< भजनसंग्रह 114 >
1 जब इस्राएलीहरू इजिप्टबाट निस्किआए, जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,
2 तब यहूदा परमेश्वरको पवित्रस्थान, अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।
3 त्यो देखेर लाल समुद्र भाग्यो; यर्दन नदी पछिल्तिर फर्कियो;
4 पर्वतहरू भेडाहरूझैँ, डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।
5 हे समुद्र, तँ किन भागिस्? हे यर्दन, तँ किन पछि फर्किस्?
6 हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो, तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?
7 हे पृथ्वी, प्रभुको सामु, याकोबका परमेश्वरको सामु थरथरी काम्;
8 जसले चट्टानलाई पानीका तलाउमा, कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।