kujova malovi genago, yavili nakunonopa kuubelelela msambi wa vandu ukoto kuvawusila luteta.
यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।
19 Kangi Vayawudi nunuyu vakabwela kuhuma Antiokia na Ikonio, vakavakulukisa vandu, vamtova Pauli na maganga. Vakamkwega mbaka kuvala ya muji, kuni vahololela afwili.
तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
20 Nambu vawuliwa pavamtindili akayumuka akawuya kumujini. Chilau yaki mwene pamonga na Banaba vakahamba ku Delibe.
तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए ।
21 Pauli na Banaba vakakokosa Lilovi la Bwina ku Delibe, ndi vakayonjokeseka vawuliwa vamahele. Kangi vakawuya ku Antiokia vakavedukila Lusitila na Ikonio.
सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।
22 Ndi vakavakangamalisa mitima vamsadika, vasindimala na sadika yavi, vakavajovela ngati tavoha yikutigana kuyingila Muunkosi wa Chapanga munjila ya mang'ahiso gavaha.
तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए ।
23 Pauli na Banaba vakavahagula vagogo mukila msambi wa vandu vevakumsadika Kilisitu ndava ya kuyupa Chapanga na kujihinisa chakulya, vakavavika muulonda wa Bambu mwevakumsadika.
जब तिनीहरूले विश्वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
24 Pevamalili kupitila Pisidia ndi vakahika Pamfulia.
त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।
25 Kangi pevamalili kuvakokosela ujumbi wula vandu va ku Peliga, ndi vakahamba ku Atalia.
पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।
26 Mulugendu vakahuma ku Atalia vakawuya ku Antiokia kwevayupiwi ubwina wa Chapanga, ndava ya lihengu levakitili.
त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।
27 Na pavahikili vahengili mngonganu na vamsadika vakavajovela vandu mambu goha, Chapanga geagahengili pamonga nawu, na cheavadindulili vandu vangali Vayawudi mlyangu wa sadika.
तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।
28 Ndi vakatama pamonga mulukumbi lutali na vamsadika vala.
तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।