< यर्मिया 50 >

1 बेबिलोन र बेबिलोनीहरूको देशको विषयमा यर्मिया अगमवक्ताद्वारा याहवेहले बोल्नुभएको वचन यही हो:
النُّبُوءَةُ الَّتِي قَضَى بِها الرَّبُّ عَلَى بَابِلَ وَعَلَى بِلادِ الْكَلْدَانِيِّينَ عَلَى لِسَانِ إِرْمِيَا النَّبِيِّ:١
2 “राष्ट्रहरू बीचमा सूचना दे, र घोषणा गर्; झण्डा उठाएर यो घोषणा गर्; केही कुरा नलुकाई भनिदे, ‘बेबिलोन कब्जा गरिनेछ; बेल शर्ममा पर्नेछ, मारोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, र त्यसका मूर्तिहरू त्रासले भरिनेछन्।’
«أَذِيعُوا بَيْنَ الأُمَمِ، وَأَعْلِنُوا. انْصِبُوا الرَّايَةَ وَخَبِّرُوا. لَا تَكْتُمُوا. قُولُوا: قَدْ تَمَّ الاسْتِيْلاءُ عَلَى بَابِلَ وَلَحِقَ بِبِيلَ الْعَارُ وَتَحَطَّمَ مَرُودَخُ. خَرِبَتْ أَصْنَامُهَا وَانْسَحَقَتْ أَوْثَانُهَا.٢
3 उत्तर दिशाबाट एउटा राष्ट्रले त्यसलाई आक्रमण गर्नेछ, र त्यसलाई उजाड पारिदिनेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; मानिसहरू र पशुहरू दुवै भागेर जानेछन्।
لأَنَّ أُمَّةً مِنَ الشِّمَالِ قَدْ زَحَفَتْ عَلَيْهَا لِتَجْعَلَ أَرْضَهَا مَهْجُورَةً. شَرَدَ مِنْهَا النَّاسُ وَالْبَهَائِمُ جَمِيعاً.٣
4 “ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलका र यहूदाका मानिसहरू एकसाथ याहवेह तिनीहरूका परमेश्‍वरलाई खोज्न रुँदै जानेछन्।
وَفِي تِلْكَ الأَيَّامِ، يَقُولُ الرَّبُّ، يَتَوَافَدُ أَبْنَاءُ إِسْرَائِيلَ وَأَبْنَاءُ يَهُوذَا مَعاً. يَبْكُونَ فِي سَيْرِهِمْ وَيَلْتَمِسُونَ الرَّبَّ إِلَهَهُمْ.٤
5 तिनीहरूले सियोन जाने बाटो सोध्नेछन् र आफ्ना अनुहार त्यस दिशातिर फर्काउनेछन्। तिनीहरू आउनेछन् र आफूलाई अनन्तको करारमा याहवेहसँग बाँध्नेछन्, जुन कहिल्यै बिर्सिइनेछैन।
يَسْأَلُونَ عَنِ الطَّرِيقِ إِلَى صِهْيَوْنَ، وَيَتَوَجَّهُونَ إِلَيْهَا قَائِلِينَ: هَلُمَّ نَنْضَمُّ إِلَى الرَّبِّ بِعَهْدٍ أَبَدِيٍّ لَا يُنْسَى.٥
6 “मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोतिर लगाएका छन्, र पर्वततिर डुलिहिँड्ने बनाइदिएका छन्। तिनीहरू डाँडा र पहाडतिर बरालिएका छन्, र तिनीहरूले आफ्ना बासस्थानलाई बिर्सेका छन्।
