< भजनसंग्रह 136 >
1 याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ।
2 देवताहरूका परमेश्वरलाई धन्यवाद देओ;
3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ:
4 उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्भुत कार्यहरू गर्नुहुन्छ;
5 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्टि गर्नुभयो;
6 उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो;
7 उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो;
8 उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो;
9 उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो;
10 उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो;
11 र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो;
12 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हात र पराक्रमी पाखुराले तिनीहरूलाई निकालेर ल्याउनुभयो;
13 उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो;
14 उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो;
15 उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो;
16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्याउनुभयो;
17 उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो;
18 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो;
19 उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो;
20 उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो;
21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो;
22 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।
23 उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो;
24 उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो।
25 उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ।
26 स्वर्गका परमेश्वरलाई धन्यवाद देओ;