< दानिएल 1 >
1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र त्यसलाई घेरा हाले।
In the third year of the reign of Jehoiakim, the king of Judah, came Nebuchadnezzar, the king of Babylon, against Jerusalem, and besieged it.
2 अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे।
And the Lord gave Jehoiakim, the king of Judah, into his hand, with part of the vessels of the house of God; and he carried them into the land of Shinar, to the house of his god; and he brought the vessels into the treasure-house of his god.
3 त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे—
And the king commanded Ashpenaz, the master of his eunuchs, that he should bring certain of the sons of Israel of the king's race, and of the princes,
4 जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्ने थियो।
youths in whom was no blemish, and well favored, and skilful in all wisdom, and having knowledge and intelligence and strength, to stand as servants in the king's palace, and be taught the writing and the language of the Chaldaeans.
5 राजाले तिनीहरूलाई दैनिक भोजनका निम्ति राजाकै टेबुलबाट खाना र दाखमद्य दिनलाई आदेश दिएका थिए। तिनीहरूले तीन वर्षसम्म तालिम प्राप्त गर्नुपर्नेथियो; अनि त्यसपछि तिनीहरू राजाको सेवामा प्रवेश हुनुपर्नेथियो।
And the king appointed them a daily provision of the king's food, and of the wine which he drank; so nourishing them three years, that at the end thereof they might stand as servants before the king.
6 चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए।
Now among these were, of the sons of Judah, Daniel, Hananiah, Mishael, and Azariah.
7 प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।
And the prince of the eunuchs gave them other names. To Daniel he gave the name of Belteshazzar; and to Hananiah, of Shadrach; and to Mishael, of Meshach; and to Azariah, of Abednego.
8 तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे।
But Daniel purposed in his heart that he would not defile himself with the portion of the king's meat, nor with the wine which he drank; therefore he requested of the prince of the eunuchs that he might not defile himself.
9 परमेश्वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो;
And God gave Daniel favor and kindness from the prince of the eunuchs.
10 तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।”
And the prince of the eunuchs said to Daniel, I fear my lord the king, who hath appointed your meat and your drink; for he might see your faces in worse condition than the youths of your age; then shall ye make me endanger my head to the king.
11 तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने,
Then said Daniel to the steward whom the prince of the eunuchs had set over Daniel, Hananiah, Mishael, and Azariah,
12 “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्।
Try thy servants ten days, and let them give us pulse to eat, and water to drink.
13 त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।”
Then let our countenances be looked upon before thee, and the countenances of the youths that eat of the portion of the king's meat; and as thou seest, deal with thy servants.
14 यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे।
And he consented to them in this matter, and tried them ten days.
15 दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्टपुष्ट देखिए।
And at the end of ten days their countenances appeared fairer and fatter in flesh than all the youths who ate the portion of the king's meat.
16 यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए।
So the steward took away the portion of their meat, and the wine which they should drink, and gave them pulse.
17 ती चार जवान मानिसहरूलाई परमेश्वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।
And God gave these four youths knowledge and skill in all learning and wisdom; and Daniel had understanding in all visions and dreams.
18 राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे।
And at the end of the days, when the king had commanded him to bring them before him, then the prince of the eunuchs brought them in before Nebuchadnezzar.
19 राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए।
And the king conversed with them; and among them all was found none like Daniel, Hananiah, Mishael, and Azariah. Therefore they stood as servants before the king.
20 राजाले तिनीहरूलाई बुद्धि र समझको बारेमा जस्तोसुकै प्रश्न सोधे तापनि राजाले तिनीहरूलाई आफ्ना राज्यभरि भएका सबै जादुगर र तन्त्रमन्त्र गर्नेहरूभन्दा दश गुणा असल भेट्टाए।
And in all matters of wisdom and understanding concerning which the king inquired of them, he found them ten times better than all the scribes and magicians that were in all his realm.
21 अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे।
And Daniel lived even to the first year of Cyrus the king.