< जकरिया 3 >

1 त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।
天使又指给我看:大祭司约书亚站在耶和华的使者面前;撒但也站在约书亚的右边,与他作对。
2 परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?”
耶和华向撒但说:“撒但哪,耶和华责备你!就是拣选耶路撒冷的耶和华责备你!这不是从火中抽出来的一根柴吗?”
3 स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए ।
约书亚穿着污秽的衣服站在使者面前。
4 अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”
使者吩咐站在面前的说:“你们要脱去他污秽的衣服”;又对约书亚说:“我使你脱离罪孽,要给你穿上华美的衣服。”
5 त्यसपछि मैले भनें, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन्!” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए ।
我说:“要将洁净的冠冕戴在他头上。”他们就把洁净的冠冕戴在他头上,给他穿上华美的衣服,耶和华的使者在旁边站立。
6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए,
耶和华的使者告诫约书亚说:
7 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु ।
“万军之耶和华如此说:你若遵行我的道,谨守我的命令,你就可以管理我的家,看守我的院宇;我也要使你在这些站立的人中间来往。
8 प्रधान पुजारी यहोशू, र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।
大祭司约书亚啊,你和坐在你面前的同伴都当听。(他们是作预兆的。)我必使我仆人大卫的苗裔发出。
9 अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।
看哪,我在约书亚面前所立的石头,在一块石头上有七眼。万军之耶和华说:我要亲自雕刻这石头,并要在一日之间除掉这地的罪孽。
10 त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्‍न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
当那日,你们各人要请邻舍坐在葡萄树和无花果树下。这是万军之耶和华说的。”

< जकरिया 3 >