إِنَّ شَعْبِي كَغَنَمٍ ضَالَّةٍ، أَضَلَّهُمْ رُعَاتُهُمْ، وَشَرَّدُوهُمْ عَلَى الْجِبَالِ، فَتَاهُوا مَا بَيْنَ الْجَبَلِ وَالتَّلِّ وَنَسَوْا مَرْبَضِهُمْ.٦
7 जजसले तिनीहरूलाई भेट्टाए, तिनीहरूलाई निले; तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौँ; किनकि तिनीहरूले याहवेह, तिनीहरूको साँचो खर्क, याहवेह, तिनीहरूका पितापुर्खाहरूका आशाको विरुद्धमा पाप गरेका छन्।’
كُلُّ مَنْ وَجَدَهُمُ افْتَرَسَهُمْ، وَقَالَ أَعْدَاؤُهُمْ: لَا ذَنْبَ عَلَيْنَا لأَنَّهُمْ هُمُ الَّذِينَ أَخْطَأُوا فِي حَقِّ الرَّبِّ الَّذِي هُوَ مَلاذُهُمُ الْحَقُّ، وَرَجَاءُ آبَائِهِمْ.٧
8 “बेबिलोनबाट भाग, बेबिलोनीहरूको देशलाई छोडेर भाग; अनि बगाललाई बाटो देखाउने बाख्राहरूजस्तै होओ।
اهْرُبُوا مِنْ وَسَطِ بَابِلَ وَاخْرُجُوا مِنْ دِيَارِ الْكَلْدَانِيِّينَ وَكُونُوا كَالتُّيُوسِ أَمَامَ قَطِيعِ الْغَنَمِ.٨
9 किनकि हेर, म उत्तरको देशबाट महान् जातिहरूको जमातलाई सुर्‍याएर बेबिलोनको विरुद्धमा ल्याउनेछु। तिनीहरू त्यसको विरुद्धमा युद्धको निम्ति तयार हुनेछन्; अनि उत्तर दिशाबाट त्यसलाई कब्जा गर्नेछन्। तिनीहरूका काँडहरू सिपालु योद्धाहरूजस्ता हुनेछन्, जो रित्तो हात फर्कँदैनन्।
فَهَا أَنَا أُثِيرُ وَأَجْلِبُ عَلَى بَابِلَ حُشُودَ أُمَمٍ عَظِيمَةٍ مِنْ أَرْضِ الشِّمَالِ فَيَصْطَفُّونَ عَلَيْهَا، وَيَسْتَوْلُونَ عَلَيْهَا مِنَ الشِّمَالِ، وَتَكُونُ سِهَامُهُمْ كَجَبَّارٍ مُتَمَرِّسٍ لَا يَرْجِعُ فَارِغاً،٩
10 यसरी बेबिलोनिया लुटिनेछ; बेबिलोनलाई लुट्नेहरू सबैसँग प्रशस्त हुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ।
فَتُصْبِحُ أَرْضُ الْكَلْدَانِيِّينَ غَنِيمَةً، وَكُلُّ مَنْ يَسْلُبُهَا يُتْخَمُ، يَقُولُ الرَّبُّ.١٠
11 “मेरो उत्तराधिकारलाई लुट्ने तिमीहरू, आनन्दित भएर खुशी मनाएको कारण तिमीहरू अन्‍न दाइँ गर्दा खलामा हर्षले उफ्रने कोरलीजस्तै रमाएको कारण र घोडाजस्तै तिमीहरू हिनहिनाएको कारण,
لأَنَّكُمْ تَبْتَهِجُونَ وَتَطْفُرُونَ غِبْطَةً يَا نَاهِبِي شَعْبِي، وَتَمْرَحُونَ كَعِجْلَةٍ فَوْقَ الْعُشْبِ وَتَصْهِلُونَ كَالْخَيْلِ.١١
12 तिमीहरूकी आमा ठूलो शर्ममा पर्नेछे; तिमीहरूलाई जन्म दिने आमा अपमानित हुनेछे। त्यो राष्ट्रहरूमा सबैभन्दा सानो हुनेछे— एउटा उजाडस्थान, रुखो जमिन र मरुभूमिजस्तै हुनेछे।
