< प्रस्थान 15 >
1 तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए: “म याहवेहको निम्ति गाउनेछु; किनकि उहाँ अति नै उच्च पारिनुभएको छ। घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।
Then Moses and the children of Israel sang this song to God, and said, "I will sing to the LORD, for he has triumphed gloriously. The horse and his rider he has thrown into the sea.
2 “याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ; उहाँ मेरा मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु; मेरा पिताका परमेश्वर, र म उहाँको नामलाई उच्च पार्नेछु।”
The LORD is my strength and my song, and he has become my salvation. This is my God, and I will praise him; my father's God, and I will exalt him.
3 याहवेह योद्धा हुनुहुन्छ; उहाँको नाम याहवेह हो।
The LORD is a warrior. The LORD is his name.
4 फारोका रथहरू र तिनका सेनालाई उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वोत्तम पदाधिकारीहरू लाल समुद्रमा डुबाइएका छन्।
Pharaoh's chariots and his army he hurled into the sea. His elite officers were drowned in the Red Sea.
5 गहिरा पानीले तिनीहरूलाई छोपिदिएका छन्; तिनीहरू ढुङ्गाझैँ गहिराइमा डुबेका छन्।
The depths covered them. They went down into the depths like a stone.
6 हे याहवेह, तपाईंको दाहिने हात, शक्तिमा गौरवशाली थियो। हे याहवेह, तपाईंको दाहिने हातले, शत्रुलाई चकनाचुर पारेको छ।
Your right hand, LORD, is glorious in power. Your right hand, LORD, shattered the enemy.
7 “तपाईंका गौरवको महानतामा तपाईंले विरोधीहरूलाई फ्याँकिदिनुभएको छ। तपाईंले आफ्नो क्रोधको ज्वाला पोख्नुभयो; जसले तिनीहरूलाई परालझैँ भस्म पार्यो।
In the greatness of your majesty you overthrew those who rise up against you. You sent forth your wrath. It consumed them like stubble.
8 तपाईंका नाकको सासको वेगले पानी एक ठाउँमा थुप्रो लाग्यो, तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए; गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो।
With the blast of your nostrils the waters piled up. The surging waters stood upright like a wall. The depths solidified in the heart of the sea.
9 शत्रुले घमण्ड गर्यो, ‘म तिनीहरूलाई खेद्नेछु, म तिनीहरूलाई भेट्नेछु। म लुटिएका सामानहरू बाँड्नेछु; म तिनीहरूलाई निल्नेछु। म आफ्नो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नाश पार्नेछु।’
The enemy said, 'I will pursue. I will overtake. I will divide the spoil. My desire shall be satisfied on them. I will draw my sword, my hand shall destroy them.'
10 तर तपाईंले आफ्नो सास फुक्नुभयो; र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो। तिनीहरू शक्तिशाली पानीमा सिसाझैँ डुबे।
You blew with your breath. The sea covered them. They sank like lead in the mighty waters.
11 हे याहवेह, देवी-देवताहरूमा तपाईंजस्तो को छ र? पवित्रतामा अति गौरवशाली, महिमामा भययोग्य, र अद्भुत कार्यहरू गर्नुहुने अरू को छ र?
Who is like you, LORD, among the gods? Who is like you, majestic in holiness, fearful in praises, working wonders?
12 “तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो; अनि पृथ्वीले हाम्रा शत्रुहरूलाई निलिहाल्यो।
You stretched out your right hand. The earth swallowed them.
13 तपाईंले आफ्नो अचुक प्रेममा, आफूले छुटाउनुभएका मानिसहरूलाई डोर्याउनुहुनेछ। तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ।
"In your loving kindness you will lead the people that you have redeemed. You will guide them by your strength to your holy dwelling.
14 जातिहरूले सुन्नेछन् र काँप्नेछन्; पलिश्तीहरूलाई वेदनाले पक्रनेछ।
When the peoples hear, they will tremble. Anguish will grip the inhabitants of Philistia.
15 एदोमका अगुवाहरू भयभीत हुनेछन्; मोआबका शक्तिशाली अगुवाहरू काँप्नेछन्; कनानका सारा मानिसहरू बिलाइजानेछन्;
Then the chiefs of Edom will be terrified. Trembling will seize the leaders of Moab. All the inhabitants of Canaan will melt away.
16 उनीहरूलाई आतङ्क र डरले छोप्नेछ। हे याहवेह, तपाईंका प्रजा पार नहोउन्जेल, तपाईंले किन्नुभएका यी प्रजा पार नहोउन्जेल— तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल हुनेछन्।
Terror and dread will fall on them. By the greatness of your arm they will be as still as a stone, until your people pass over, LORD, until the people pass over whom you have purchased.
17 तपाईंले तिनीहरूलाई भित्र ल्याउनुहुनेछ र तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— हे याहवेह, त्यो ठाउँ, जसलाई तपाईंले आफ्नो लागि वासस्थान बनाउनुभएको छ; त्यो समागम पालमा, हे प्रभु, जसलाई तपाईंका हातहरूले स्थापित गर्नुभएको छ।
You shall bring them in, and plant them in the mountain of your inheritance, the place, LORD, which you have made for yourself to dwell in; the sanctuary, LORD, which your hands have established.
18 “याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।”
The LORD shall reign forever and ever."
19 जब फारोका घोडा, रथ र घोडसवारहरू समुद्रभित्र पसे, तब याहवेहले समुद्रको पानी फर्काएर तिनीहरूमाथि ल्याइदिनुभयो; तर इस्राएलीहरू त समुद्रको बीचबाट ओबानो जमिनमाथि हिँडे।
For the horses of Pharaoh went in with his chariots and with his horsemen into the sea, and the LORD brought back the waters of the sea on them; but the children of Israel walked on dry land in the midst of the sea.
20 तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे।
Miriam the prophetess, the sister of Aaron, took a tambourine in her hand; and all the women went out after her with tambourines and with dances.
21 मिरियमले यसरी गीत गाउन थालिन्: “याहवेहका निम्ति गाओ; किनकि उहाँ अति उच्च पारिनुभएको छ। घोडा र त्यसको सवार दुवैलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
Miriam answered them, "Sing to the LORD, for he has triumphed gloriously. The horse and his rider he has thrown into the sea."
22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे।
Moses led Israel onward from the Red Sea, and they went out into the wilderness of Shur; and they went three days in the wilderness, and found no water.
23 जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।)
When they came to Marah, they couldn't drink from the waters of Marah, for they were bitter. Therefore its name was called Marah.
24 यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?”
The people murmured against Moses, saying, "What shall we drink?"
25 तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो।
Then he cried to the LORD. The LORD showed him a tree, and he threw it into the waters, and the waters were made sweet. There he made a statute and an ordinance for them, and there he tested them;
26 उहाँले भन्नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्टिमा जे ठिक छ, त्यही गर्यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।”
and he said, "If you will diligently listen to the voice of the LORD your God, and will do that which is right in his eyes, and will pay attention to his commandments, and keep all his statutes, I will put none of the diseases on you, which I have put on the Egyptians; for I am the LORD who heals you.
27 त्यसपछि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। तिनीहरूले त्यहीँ पानीको नजिक पाल टाँगे।
They came to Elim, where there were twelve springs of water, and seventy palm trees: and they camped there by the waters.