< जकरिया 3 >
1 त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।
Och mig vardt vist den öfverste Presten Jehosua; ståndandes för Herrans Ängel; och Satan stod på hans högra hand, på det han skulle stå honom emot.
2 परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?”
Och Herren sade till Satan: Herren näpse dig, Satan; ja, Herren näpse dig, den Jerusalem utvalt hafver. Är icke detta en brand som utur eldenom uthulpen är?
3 स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए ।
Och Jehosua hade oren kläder uppå, och stod för Änglenom:
4 अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”
Hvilken svarade, och sade till dem som för honom stodo: Tager de orena kläden utaf honom. Och han sade till honom: Si, jag hafver tagit dina synder ifrå dig, och hafver klädt dig uti högtidskläder.
5 त्यसपछि मैले भनें, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन्!” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए ।
Och jag sade: Sätter en ren hatt uppå hans hufvud. Och de satte en ren hatt uppå hans hufvud, och drogo kläder uppå honom; och Herrans Ängel stod der.
6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए,
Och Herrans Ängel betygade Jehosua, och sade:
7 “सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु ।
Detta säger Herren Zebaoth: Om du vandrar på minom vägom, och håller mina vakt, så skall du regera mitt hus, och bevara mina gårdar; och jag skall få dig några af dem som här stå, som dine ledsagare vara skola.
8 प्रधान पुजारी यहोशू, र तँसँगै बस्ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।
Hör till, Jehosua, öfverste Prest, du och dine vänner, som för dig bo; ty de äro undersmän; ty si, jag vill låta komma min tjenare Zemah.
9 अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।
Ty si, uppå den ena stenen som jag för Jehosua lagt hafver, skola sju ögon vara; men si, jag skall uthugga honom, säger Herren Zebaoth; och skall borttaga dess lands synder på enom dag.
10 त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
På den samma tiden, säger Herren Zebaoth skall hvar bjuda den andra under vinträ, och under fikonaträ.