< जकरिया 2 >
1 अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।
Kenaka ndinayangʼananso, ndipo ndinaona munthu atanyamula chingwe choyezera mʼmanja mwake.
2 मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।”
Ndipo ndinafunsa kuti, “Kodi ukupita kuti?” Anandiyankha kuti, “Akukayeza Yerusalemu kuti ndidziwe mulifupi mwake ndi mulitali mwake.”
3 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को एउटा स्वर्गदूत उनलाई भेट्न निस्के ।
Taonani, mngelo amene amayankhula nane uja akuchoka, mngelo wina anabwera kudzakumana naye
4 दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ ।
ndipo anamuwuza kuti, “Thamanga, kamuwuze mnyamatayo kuti, ‘Yerusalemu udzakhala mzinda wopanda malinga chifukwa mudzakhala anthu ambiri ndiponso ziweto zochuluka.
5 किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
Ndipo Ine mwini ndidzakhala linga lamoto kuteteza mzindawo,’ akutero Yehova, ‘ndipo ndidzakhala ulemerero mʼkati mwake.’
6 जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।
“Tulukani! Tulukani! Thawaniko ku dziko la kumpoto,” akutero Yehova, “pakuti ndinakumwazirani ku mphepo zinayi zamlengalenga,” akutero Yehova.
7 ए बेबिलोनकी छोरीसँग बस्ने हो, जाओ, भागेर सियोनमा जाओ!’”
“Tuluka, iwe Ziyoni! Thawa, iwe amene umakhala mʼdziko la mwana wamkazi wa Babuloni!”
8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्नुभयो,
Pakuti Yehova Wamphamvuzonse akuti, “Atatha kundilemekeza wanditumiza kwa anthu a mitundu ina amene anakufunkhani; pakuti aliyense wokhudza inu wakhudza mwanadiso wanga.
9 “तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
Ndithu Ine ndidzawamenya anthuwo ndi dzanja langa ndipo amene anali akapolo awo ndiye adzawalande zinthu. Pamenepo mudzadziwa kuti Yehova Wamphamvuzonse ndiye wandituma.
10 “सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”
“Iwe mwana wamkazi wa Ziyoni, fuwula ndipo sangalala. Pakuti taona ndikubwera, ndipo ndidzakhala pakati pako,” akutero Yehova.
11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
“Nthawi imeneyo anthu a mitundu yambiri adzabwera kwa Yehova ndipo adzasanduka anthu anga. Ndidzakhala pakati pako ndipo iwe udzadziwa kuti Yehova Wamphamvuzonse wandituma kwa iwe.
12 किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्नुहुनेछ ।
Yehova adzachititsa kuti Yuda akhale chuma chake mʼdziko lopatulika ndipo adzasankhanso Yerusalemu.
13 सारा मानिस हो, परमप्रभुको अगि शान्त होओ, किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ ।
Khalani chete pamaso pa Yehova anthu nonse, chifukwa Iye wavumbuluka kuchoka ku malo ake opatulika.”