فَإِنَّ أُمَّكُمْ قَدْ لَحِقَهَا الْخِزْيُ الشَّدِيدُ وَانْتَابَهَا الْخَجَلُ. هَا هِيَ تُضْحِي أَقَلَّ الشُّعُوبِ، وَأَرْضُهَا تَصِيرُ قَفْراً جَافّاً وَصَحْرَاءَ.١٢
13 याहवेहको रिसको कारण त्यसमा कोही बसोबास गर्नेछैन, तर पूर्ण रूपमा सदाको निम्ति उजाड हुनेछ। बेबिलोनबाट भएर जानेहरू सबै चकित हुनेछन्; तिनीहरूले त्यसका चोटहरूमा खिसी गर्नेछन्।
وَتَظَلُّ بِأَسْرِهَا مَهْجُورَةً وَخَرِبَةً، كُلُّ مَنْ يَمُرُّ بِبَابِلَ يُصِيبُهُ الذُّعْرُ وَيَصْفَرُ دَهْشَةً لِمَا ابْتُلِيَتْ بِهِ مِنْ نَكْبَاتٍ، لأَنَّهَا أَثَارَتْ غَضَبَ الرَّبِّ.١٣
14 “हे सबै धर्नुधारीहरू हो, बेबिलोनको चारैतिर मोर्चा बाँध। त्यसलाई हान! एउटै काँड बाँकी नरहने गरी हान; किनकि त्यसले याहवेहको विरुद्धमा पाप गरेकी छे।
اصْطَفُّوا عَلَى بَابِلَ مِنْ كُلِّ نَاحِيَةٍ يَا جَمِيعَ مُوَتِّرِي الأَقْوَاسِ. ارْمُوا السِّهَامَ وَلا تُبْقُوا مِنْهَا سَهْماً وَاحِداً، لأَنَّهَا قَدْ أَخْطَأَتْ فِي حَقِّ الرَّبِّ.١٤
15 त्यसको विरुद्धमा चारैतिर युद्धको निम्ति कराओ! त्यसले आत्मसमर्पण गर्नेछे र त्यसका धरहराहरू ढल्नेछन्; त्यसका पर्खालहरू भत्काएर ढालिनेछन्। किनकि योचाहिँ याहवेहको बदला हो। त्यससँग बदला लेओ; त्यसले अरूलाई जस्तो गरेकी छे, त्यससँग पनि त्यस्तै गर।
أَطْلِقُوا هُتَافَ الْحَرْبِ عَلَيْهَا مِنْ كُلِّ جَانِبٍ، فَقَدِ اسْتَسْلَمَتْ وَانْهَارَتْ أُسُسُهَا، وَتَقَوَّضَتْ أَسْوَارُهَا، لأَنَّ هَذَا هُوَ انْتِقَامُ الرَّبِّ، فَاثْأَرُوا مِنْهَا، وَعَامِلُوهَا بِمِثْلِ مَا عَامَلَتْكُمْ.١٥
16 बेबिलोनबाट छर्नेहरूलाई, र फसलमा हँसिया लिएर कटनी गर्नेहरूलाई नाश गर। आक्रमणकारीहरूका तरवारको कारण हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्किएर जाऊन्, र हरेक व्यक्ति आफ्नै देशमा भागेर जाऊन्।
اسْتَأْصِلُوا الزَّارِعَ مِنْ بَابِلَ وَالْحَاصِدَ بِالْمِنْجَلِ فِي مَوْسِمِ الْحَصَادِ إِذْ يَرْجِعُ كُلُّ وَاحِدٍ إِلَى قَوْمِهِ، وَيَهْرُبُ إِلَى أَرْضِهِ فِرَاراً مِنْ سَيْفِ الْعَاتِي.١٦
17 “इस्राएल सिंहले खेदेर छरपस्ट भएको भेडाको बगालजस्तै छ। तिनीहरूलाई निल्ने पहिलो सिंहचाहिँ अश्शूरको राजा थियो; तिनीहरूको हड्डी चुर-चुर पार्ने अन्तिम सिंहचाहिँ बेबिलोनको राजा नबूकदनेसर थियो।”
