< भजनसंग्रह 125 >

1 आरोहणको गीत। याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्। 2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ। 3 धर्मीहरूलाई छुट्ट्याइएको देशमा, दुष्‍टहरूको राजदण्ड रहनेछैन। नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउलान्। 4 हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्; तिनीहरूलाई, जसका हृदय सोझो छन्। 5 तर खराब मार्गतिर जो फर्कन्छन्, याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ। इस्राएलमाथि शान्ति कायम रहोस्!

< भजनसंग्रह 125 >