< जकरिया 1 >
1 दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय।
Katika mwezi wa nane mwaka wa pili wa kutawala kwake Dario, neno la Yahwe lilimjia nabii Zekaria, mwana wa Berekia mwana wa Ido, kusema,
2 “परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!
“Yawhe alikuwa na hasira sana juu ya baba zenu!
3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
Wambie, 'Yahwe wa majeshi asema hivi: Nirudieni! - nami nitawarudia ninyi, asema Yahwe wa majeshi.
4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”
Msiwe kama baba zenu ambao hapo zamani manabii waliwambia, wakisema, “Yahwe wa majeshi asema hivi: Geukeni kutoka katika njia zenu za mbaya na matendo yenu mabaya!” Lakini hawakuweza kusikia wala kunijari - asema Yahwe.'
5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?
Wako wapi baba zenu? Na manabii, je wapo hapa daima?
6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
Lakini maneno yangu na maagizo niliyowaamru watumishi wangu manabii, je hayakuwapata baba zenu? Hivyo walitubu na kusema, 'Kama vile Yahwe wa majeshi alivyokusudia kututenda kwa kadili zinavyostahili njia na matendo yetu, ndivyo alivyotutenda.”
7 दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो,
Katika siku ya ishirini na nne ya mwezi wa kumi na moja, ndiyo mwezi wa Shebati, mwaka wa pili wa utawala wa Dario, neno la Yahwe lilimjia nabii Zekaria mwana wa Berekia mwana wa Ido, akasema,
8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।”
“niliona wakati wa usiku, na tazama! mtu alikuwa amepanda farasi mwekundu, naye alikuwa kati ya miti ya mihadasi iliyoko bondeni; na nyuma yake kulikuwa na farasi mwekundu, farasi wa kijivu, na farasi mweupe.”
9 मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”
Nikauliza, “Bwana, hivi ni vitu gani?” Malaika aliyesema nami akaniambia, “Nitakueleza vitu hivi ni nini.”
10 ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।”
Kisha mtu aliyesimama kati ya miti ya mihadasi akajibu na kusema, “Hawa ndiyo Yahwe aliowatuma kuzunguka katika dunia yote.”
11 असारे-फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त र आराम गरिरहेको छ ।”
Wakamjibu malaika wa Yahwe aliyekuwa amesimama kati ya miti ya mihadasi na kumwambia, “Tumekuwa tukizunguka duniani pote; tazama, dunia yote imekaa na kutulia.”
12 अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
Ndipo malaika wa Yahwe alipojibu na kusema, “Yahwe wa majeshi, hata lini usiuhurumie Yerusalemu na miji ya Yuda ambayo imeteswa na kudhurumiwa miaka hii sabini?”
13 मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो ।
Yahwe akamjibu malaika aliyekuwa amesema nami, kwa maneno mazuri, maneno ya faraja.
14 यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु!
Hivyo malaika aliyekuwa anaongea nami akaniambia, “Ita kwa sauti na useme 'Yahwe wa majeshi asema: Nina wivu kwa ajili ya Yerusalemu yaani Sayuni kwa uchungu mkubwa!
15 सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।
Nami nina hasira juu ya mataifa yaliyo na utulivu. Kwa maana nilikasirika kidogo tu, lakini wao wakasababisha madhara mabaya.
16 यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’
Kwa hiyo Yahwe wa majeshi asema hivi: Nimeirudia Yerusalema kwa huruma. Hivyo nyumba yangu itajengwa ndani yake - asema Yahwe wa majeshi. Kipimo kitanyoshwa juu ya Yerusalemu!
17 उच्च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्नुहुनेछ ।’”
Ita tena, ukisema, 'Yahwe wa majeshi asema hivi: Miji yangu kwa mara nyingine itajawa na uzuri, na Yahwe ataifariji tena Sayuni, na kuichagua Yerusalemu kwa mara nyingine tena.”
18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें!
Kisha nikainua macho na kuona pembe nne!
19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।”
Nikaongea na malaika aliyesema nami, “Hivi ni vitu gani? Akanijibu “hizi ni pembe zilisosababisha kutawanyika kwa Yuda, Israeli, na Yerusalemu.”
20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो ।
Kisha Yahwe akanionesha mafundi stadi wanne.
21 मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”
Nikasema, “Watu hawa wanakuja kufanya nini?” Akajibu na kusema, “Hizi ni pembe zililoitawanya Yuda na hakuna mtu angeweza kuinua kichwa chake. Lakini watu hawa wanakuja kuziondoa, kutupa chini pembe za mataifa yaliyoinua nguvu zao kinyume cha nchi ya Yuda na kuisambaza.”