إِسْرَائِيلُ قَطِيعُ غَنَمٍ مُتَشَتِّتٌ، طَرَدَتْهُ الأُسُودُ. كَانَ مَلِكُ أَشُّورَ أَوَّلَ مَنِ افْتَرَسَهُ، وَنَبُوخَذْنَصَّرُ آخِرَ مَنْ هَشَّمَ عِظَامَهُ.١٧
18 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “अश्शूरको राजालाई मैले दण्ड दिएझैँ, बेबिलोनको राजा र त्यसको देशलाई पनि म दण्ड दिनेछु।
لِذَلِكَ هَذَا مَا يُعْلِنُهُ الرَّبُّ الْقَدِيرُ إِلَهُ إِسْرَائِيلَ: هَا أَنَا أُعَاقِبُ مَلِكَ بَابِلَ وَأَرْضَهُ. كَمَا عَاقَبْتُ مَلِكَ أَشُّورَ مِنْ قَبْلُ.١٨
19 तर म इस्राएललाई तिनीहरूको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु; अनि त्यो कर्मेल र बाशानमा चर्नेछ; तिनीहरूको भोक एफ्राइम र गिलादका पहाडहरूमा तृप्‍त हुनेछ।
وَأَرُدُّ إِسْرَائِيلَ إِلَى مَرْتَعِهِ، فَيَرْعَى فِي الْكَرْمَلِ وَفِي بَاشَانَ، وَتَشْبَعُ نَفْسُهُ فِي جَبَلِ أَفْرَايِمَ وَجِلْعَادَ.١٩
20 ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलको अपराध खोजिनेछ, तर त्यहाँ एउटै पनि पाइनेछैन; अनि यहूदाका पापहरू पनि खोजिनेछ, तर केही पनि फेला पर्नेछैन; किनकि मैले बचाइराखेको बाँकी मानिसहरूलाई म क्षमा गर्नेछु।
وَفِي ذَلِكَ الزَّمَانِ وَالأَوَانِ، يَقُولُ الرَّبُّ، يُلْتَمَسُ إِثْمُ إِسْرَائِيلَ فَلا يُوْجَدُ، وَخَطِيئَةُ يَهُوذَا فَلا تَكُونُ، لأَنِّي أَعْفُو عَمَّنْ أَبْقَيْتُهُ مِنْهُمَا.٢٠
21 “मरातैमको देशलाई र पेकोदमा बस्‍नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार र सम्पूर्ण रूपले नष्‍ट गर,” याहवेह घोषणा गर्नुहुन्छ। मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पूरा गर।
ازْحَفْ عَلَى أَرْضِ مِيَراثَايِمَ (وَمَعْنَاهُ: الْمُفْرِطُ فِي التَّمَرُّدِ)، وَعَلَى الْمُقِيمِينَ فِي فَقُودَ (وَمَعْنَاهُ: الْعِقَابُ). خَرِّبْ، وَدَمِّرْ وَرَاءَهُمْ، يَقُولُ الرَّبُّ وَافْعَلْ كُلَّ مَا آمُرُكَ بِهِ.٢١
22 देशमा युद्धको हल्‍ला सुनिँदैछ, ठूलो विनाशको होहल्‍ला भएको छ!
قَدْ عَلَتْ جَلَبَةُ الْقِتَالِ فِي الأَرْضِ. صَوْتُ تَحْطِيمٍ عَظِيمٍ.٢٢
23 हेर, सारा पृथ्वीको घन बेबिलोन कसरी टुक्रिएकी छे र चकनाचुर भएकी छे! राष्ट्रहरूका बीचमा बेबिलोन कति उजाड भएकी छे!
