< याकोब 3 >

1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ; किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ।
Not many of you should become teachers, my brothers, because you know that we who teach will be judged more strictly.
2 हामी धेरै प्रकारले ठक्‍कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।
For we all stumble in many ways. If anyone does not stumble in what he says, he is a perfect man, able to bridle his entire body as well.
3 जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ।
Behold, we put bits into the mouths of horses so that they will obey us, and we guide their entire bodies.
4 अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ।
Or take ships for example, though they are so large and driven by fierce winds, they are guided by a very small rudder wherever the inclination of the pilot directs.
5 त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर।
In the same way, the tongue is a small member, yet it makes great boasts. Consider how great a forest a little fire kindles.
6 जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ। (Geenna g1067)
And the tongue is a fire. The tongue is placed among our members as a world of unrighteousness, staining the entire body, setting the course of life on fire, and itself being set on fire by hell. (Geenna g1067)
7 सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्;
Every species of beast, bird, reptile, and sea creature can be tamed and has been tamed by man,
8 तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्‍ट हो।
but no man can tame the tongue. It is an unruly evil, full of deadly poison.
9 जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्‍वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ।
With it we bless God our Father, and with it we curse men, who are made in God's likeness.
10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन।
Out of the same mouth come blessing and cursing. My brothers, this ought not to be so.
11 के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र?
Does a spring pour out fresh water and bitter water from the same opening?
12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्‌गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।
Can a fig tree, my brothers, produce olives, or a grapevine figs? In the same way, no spring can produce both salt water and fresh water.
13 तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्।
Who is wise and understanding among you? By his good conduct he should show that his works are done with the gentleness that comes from wisdom.
14 तर यदि तिमीहरू आफ्ना हृदयमा तितो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर।
But if you have bitter jealousy and selfish ambition in your hearts, do not boast or deny the truth.
15 यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानबाटको हो।
This is not the wisdom that comes down from above; rather, it is earthly, unspiritual, and demonic.
16 किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्‍ट कामहरू हुन्छन्।
For where there is jealousy and selfish ambition, there is disorder and every evil practice.
17 तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
But the wisdom from above is first pure, then peaceable, gentle, easily entreated, full of mercy and good fruits, impartial, and unhypocritical.
18 शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
And the fruit of righteousness is sown in peace by those who make peace.

< याकोब 3 >