< नहेम्याह 7 >

1 पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ। 2 मैले आफ्नो भाइ हनानीलाई किल्‍लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्‍वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्‍वरको भय धेरै मान्‍ने गर्थे। 3 मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्‍नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।” 4 अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन। 5 यसकारण मेरा परमेश्‍वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ: 6 बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। 7 तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के। 8 परोशका सन्तानहरू 2,172 जना; 9 शपत्याहका सन्तानहरू 372 जना; 10 अराहका सन्तानहरू 652 जना। 11 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना; 12 एलामका सन्तान 1,254 जना; 13 जत्तूका सन्तान 845 जना; 14 जक्‍कैका सन्तान 760 जना; 15 बिन्‍नूईका सन्तान 648 जना; 16 बेबैका सन्तान 628 जना; 17 अज्गादका सन्तान 2,322 जना; 18 अदोनीकामका सन्तान 667 जना; 19 बिग्वैका सन्तान 2,067 जना; 20 आदीनका सन्तान 655 जना; 21 आतेरका सन्तान (हिजकियाबाट) 98 जना; 22 हाशूमका सन्तान 328 जना; 23 बेजैका सन्तान 324 जना; 24 हारीपका सन्तान 112 जना; 25 गिबोनका सन्तान 95 जना। 26 बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना; 27 अनातोतका मानिसहरू 128 जना; 28 बेथ-अज्मावेतका मानिसहरू 42 जना; 29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना; 30 रामा र गेबाका मानिसहरू 621 जना; 31 मिकमाशका मानिसहरू 122 जना; 32 बेथेल र ऐका मानिसहरू 123 जना; 33 अर्को नेबोका मानिसहरू 52 जना; 34 अर्को एलामका मानिसहरू 1,254 जना; 35 हारीमका मानिसहरू 320 जना; 36 यरीहोका मानिसहरू 345 जना; 37 लोद, हादीद र ओनोका मानिसहरू 721 जना; 38 सेनाहका मानिसहरू 3,930 जना। 39 पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना; 40 इम्मेरको परिवारबाट 1,052 जना; 41 पशहूरको परिवारबाट 1,247 जना; 42 हारीमको परिवारबाट 1,017 जना। 43 लेवीहरू: येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना। 44 गायकहरू: आसापका सन्तानहरू 148 जना। 45 मन्दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्मोन, अक्‍कूब, हतीता र शोबैका सन्तानहरू 138 जना। 46 मन्दिरका सेवकहरू: तिनीहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत, 47 केरोस, सीआ, पादोन, 48 लेबाना, हागाबा, शल्मै, 49 हानान्, गिद्देल, गहर, 50 रायाह, रसीन, नकोदा, 51 गज्जाम, उज्जा, पसेह, 52 बेसै, मोनीम, नेपुसीम, 53 बक्बूक, हकूपा, हरहूर, 54 बस्लूत, महीदा, हर्शा, 55 बर्कोस, सीसरा, तेमह, 56 नसीह र हतीपा। 57 सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परीदा, 58 याला, दर्कोन, गिद्देल, 59 शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू। 60 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना। 61 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्: 62 दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना। 63 पुजारीहरूमध्येबाट: होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)। 64 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। 65 यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए। 66 सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो। 67 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए। 68 उनीहरूसित 736 घोडाहरू, 245 खच्‍चरहरू, 69 435 ऊँटहरू र 6,720 गधाहरू थिए। 70 परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए। 71 परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक सुन, र 2,200 मीना चाँदी दिए। 72 बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए। 73 पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले। सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।

< नहेम्याह 7 >