< जकरिया 5 >

1 अनि म फर्कें र मेरो नजर उठाएर हेर्दा मेरोअगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखें ।
E outra vez levantei os meus olhos, e olhei, e eis que vi um rolo voante.
2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।”
E me disse: Que vês? E eu disse: Vejo um rolo voante, que tem vinte covados de comprido e dez covados de largo.
3 अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।”
Então me disse: Esta é a maldição que sairá pela face de toda a terra; porque qualquer que furtar d'ahi, conforme a mesma maldição, será desarraigado: como tambem qualquer que jurar falsamente d'ahi, conforme a mesma maldição, será desarraigado.
4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”
Eu a tirarei para fóra, disse o Senhor dos Exercitos, e virá á casa do ladrão, e á casa do que jurar falsamente pelo meu nome; e pernoitará no meio da sua casa, e a consumirá a ella com a sua madeira e com as suas pedras
5 त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”
E saiu o anjo, que fallava comigo, e me disse: Levanta agora os teus olhos, e vê que é isto que sae.
6 मैले भनें, “त्यो के हो?” तिनले भने, “यो एउटा नाप्ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।”
E eu disse: Que é isto? E elle disse: Isto é um epha que sae. Mais disse: Este é o olho d'elles em toda a terra.
7 अनि त्यस डालोको ढक्‍कन उठाइयो र त्यस डालोभित्र एउटी स्‍त्री थिई ।
E eis que foi levantado um talento de chumbo, e havia uma mulher que estava assentada no meio do epha.
8 स्वर्गदूतले भने, “योचाहिँ दुष्‍टता हो!” तिनले त्यस स्‍त्रीलाई त्यस डालोभित्र फ्याँकिदिए, र त्यसको ढक्‍कन लगाइदिए ।
E elle disse: Esta é a impiedade. E a lançou dentro do epha; e lançou na bocca d'elle o peso de chumbo.
9 मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्‍त्री मतिर आइरहेको देखें, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्यो डालोलाई पृथ्वी र आकाशको बिचमा पुर्‍याए ।
E levantei os meus olhos, e olhei, e eis que duas mulheres sairam, e havia vento nas suas azas, e tinham azas como as azas da cegonha; e levantaram o epha entre a terra e o céu.
10 यसैले मसँग बोलिरहेका स्वर्गदूतलाई मैले भनें, “तिनीहरूले त्यो डालो कहाँलैजाँदै छन्?”
Então eu disse ao anjo que fallava comigo: Para onde levam estas o epha?
11 तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्‍नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”
E elle me disse: Para lhe edificarem uma casa na terra de Sinear, e, sendo esta assentada, elle será posto ali sobre a sua base.

< जकरिया 5 >