< इयोब 25 >

1 तब बिल्दद शुहीले जवाफ दिए: 2 “प्रभुत्व र श्रद्धा परमेश्‍वरकै हुन्; उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ। 3 के उहाँका सेनाहरूलाई गन्‍न सकिन्छ? उहाँको ज्योति कसमाथि पर्दैन र? 4 त्यसो भए कसरी मरणशील मानिस परमेश्‍वरको अगि धर्मी हुन सक्छ? स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र? 5 उहाँको दृष्‍टिमा त चन्द्रमा पनि चहकिलो छैन, र ताराहरू पनि शुद्ध छैनन् भने, 6 मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो— परमेश्‍वरको दृष्‍टिमा मानिस जाति किरा मात्रै हो!”

< इयोब 25 >