< रोमी 15 >
1 हामी विश्वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्न तुल्याउने हुनुहुन्न।
Now we who are strong ought to bear with the weaknesses of those who are without strength; we ought not to please ourselves.
2 हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ।
Let each of us please his neighbor for his good, to build him up.
3 किनकि ख्रीष्ट आफैँले पनि आफूलाई प्रसन्न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।”
For even Christ did not please himself, but as it is written, “The reproaches of those who reproached yoʋ fell on me.”
4 किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौँ।
For everything that was written in former times was written for our instruction, so that through endurance and the encouragement of the Scriptures, we might have hope.
5 धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्,
Now may the God of endurance and encouragement grant you to have the same mind toward one another, following the example of Christ Jesus,
6 ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको महिमा गर्न सक।
so that with one accord and one voice you may glorify the God and Father of our Lord Jesus Christ.
7 जसरी ख्रीष्टले तिमीहरूलाई परमेश्वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर।
Therefore receive one another, just as Christ has received you, to the glory of God.
8 म तिमीहरूलाई भन्दछु, परमेश्वरको सत्यताका लागि ख्रीष्ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्चित हुन सकोस्।
Now I say that Christ Jesus has become a servant to the circumcised on behalf of the truth of God in order to confirm the promises that were made to the fathers,
9 गैरयहूदीहरूले परमेश्वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।”
so that the Gentiles might glorify God for his mercy. As it is written, “Therefore I will confess yoʋ among the Gentiles; I will sing praise to yoʋr name.”
10 फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।”
And again it says, “Rejoice, O Gentiles, with his people.”
11 अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।”
And again, “Praise the Lord, all you Gentiles, and extol him, all you peoples.”
12 अनि फेरि यशैयाले भन्दछन्, “यिशैको वंशमा एक जना सन्तान प्रकट हुनुहुनेछ, जो सबै राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।”
And again, Isaiah says, “The root of Jesse will appear, he who arises to rule the Gentiles; in him the Gentiles will hope.”
13 उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
Now may the God of hope fill you with all joy and peace as you trust in him, so that you may abound in hope by the power of the Holy Spirit.
14 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म स्वयम् विश्वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ।
I myself am convinced about you, my brothers, that you yourselves are full of goodness, filled with all knowledge, and able to admonish others.
15 तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु। किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ
But I have written to you rather boldly in part, brothers, by way of reminder, because of the grace that was given to me by God
16 कि म गैरयहूदीहरूका लागि ख्रीष्ट येशूको सेवक हुन सकूँ। उहाँले मलाई परमेश्वरको सुसमाचार घोषणा गर्ने पुजारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्।
to be a minister of Jesus Christ to the Gentiles in the priestly service of the gospel of God, so that the Gentiles might become an acceptable offering, sanctified by the Holy Spirit.
17 यसकारण मेरा परमेश्वरप्रतिको सेवामा म ख्रीष्ट येशूमा गर्व गर्छु।
Therefore I have a reason for boasting in Christ Jesus in my service to God.
18 मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्ने आँट गर्दिनँ।
For I will not dare to speak of anything other than what Christ has accomplished through me to bring about the obedience of the Gentiles, by word and deed,
19 अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा परमेश्वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्लिरिकमसम्म मैले ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु।
by the power of signs and wonders, and by the power of the Spirit of God, so that from Jerusalem all the way around to Illyricum, I have fully preached the gospel of Christ.
20 मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्।
And in this way I aspire to preach the gospel where the name of Christ has not been heard, so that I do not build upon another's foundation,
21 बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।”
but as it is written, “Those who were not told about him will see, and those who have not heard will understand.”
22 यही सेवकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु।
That is why I have often been hindered from coming to you.
23 तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको हुनाले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण,
But now, since I no longer have a place in these regions, and since I have longed for many years to come to you,
24 म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु।
I will come to you when I go to Spain. For I hope to see you when I pass through, and to have you send me on my way there, once I have first enjoyed your company for a while.
25 तर अहिले म यरूशलेममा प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु।
But now I am going to Jerusalem to serve the saints.
26 किनकि म्यासिडोनिया र अखैयाका विश्वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्।
For Macedonia and Achaia have been pleased to make a contribution for the poor among the saints in Jerusalem.
27 तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यो भेटीका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिष्मा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने गैरयहूदीहरूका भौतिक आशिष्मा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ।
They were pleased to do so, and indeed they owe it to them. For if the Gentiles have come to share in the spiritual blessings of the Jews, they owe it to the Jews to share with them their material blessings.
28 यो काम गरिसकेपछि र यो भेटी उनीहरूलाई सुम्पिसकेपछि म स्पेन जानेछु र त्यही बेला म तिमीहरूकहाँ आउनेछु।
So when I have finished this task and have sealed to them this fruit, I will set out for Spain and visit you on the way.
29 म जान्दछु, जब म त्यहाँ आउँछु, तब ख्रीष्टका आशिष्को भरपूरीमा आउनेछु।
And I know that when I come to you, I will come in the fullness of the blessing of the gospel of Christ.
30 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन।
Now I urge you, brothers, by our Lord Jesus Christ and by the love of the Spirit, to strive together with me in your prayers to God on my behalf.
31 यहूदियाका अविश्वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका भेटी त्यहाँका प्रभुका जनहरूका निम्ति स्वीकार्य होस्,
Pray that I may be rescued from those in Judea who refuse to believe and that my ministry to Jerusalem may be acceptable to the saints,
32 ताकि म परमेश्वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ।
so that I may come to you in joy by the will of God and be refreshed together with you.
33 शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून्! आमेन।
May the God of peace be with you all. Amen.