كَيْفَ تَكَسَّرَتْ وَتَحَطَّمَتْ بَابِلُ، مِطْرَقَةُ الأَرْضِ كُلِّهَا؟ كَيْفَ أَصْبَحَتْ بَابِلُ مَثَارَ دَهْشَةٍ عِنْدَ الأُمَمِ؟٢٣
24 हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु; अनि तैँले थाहा पाउन अगि नै तँ पासोमा परिसकेकी छेस्; तँ फेला परिस् र कब्जामा परिस्; किनकि तँ याहवेहको विरोधमा खडा भइस्।
قَدْ نَصَبْتُ الشَّرَكَ فَوَقَعْتِ فِيهِ، يَا بَابِلُ، مِنْ غَيرِ أَنْ تَشْعُرِي بِهِ. قَدْ وُجِدْتِ وَقُبِضَ عَلَيْكِ، لأَنَّكِ خَاصَمْتِ الرَّبَّ.٢٤
25 याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ; किनकि प्रभु सेनाहरूका याहवेहले बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ।
قَدْ فَتَحَ الرَّبُّ مَخْزَنَ سِلاحِهِ، وَأَخْرَجَ آلاتِ سُخْطِهِ، لأَنَّهُ مَا بَرِحَ لِلسَّيِّدِ الرَّبِّ الْقَدِيرِ عَمَلٌ يُنْجِزُهُ فِي دِيَارِ الْكَلْدَانِيِّينَ.٢٥
26 टाढा देशबाट बेबिलोनको विरुद्धमा आओ। त्यसका अन्‍नका भण्डारहरू भत्काइदेओ; बेबिलोनलाई अन्‍नको थुप्रोझैँ थुपारी देओ। त्यसलाई पूर्ण रूपमा नाश गरिदेओ, र त्यसको लागि कसैलाई बाँकी नराख।
ازْحَفُوا عَلَيْهَا مِنْ أَقَاصِي الأَرْضِ، وَافْتَحُوا أَهْرَاءَهَا، وَكَوِّمُوهَا أَعْرَاماً وَاقْضُوا عَلَيْهَا قَاطِبَةً وَلا تَتْرُكُوا مِنْهَا بَقِيَّةً.٢٦
27 त्यसका सबै जवान साँढेहरूलाई मारिदेओ; तिनीहरू काटिने ठाउँमा जाऊन्! तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरूको समय आएको छ; तिनीहरूको दण्डको समय आएको छ।
اذْبَحُوا جَمِيعَ ثِيرَانِهَا، أَحْضِرُوهَا لِلذَّبْحِ. وَيْلٌ لَهُمْ لأَنَّ يَوْمَ مَوْعِدِ عِقَابِهِمْ قَدْ حَانَ.٢٧
28 बेबिलोनबाट भाग्नेहरू र शरण लिने मानिसहरूले सियोन पर्वतमा घोषणा गरिरहेका छन्, सो कुरा सुन, “याहवेह हाम्रा परमेश्‍वरले बेबिलोनीहरूलाई उहाँको मन्दिर भत्काएको कारण उहाँले कसरी बदला लिनुभएको छ।
اسْمَعُوا! هَا جَلَبَةُ الْفَارِّينَ النَّاجِينَ مِنْ دِيَارِ بَابِلَ لِكَيْ يُذِيعُوا فِي صِهْيَوْنَ أَنْبَاءَ انْتِقَامِ الرَّبِّ إِلَهِنَا وَالثَّأْرِ لِهَيْكَلِهِ.٢٨
29 “धनुकाँड चलाउन सक्ने सबै सिपालु धनुर्धारीहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ। त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ; एउटै पनि भाग्न नपाओस्। त्यसले गरेका कामहरूको बदला लेओ; त्यसले जस्तो गरेकी छे, त्यसलाई त्यस्तै व्यवहार गर। किनकि त्यसले इस्राएलका याहवेह पवित्र परमेश्‍वरलाई घमण्डसाथ अवहेलना गरेकी छे।
