< जकरिया 2 >

1 अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।
و چشمان خود را برافراشته، نگریستم ومردی که ریسمانکاری به‌دست خودداشت دیدم.۱
2 मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्‍नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।”
و گفتم که «کجا می‌روی؟» او مراگفت: «به جهت پیمودن اورشلیم تا ببینم عرضش چه و طولش چه می‌باشد.»۲
3 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को एउटा स्वर्गदूत उनलाई भेट्न निस्के ।
و اینک فرشته‌ای که با من تکلم می‌نمودبیرون رفت و فرشته دیگر برای ملاقات وی بیرون آمده،۳
4 दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ ।
وی را گفت: «بشتاب و این جوان راخطاب کرده، بگو: اورشلیم به‌سبب کثرت مردمان و بهایمی که در اندرونش خواهند بود، مثل دهات بی‌حصار مسکون خواهد شد.۴
5 किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
وخداوند می‌گوید که من به اطرافش دیواری آتشین خواهم بود و در اندرونش جلال خواهم بود.۵
6 जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।
هان هان خداوند می‌گوید از زمین شمال بگریزید زیرا که شما را مثل چهار باد آسمان پراکنده ساخته‌ام. قول خداوند این است.۶
7 ए बेबिलोनकी छोरीसँग बस्‍ने हो, जाओ, भागेर सियोनमा जाओ!’”
هان‌ای صهیون که با دختر بابل ساکن هستی، خویشتن را رستگار ساز.۷
8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो,
زیرا یهوه صبایوت که مرا بعد ازجلال نزد امت هایی که شما را غارت کردندفرستاده است، چنین می‌گوید که هر‌که شما رالمس نماید مردمک چشم او را لمس نموده است.۸
9 “तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्‍टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
«زیرا اینک من دست خود را بر ایشان خواهم افشاند و ایشان غارت بندگان خودشان خواهند شد و شما خواهید دانست که یهوه صبایوت مرا فرستاده است.۹
10 “सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”
‌ای دختر صهیون ترنم نما و شادی کن زیرا خداوند می‌گوید که اینک می‌آیم و در میان تو ساکن خواهم شد.۱۰
11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्‍नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
ودر آن روز امت های بسیار به خداوند ملصق شده، قوم من خواهند شد و من در میان تو سکنی خواهم گرفت و خواهی دانست که یهوه صبایوت مرا نزد تو فرستاده است.۱۱
12 किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्‍त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्‍नुहुनेछ ।
و خداوند یهودا را درزمین مقدس برای ملک خود به تصرف خواهدآورد و اورشلیم را بار دیگر خواهد برگزید.۱۲
13 सारा मानिस हो, परमप्रभुको अगि शान्त होओ, किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ ।
‌ای تمامی بشر به حضور خداوند خاموش باشید زیرا که او از مسکن مقدس خود برخاسته است.»۱۳

< जकरिया 2 >