< सपन्याह 2 >
1 निर्लज्ज जाति, एकठ्ठा होओ, जम्मा होओ,
汝等羞恥を知ぬ民早く自ら内に省みよ
2 आज्ञा लागु हुनुभन्दा अगि र भुसझैँ त्यो दिन बितिजानभन्दा अगि, परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि ।
夫日は糠粃の如く過ぎさる 然ば詔言のいまだ行はれざる先ヱホバの烈き怒のいまだ汝等に臨まざる先ヱホバの忿怒の日のいまだ汝等にきたらざるさきに自ら省みるべし
3 उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू, परमप्रभुको खोजी गर । धार्मिकताको खोजी गर, नम्रताको खोजी गर, र सायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ ।
すべてヱホバの律法を行ふ斯地の遜るものよ 汝等ヱホバを求め公義を求め謙遜を求めよ 然すれば汝等ヱホバの忿怒の日に或は匿さるることあらん
4 किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् ।
夫ガザは棄られアシケロンは荒はてアシドドは白晝に逐はらはれエクロンは抜さらるべし
5 ए सुमुद्रको किनारमा बस्ने करेती जाति, तिमीहरूलाई धिक्कार । ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु ।
海邊に住る者およびケレテの國民は禍なるかな ベリシテ人の國カナンよ ヱホバの言なんぢらを攻む 我なんぢを滅して住者なきに至らしむべし
6 यसैकारण सामुद्रको किनार गोठालाहरूका निम्ति खर्क र भेडाहरूका निम्ति बस्ने ठाउँ हुनेछ ।
海邊は必ず牧塲となり牧者の洞および羊の牢そこに在ん
7 तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।
此地はユダの家の殘餘れる者に歸せん 彼ら其處にて草飼ひ暮に至ればアシケロンの家に臥ん そは彼らの神ヱホバかれらを顧みその俘囚を歸したまふべければなり
8 “मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।
我すでにモアブの嘲弄とアンモンの子孫の罵言を聞けり 彼らはわが民を嘲り自ら誇りて之が境界を侵せしなり
9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”
是故に萬軍のヱホバ、イスラエルの神 言たまふ 我は活く 必ずモアブはソドムのごとくになりアンモンの子孫はゴモラのごとくにならん 是は共に蕁麻の蔓延る處となり鹽坑の地となりて長久に荒はつべし 我民の遺れる者かれらを掠めわが國民の餘されたる者かれらを獲ん
10 तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।
この事の彼らに臨むはその傲慢による 即ち彼ら萬軍のヱホバの民を嘲りて自ら誇りたればなり
11 अनि तिनीहरूले परमप्रभुको भय मान्नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।
ヱホバは彼等に對ひては畏ろしくましまし地の諸の神や饑し滅したまふなり 諸の國の民おのおのその處より出てヱホバを拜まん
12 ए कूशी, तिमीहरूलाई पनि मेरो तरवारद्धारा प्रहार हुनेछ,
エテオピア人よ汝等もまたわが劍にかかりて殺さる
13 र परमेश्वरको हातले उत्तरलाई आक्रमण गर्नेछ र अश्शूरलाई सर्वनाश गर्नेछ, अनि निनवे त्यागिएको र सर्वनाश हुनेछ, र मरुभूमिझैँ उजाड हुनेछ ।
ヱホバ北に手を伸てアッスリヤを滅したまはん 亦ニネベを荒して荒野のごとき旱地となしたまはん
14 त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन्, मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्नेछन् । झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ, ढोका अगाडि भग्नावशेष हुनेछ, त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन् ।
而して畜の群もろもろの類の生物その中に伏し鸅鸕および刺猬其柱の頂に住み囀る者の聲 窓の内にきこえ荒落たる物 閾の上に積り香柏の板の細工 露顯になるべし
15 यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्का देखाउँनेछन् ।
是邑は驕り傲ぶりて安泰に立をり 唯我あり 我の外には誰もなしと心の中に言つつありし者なるが斯も荒はてて畜獣の臥す處となる者かな 此を過る者はみな嘶きて手をふるはん