اسْتَدْعُوا إِلَى بَابِلَ رُمَاةَ السِّهَامِ، جَمِيعَ مُوَتِّرِي الْقِسِيِّ. عَسْكِرُوا حَوْلَهَا فَلا يُفْلِتَ مِنْهَا أَحَدٌ. جَازُوهَا بِمُقْتَضَى أَعْمَالِهَا، وَاصْنَعُوا بِها كَمَا صَنَعَتْ بِكُمْ، لأَنَّهَا بَغَتْ عَلَى الرَّبِّ قُدُّوسِ إِسْرَائِيلَ.٢٩
30 यसकारण त्यसका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
لِذَلِكَ يُصْرَعُ شُبَّانُهَا فِي سَاحَاتِهَا، وَيَبِيدُ فِي ذَلِكَ الْيَوْمِ جَمِيعُ جُنُودِهَا، يَقُولُ الرَّبُّ.٣٠
31 “हेर, हे अहङ्कारी बेबिलोन, म तेरो विरुद्धमा छु,” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ; “किनकि तेरो दिन आएको छ, तेरो दण्ड पाउने समय आएको छ।
هَا أَنَا أُقَاوِمُكِ أَيَّتُهَا الْمُتَغَطْرِسَةُ، يَقُولُ الرَّبُّ الْقَدِيرُ، لأَنَّ يَوْمَ إِدَانَتِكِ وَتَنْفِيذِ الْعِقَابِ فِيكِ قَدْ حَانَ،٣١
32 त्यो अहङ्कारी बेबिलोन ठक्‍कर खाएर लड्नेछे, र त्यसलाई कसैले पनि उठ्न सहायता गर्नेछैन; म त्यसका सहरहरूमा आगो लगाइदिनेछु, र त्यस आगोले त्यसका चारैतिर भएका अहङ्कारीहरू सबैलाई भस्म पारिदिनेछ।”
فَيَتَعَثَّرُ الْمُتَغَطْرِسُ وَيَكْبُو وَلا يُوْجَدُ مَنْ يُنْهِضُهُ، وَأُضْرِمُ نَاراً فِي مُدُنِهِ فَتَلْتَهِمُ مَا حَوْلَهُ».٣٢
33 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका मानिसहरू थिचोमिचोमा परेका छन्; अनि यहूदाका मानिसहरू पनि थिचोमिचोमा छन्। तिनीहरू दुवैलाई कैद गरेर लैजानेहरू सबैले तिनीहरू दुवैलाई छोडिदिन इन्कार गर्छन्।
وَهَذَا مَا يُعْلِنُهُ الرَّبُّ الْقَدِيرُ: «قَدْ وَقَعَ الظُّلْمُ عَلَى شَعْبِ إِسْرَائِيلَ وَعَلَى شَعْبِ يَهُوذَا، وَجَمِيعُ الَّذِينَ سَبَوْهُمْ تَشَبَّثُوا بِهِمْ وَأَبَوْا أَنْ يُطْلِقُوهُمْ.٣٣
34 तापनि तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो। उहाँले तिनीहरूको पक्षमा लड्नुहुनेछ, ताकि उहाँले पृथ्वीमा भएका सबै मानिसहरूमाथि शान्ति ल्याउनुहुनेछ, तर बेबिलोनमा बस्‍ने मानिसहरूमा चाहिँ अशान्ति ल्याउनुहुनेछ।
غَيْرَ أَنَّ فَادِيَهُمْ قَوِيٌّ، الرَّبُّ الْقَدِيرُ اسْمُهُ، وَهُوَ حَتْماً يُدَافِعُ عَنْ قَضِيَّتِهِمْ لِكَيْ يُشِيعَ رَاحَةً فِي الأَرْضِ وَيُقْلِقَ أَهْلَ بَابِلَ.٣٤
35 “बेबिलोनीहरूको विरुद्धमा एउटा तरवार परेको छ!” याहवेह घोषणा गर्नुहुन्छ— “बेबिलोनमा बस्‍ने मनिसहरूको विरुद्धमा, त्यसका अधिकारीहरू र बुद्धिमान् मानिसहरूको विरुद्धमा!
