< जकरिया 5 >
1 अनि म फर्कें र मेरो नजर उठाएर हेर्दा मेरोअगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखें ।
Et je me retournai, et je levai les yeux, et je regardai; et voilà une faux volante.
2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।”
Et l'ange me dit: Que vois-tu? Et je dis: Je vois une faux volante, longue de vingt coudées, et large de dix.
3 अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।”
Et il me dit: C'est la malédiction qui se promène sur toute la surface de la terre; car de ce côté-ci tout larron sera puni de mort, et de ce côté-là tout parjure sera puni.
4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”
Et Je la ferai cheminer, dit le Seigneur tout-puissant; et elle entrera dans la maison du voleur et dans la maison de celui qui jure en vain Mon Nom, et elle demeurera au milieu de sa maison, et elle en consumera le bois et les pierres.
5 त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”
Et l'ange qui parlait avec moi sortit, et il me dit: Lève les yeux, et regarde ce qui s'avance.
6 मैले भनें, “त्यो के हो?” तिनले भने, “यो एउटा नाप्ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।”
Et je dis: Qu'est-ce? Et il reprit: C'est la mesure qui s'avance; et il ajouta: C'est leur iniquité qui couvre toute la terre.
7 अनि त्यस डालोको ढक्कन उठाइयो र त्यस डालोभित्र एउटी स्त्री थिई ।
Et voilà qu'un talent de plomb s'élevait, et voilà qu'une femme était assise au milieu de la mesure.
8 स्वर्गदूतले भने, “योचाहिँ दुष्टता हो!” तिनले त्यस स्त्रीलाई त्यस डालोभित्र फ्याँकिदिए, र त्यसको ढक्कन लगाइदिए ।
Et l'ange dit: Celle-ci est le péché; et il fit tomber la femme au fond de la mesure, et il fit tomber la masse de plomb dans sa bouche.
9 मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्त्री मतिर आइरहेको देखें, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्यो डालोलाई पृथ्वी र आकाशको बिचमा पुर्याए ।
Et je levai les yeux, et je regardai, et voilà deux femmes qui s'avançaient, et le vent soufflait dans leurs ailes, et elles avaient les ailes de la huppe, et elles enlevaient la mesure entre la terre et le ciel.
10 यसैले मसँग बोलिरहेका स्वर्गदूतलाई मैले भनें, “तिनीहरूले त्यो डालो कहाँलैजाँदै छन्?”
Et je dis à l'ange qui parlait avec moi: Où emportent-elles la mesure?
11 तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”
Et il répondit: Elles vont lui bâtir une demeure en la terre de Babylone, et préparer pour cela une place; elles la mettront sur sa base.