< जकरिया 7 >

1 दारा राजाले चार वर्ष शासन गरिसकेपछि, किसलेव (अर्थात् नवौँ महिना) को चौथो दिनमा, परमप्रभुको वचन जकरियाकहाँ आयो ।
Og det skete i Kong Darius's fjerde Aar, at Herrens Ord kom til Sakarias paa den fjerde Dag i den niende Maaned, det er i Kislev.
2 बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुको सामु बिन्ती गर्न पठाए ।
Og Bethel sendte Sarezer og Regem-Melek og hans Mænd for at bede ydmygelig for Herrens Ansigt,
3 तिनीहरूले सेनाहरूका परमप्रभुका भवनमा भएका पुजारीहरू र अगमवक्ताहरूलाई यस्तो भने, “मैले बितेका वर्षहरूमा गर्आएकोझैँ, के म पाचौँ महिनामा उपवास बसेर विलाप गरूँ?”
idet de skulde sige til Præsterne, som vare ved den Herre Zebaoths Hus, og til Profeterne saaledes: Mon jeg skal græde i den femte Maaned under Afholdenhed, som jeg har gjort nu saa mange Aar?
4 यसैकारण सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,
Da kom den Herre Zebaoths Ord til mig saalunde:
5 “भूमिका सबै मानिसहरू र पुजारीहरूलाई यस्तो भन्, ‘यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ?
Sig til alt Folket i Landet og til Præsterne: Naar I have fastet og sørget i den femte og i den syvende Maaned, og dette nu i halvfjerdsindstyve Aar, mon I da virkelig have fastet for mig?
6 तिमीहरूले खाँदा र पिउँदा, के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ?
Og naar I æde, og naar I drikke, er det da ikke eder, som æde, og eder, som drikke?
7 तिमीहरू यरूशलेम र आसपासका सहरहरूमा सम्पन्‍नतामाबसोबास गरिरहँदा र तिमीहरू नेगेव, र पश्‍चिमका पहाडहरूको फेदमा अवस्थित हुँदा, के अगिल्ला अगमवक्ताहरूका मुखबाट परमप्रभुले घोषणा गर्नुभएका वचन यी नै थिएनन् र?’”
Mindes I ikke de Ord, som Herren forkyndte ved de første Profeter, der Jerusalem var beboet og var rolig, og dens Stæder trindt omkring den og Sydlandet og Lavlandet vare beboede?
8 परमप्रभुको यस्तो वचन जकरियाकहाँआयो,
Og Herrens Ord kom til Sakarias saaledes:
9 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, ‘साँचो न्याय, करारको विश्‍वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर । हरेक मानिसले आफ्नो दाजुभाइको निम्ति यस्तो गरोस् ।
Saa siger den Herre Zebaoth: Dømmer Sandheds Dom, og gører Miskundhed og Barmhjertighed, hver imod sin Broder,
10 विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथिअत्याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस् ।’
og undertrykker ikke Enken eller den faderløse, den fremmede eller den elendige; og optænker ikke ondt imod en Broder i eders Hjerte!
11 तर तिनीहरूले ध्यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् ।
Men de vægrede sig ved at give Agt derpaa og vendte modvilligt Ryg, og de gjorde deres Øren tunghørende for ikke at høre.
12 व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो ।
Og de gjorde deres Hjerte som Demant for ikke at høre Loven og Ordene, hvilke den Herre Zebaoth sendte ved sin Aand igennem de første Profeter, og der kom en stor Vrede fra den Herre Zebaoth.
13 उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
Og det skete, ligesom han raabte, og de hørte ikke: Saaledes skulle de raabe, og jeg vil ikke høre, sagde den Herre Zebaoth;
14 “किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”
men jeg vil bortdrive dem som ved en Storm iblandt alle de Hedningefolk, som de ikke have kendt, og Landet skal være ødelagt efter dem, saa at ingen gaar igennem det frem eller tilbage. Og de gjorde det herlige Land til en Ørk.

< जकरिया 7 >