هَا سَيْفٌ عَلَى الْكَلْدَانِيِّينَ»، يَقُولُ الرَّبُّ، «وَعَلَى أَهْلِ بَابِلَ، وَعَلَى أَشْرَافِهَا، وَعَلَى حُكَمَائِهَا.٣٥
36 तिनीहरूका झूटा अगमवक्ताहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूको विरुद्धमा तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्।
هَا سَيْفٌ عَلَى عَرَّافِيهَا، فَيُصْبِحُونَ حَمْقَى. وَهَا سَيْفٌ عَلَى مُحَارِبِيهَا، فَيَمْتَلِئُونَ رُعْباً.٣٦
37 त्यसका घोडाहरू, रथहरू र त्यसका साथमा रहेका सबै विदेशीहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू स्त्रीहरूझैँ दुर्बल हुनेछन्। तिनीहरूका धनका भण्डारहरूको विरुद्धमा तरवार परेको छ! ती धनका भण्डारहरू लुटिनेछन्।
هَا سَيْفٌ عَلَى خَيْلِهَا، وَعَلَى مَرْكَبَاتِهَا، وَعَلَى فِرَقِ مُرْتَزَقَتِهَا، فَيَصِيرُونَ كَالنِّسَاءِ. هَا سَيْفٌ عَلَى كُنُوزِهَا فَتُنْهَبُ.٣٧
38 देशका पानीका मुहानहरूमा खडेरी परोस्! त्यसका नदीहरू सबै सुकोस्। किनकि बेबिलोन मूर्तिहरूको देश हो, ती मूर्तिहरूले मानिसहरूलाई त्रसित बनाएका छन्।
هَا الْحَرُّ عَلَى مِيَاهِهَا فَيُصِيبُهَا الْجَفَافُ لأَنَّهَا أَرْضُ أَصْنَامٍ، وَقَدْ أُولِعَ أَهْلُهَا بِالأَوْثَانِ.٣٨
39 “यसकारण त्यहाँ मरुभूमिका जङ्गली जनावर र हुँडारहरू बस्‍नेछन्; अनि त्यहाँ उल्‍लुहरू बास गर्नेछन्। त्यहाँ फेरि पुस्तादेखि पुस्तासम्म, मानिसहरूले फेरि कहिल्यै बास बस्‍नेछैनन्।
لِذَلِكَ يَسْكُنُهَا وَحْشُ الْقَفْرِ مَعَ بَنَاتِ آوَى، وَتَأْوِي إِلَيْهَا رِعَالُ النَّعَامِ، وَتَظَلُّ مَهْجُورَةً إِلَى الأَبَدِ، غَيْرَ آهِلَةٍ بِالسُّكَّانِ إِلَى مَدَى الدَّهْرِ.٣٩
40 जसरी मैले सदोम र गमोरालाई तिनीहरूका चारैतिरका सहरहरूसितै नाश गरेँ,” याहवेह घोषणा गर्नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि मानिस बास बस्‍नेछैन; त्यहाँ कुनै मानव-जाति बसोबास गर्नेछैन।
وَكَمَا قَلَبَ اللهُ سَدُومَ وَعَمُورَةَ وَمَا جَاوَرَهُمَا، هَكَذَا لَنْ يَسْكُنَ فِيهَا أَحَدٌ أَوْ يُقِيمَ فِيهَا إِنْسَانٌ».٤٠
41 “हेर! उत्तरबाट एक दल सेना आउँदैछ; पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई र धेरै राजाहरूलाई सुर्‍याइरहेको छ।
هَا شَعْبٌ مُقْبِلٌ مِنَ الشِّمَالِ، أُمَّةٌ عَظِيمَةٌ وَلَفِيفٌ مِنَ الْمُلُوكِ قَدْ هَبُّوا مِنْ أَقَاصِي الأَرْضِ.٤١
