< जकरिया 14 >

1 हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।
הנה יום בא ליהוה וחלק שללך בקרבך
2 किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्‍त्रीहरूको इज्‍जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् ।
ואספתי את כל הגוים אל ירושלם למלחמה ונלכדה העיר ונשסו הבתים והנשים תשגלנה (תשכבנה) ויצא חצי העיר בגולה ויתר העם לא יכרת מן העיר
3 तर परमप्रभु बाहिर निस्कनुहुनेछ र यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ।
ויצא יהוה ונלחם בגוים ההם כיום הלחמו ביום קרב
4 त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्‍नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्‍चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ र त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ ।
ועמדו רגליו ביום ההוא על הר הזיתים אשר על פני ירושלם מקדם ונבקע הר הזיתים מחציו מזרחה וימה גיא גדולה מאד ומש חצי ההר צפונה וחציו נגבה
5 अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्‍नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्‍जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्‍नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।
ונסתם גיא הרי כי יגיע גי הרים אל אצל ונסתם כאשר נסתם מפני הרעש בימי עזיה מלך יהודה ובא יהוה אלהי כל קדשים עמך
6 त्यस दिन त्यहाँ उज्यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ ।
והיה ביום ההוא לא יהיה אור יקרות יקפאון (וקפאון)
7 त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ ।
והיה יום אחד הוא יודע ליהוה--לא יום ולא לילה והיה לעת ערב יהיה אור
8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बग्‍नेछ । गर्मीमा र जाडोमा, आधाचाहिँ पूर्वीय समुद्रतिर र आधाचाहिँ पश्‍चिमी समुद्रतिर बग्‍नेछ ।
והיה ביום ההוא יצאו מים חיים מירושלם חצים אל הים הקדמוני וחצים אל הים האחרון בקיץ ובחרף יהיה
9 परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।
והיה יהוה למלך על כל הארץ ביום ההוא יהיה יהוה אחד--ושמו אחד
10 गेबादेखियरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबाजस्तै हुनेछ । यरूशलेम निरन्तर माथि उठाइनेछ र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्यो आफ्नै ठाउँसम्म रहनेछ ।
יסוב כל הארץ כערבה מגבע לרמון נגב ירושלם וראמה וישבה תחתיה למשער בנימן עד מקום שער הראשון עד שער הפנים ומגדל חננאל עד יקבי המלך
11 मानिसहरू यरूशलेममा बस्‍नेछन् र परमेश्‍वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ ।
וישבו בה וחרם לא יהיה עוד וישבה ירושלם לבטח
12 यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् ।
וזאת תהיה המגפה אשר יגף יהוה את כל העמים אשר צבאו על ירושלם המק בשרו והוא עמד על רגליו ועיניו תמקנה בחריהן ולשונו תמק בפיהם
13 त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ ।
והיה ביום ההוא תהיה מהומת יהוה רבה בהם והחזיקו איש יד רעהו ועלתה ידו על יד רעהו
14 यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् ।
וגם יהודה--תלחם בירושלם ואסף חיל כל הגוים סביב זהב וכסף ובגדים--לרב מאד
15 घोडाहरू र खच्‍चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ ।
וכן תהיה מגפת הסוס הפרד הגמל והחמור וכל הבהמה אשר יהיה במחנות ההמה--כמגפה הזאת
16 यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् ।
והיה כל הנותר מכל הגוים הבאים על ירושלם ועלו מדי שנה בשנה להשתחות למלך יהוה צבאות ולחג את חג הסכות
17 ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन ।
והיה אשר לא יעלה מאת משפחות הארץ אל ירושלם להשתחות למלך יהוה צבאות--ולא עליהם יהיה הגשם
18 यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने, त्यहाँ वर्षात हुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ ।
ואם משפחת מצרים לא תעלה ולא באה ולא עליהם תהיה המגפה אשר יגף יהוה את הגוים אשר לא יעלו לחג את חג הסכות
19 छाप्रो-बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ ।
זאת תהיה חטאת מצרים וחטאת כל הגוים אשר לא יעלו לחג את חג הסכות
20 तर त्यस दिन, घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ, “परमप्रभुको निम्ति अलग गरिएको,” र परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन् ।
ביום ההוא יהיה על מצלות הסוס קדש ליהוה והיה הסירות בבית יהוה כמזרקים לפני המזבח
21 किनकि यरूशलेम र यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन् र बलिदान ल्याउने सबैले तीबाटै खानेछन् र तिनमा नै पकाउनेछन् । त्यस दिन सेनाहरूका परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन् ।
והיה כל סיר בירושלם וביהודה קדש ליהוה צבאות ובאו כל הזבחים ולקחו מהם ובשלו בהם ולא יהיה כנעני עוד בבית יהוה צבאות ביום ההוא

< जकरिया 14 >