< जकरिया 4 >
1 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत फर्के र मलाई निन्द्राबाट जगाइएको मानिसझैँ जगाए ।
Sedan blev jag av ängeln som talade med mig åter uppväckt, likasom när någon väckes ur sömnen.
2 तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।
Och han sade till mig: »Vad ser du?» Jag svarade: »Jag ser en ljusstake, alltigenom av guld, med sin oljeskål ovantill och med sina sju lampor; och sju rör gå till de särskilda lamporna därovantill.
3 बटुकोको दाहिनेपट्टि एउटा जैतूनको रूख र देब्रेपट्टि अर्को जैतूनको रूख रहेका छन् ।”
Och två olivträd sträcka sig över den, ett på högra sidan om skålen och ett på vänstra.»
4 अनि मसँग कुरा गरिरहेका स्वर्गदूतसँग मैले फेरि भनें, “मेरा मालिक, यी कुराहरूको अर्थ के हो?”
Sedan frågade jag och sade till ängeln som talade med mig: »Vad betyda dessa ting, min herre?»
5 मसँग कुरा गरिरहेका स्वर्गदूतले मलाई जवाफ दिए, “के तिमीलाई यी कुराहरूको अर्थ थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”
Men ängeln som talade med mig svarade och sade till mig: »Förstår du då icke vad de betyda?» Jag svarade: »Nej, min herre.»
6 यसैले तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति परमप्रभुको वचन हो: न त बलले, न शक्तिले, तर मेरो आत्माले, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
Då talade han och sade till mig: »Detta är HERRENS ord till Serubbabel: Icke genom någon människas styrka eller kraft skall det ske, utan genom min Ande, säger HERREN Sebaot.
7 महान् पर्वत, तँ के होस्? यरुबाबेलको अगि तँ समतल जमिन हुनेछस्, र उहाँले टुप्पोको ढुङ्गोलाई ‘अनुग्रह! त्यसलाई अनुग्रह’ भन्ने सोरहरूको बिचमा ल्याउनुहुनेछ ।”
Vilket du än må vara, du stora berg som reser dig mot Serubbabel, så skall du ändå förvandlas till jämn mark. Ty han skall få föra fram slutstenen under jubelrop: 'Nåd, nåd må vila över den!'»
8 परमप्रभुको यस्तो वचन मकहाँ आयो,
Vidare kom HERRENS ord till mig; han sade:
9 “यरुबाबेलका हातले यस भवनको जग बसाल्यो, र त्यसकै हातले यो पूर्ण गर्नेछ ।” अनि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा गर्नेछौ ।
»Serubbabels händer hava lagt grunden till detta hus; hans händer skola ock få fullborda det. Och du skall förnimma att HERREN Sebaot har sänt mig till eder.
10 साना कुराहरूका दिनलाई कसले तुच्छ ठानेको छ? यी मानिसहरूले रमाहट गर्नेछन् र यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्नेछन् । (यी सात बत्तीहरू परमप्रभुका आँखा हुन् जुन सारा पृथ्वीभरि घुमिरहन्छन् ।)
Ty vem är den som vill förakta: den ringa begynnelsens dag, när dessa sju glädjas över att se murlodet i Serubbabels hand, dessa HERRENS ögon, som överfara hela jorden?»
11 त्यसपछि मैले स्वर्गदूतलाई सोधें, “सामदानको दाहिने र देब्रेपट्टि रहेका जैतूनका यी दुइ रूखहरू के हुन्?”
Och jag frågade och sade till honom: »Vad betyda dessa två olivträd, det på högra och det på vänstra sidan om ljusstaken?»
12 मैले फेरि तिनलाई सोधें, “सुनको तेल बगरहने यी दुइ सुनका नलीहरूका छेउमा भएका जैतूनका यी दुइ हाँगाहरू के हुन्?”
Och ytterligare frågade jag och sade till honom: »Vad betyda de två olivkvistar som sträcka sig intill de två gyllene rännor genom vilka den gyllene oljan ledes ditned?»
13 अनि तिनले मलाई भने, “के तिमीलाई यी कुराहरू के हुन् भन्ने थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”
Då sade han till mig: »Förstår du då icke vad de betyda?» Jag svarade: »Nej, min herre.»
14 अनि तिनले भने, “यी दुइ नयाँ जैतूनकोतेलका छोराहरू हुन् जो सारा पृथ्वीका परमप्रभुको अगि खडा हुन्छन् ।”
Då sade han: »Dessa äro de två oljesmorda som stå såsom tjänare inför hela jordens Herre.»