42 तिनीहरू धनु र भालाहरूले सुसज्जित छन्; तिनीहरू निष्‍ठुर र निर्दयी छन्। तिनीहरू आ-आफ्ना घोडाहरूमा सवार गर्दा तिनीहरूको घोडसवारको आवाज समुद्रको गर्जनझैँ सुनिन्छ; हे बेबिलोनकी छोरी, तिनीहरूले तिमीहरूलाई आक्रमण गर्न आउँदा लडाइँको मोर्चा बाँधेर तिनीहरू मानिसहरूझैँ आउनेछन्।
يُمْسِكُونَ بِالْقِسِيِّ وَيَتَقَلَّدُونَ بِالرِّمَاحِ. قُسَاةٌ لَا يَعْرِفُونَ الرَّحْمَةَ، جَلَبَتُهُمْ كَهَدِيرِ الْبَحْرِ، يَمْتَطُونَ الْخَيْلَ وَقَدِ اصْطَفُّوا كَرَجُلٍ وَاحِدٍ لِمُحَارَبَتِكِ يَا بِنْتَ بَابِلَ.٤٢
43 बेबिलोनको राजाले तिनीहरूको बारेमा खबर सुनेको छ; अनि त्यसका हातहरू लल्याकलुलुक भएका छन्। प्रसव-वेदनामा परेकी स्त्रीलाई जस्तै पीडाले त्यसलाई पक्रेको छ।
قَدْ بَلَغَ خَبَرُهُمْ مَلِكَ بَابِلَ فَاسْتَرْخَتْ يَدُهُ وَانْتَابَتْهُ الضِّيقَةُ وَوَجَعُ امْرَأَةٍ فِي مَخَاضِهَا.٤٣
44 हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ म निस्कनेछु, र म बेबिलोनलाई झट्टै त्यसकै देशबाट खेद्नेछु; यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? कसले मलाई चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”
انْظُرْ، هَا هُوَ يَنْقَضُّ عَلَيْهَا كَمَا يَنْقَضُّ أَسَدٌ مِنْ أَجَمَاتِ نَهْرِ الأُرْدُنِّ، هَكَذَا وَفِي لَحْظَةٍ أَطْرُدُهُمْ مِنْهَا، وَأُوَلِّي عَلَيْهَا مَنْ أَخْتَارُهُ لأَنَّهُ مَنْ هُوَ نَظِيرِي؟ وَمَنْ يُحَاكِمُنِي؟ وَأَيُّ رَاعٍ يَقْوَى عَلَى مُوَاجَهَتِي؟٤٤
45 यसकारण बेबिलोनको विरुद्धमा याहवेहले जे योजना गर्नुभएको छ, उहाँले बेबिलोनीहरूको देशको विरुद्धमा जे उद्देश्य राख्नुभएको छ, सुन: बगालका कलिला बालबालिकाहरू तानेर लगिनेछन्; तिनीहरूका खर्कहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।
لِذَلِكَ اسْمَعُوا مَا خَطَّطَهُ الرَّبُّ ضِدَّ بَابِلَ، وَمَا دَبَّرَهُ ضِدَّ دِيَارِ الْكَلْدَانِيِّينَ. هَا صِغَارُهُمْ يُجَرُّونَ جَرّاً، وَيَخْرِبُ مَسَاكِنَهُمْ عَلَيْهِمْ.٤٥
46 बेबिलोन कब्जा गरिएको आवाजले पृथ्वी थरथर काँप्‍नेछ; तिनीहरूको चीत्कार राष्ट्रहरूका बीचमा गुञ्जिनेछ।
مِنْ دَوِيِّ أَصْدَاءِ سُقُوطِ بَابِلَ تَرْجُفُ الأَرْضُ، وَيَتَرَدَّدُ صُرَاخُهَا بَيْنَ الأُمَمِ.٤٦

< यर्मिया 50 >