< जकरिया 12 >

1 इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
מַשָּׂא דְבַר־יְהוָה עַל־יִשְׂרָאֵל נְאֻם־יְהוָה נֹטֶה שָׁמַיִם וְיֹסֵד אָרֶץ וְיֹצֵר רֽוּחַ־אָדָם בְּקִרְבּֽוֹ׃
2 “हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ ।
הִנֵּה אָנֹכִי שָׂם אֶת־יְרוּשָׁלַ͏ִם סַף־רַעַל לְכָל־הָעַמִּים סָבִיב וְגַם עַל־יְהוּדָה יִֽהְיֶה בַמָּצוֹר עַל־יְרוּשָׁלָֽ͏ִם׃
3 त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।
וְהָיָה בַיּוֹם־הַהוּא אָשִׂים אֶת־יְרוּשָׁלִַם אֶבֶן מַֽעֲמָסָה לְכָל־הָעַמִּים כָּל־עֹמְסֶיהָ שָׂרוֹט יִשָּׂרֵטוּ וְנֶאֶסְפוּ עָלֶיהָ כֹּל גּוֹיֵי הָאָֽרֶץ׃
4 त्यस दिन, म हरेक घोडालाई भ्रमले र त्यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्छ। यहूदाको घरानामाथि म मेरो नजर लगाउनेछु, तर जाति-जातिहरूका हरेक घोडालाई म अन्धोपनले प्रहार गर्नेछु ।
בַּיּוֹם הַהוּא נְאֻם־יְהוָה אַכֶּה כָל־סוּס בַּתִּמָּהוֹן וְרֹכְבוֹ בַּשִּׁגָּעוֹן וְעַל־בֵּית יְהוּדָה אֶפְקַח אֶת־עֵינַי וְכֹל סוּס הָֽעַמִּים אַכֶּה בַּֽעִוָּרֽוֹן׃
5 अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्‍नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्‍वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन् ।’
וְאָֽמְרוּ אַלֻּפֵי יְהוּדָה בְּלִבָּם אַמְצָה לִי יֹשְׁבֵי יְרוּשָׁלִַם בַּיהוָה צְבָאוֹת אֱלֹהֵיהֶֽם׃
6 त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ ।”
בַּיּוֹם הַהוּא אָשִׂים אֶת־אַלֻּפֵי יְהוּדָה כְּֽכִיּוֹר אֵשׁ בְּעֵצִים וּכְלַפִּיד אֵשׁ בְּעָמִיר וְאָכְלוּ עַל־יָמִין וְעַל־שְׂמֹאול אֶת־כָּל־הָעַמִּים סָבִיב וְיָשְׁבָה יְרוּשָׁלַ͏ִם עוֹד תַּחְתֶּיהָ בִּירוּשָׁלָֽ͏ִם׃
7 दाऊदको घराना र यरूशलेममा बस्‍नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ ।
וְהוֹשִׁיעַ יְהוָה אֶת־אָהֳלֵי יְהוּדָה בָּרִֽאשֹׁנָה לְמַעַן לֹֽא־תִגְדַּל תִּפְאֶרֶת בֵּית־דָּוִיד וְתִפְאֶרֶת יֹשֵׁב יְרוּשָׁלַ͏ִם עַל־יְהוּדָֽה׃
8 त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ ।
בַּיּוֹם הַהוּא יָגֵן יְהוָה בְּעַד יוֹשֵׁב יְרוּשָׁלִַם וְהָיָה הַנִּכְשָׁל בָּהֶם בַּיּוֹם הַהוּא כְּדָוִיד וּבֵית דָּוִיד כֵּֽאלֹהִים כְּמַלְאַךְ יְהוָה לִפְנֵיהֶֽם׃
9 “त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।
וְהָיָה בַּיּוֹם הַהוּא אֲבַקֵּשׁ לְהַשְׁמִיד אֶת־כָּל־הַגּוֹיִם הַבָּאִים עַל־יְרוּשָׁלָֽ͏ִם׃
10 तर दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन् । एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन् । आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन् ।
וְשָׁפַכְתִּי עַל־בֵּית דָּוִיד וְעַל ׀ יוֹשֵׁב יְרוּשָׁלִַם רוּחַ חֵן וְתַחֲנוּנִים וְהִבִּיטוּ אֵלַי אֵת אֲשֶׁר־דָּקָרוּ וְסָפְדוּ עָלָיו כְּמִסְפֵּד עַל־הַיָּחִיד וְהָמֵר עָלָיו כְּהָמֵר עַֽל־הַבְּכֽוֹר׃
11 त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ ।
בַּיּוֹם הַהוּא יִגְדַּל הַמִּסְפֵּד בִּירוּשָׁלִַם כְּמִסְפַּד הֲדַדְ־רִמּוֹן בְּבִקְעַת מְגִדּֽוֹן׃
12 भूमि विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन् । दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।
וְסָפְדָה הָאָרֶץ מִשְׁפָּחוֹת מִשְׁפָּחוֹת לְבָד מִשְׁפַּחַת בֵּית־דָּוִיד לְבָד וּנְשֵׁיהֶם לְבָד מִשְׁפַּחַת בֵּית־נָתָן לְבָד וּנְשֵׁיהֶם לְבָֽד׃
13 लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।
מִשְׁפַּחַת בֵּית־לֵוִי לְבָד וּנְשֵׁיהֶם לְבָד מִשְׁפַּחַת הַשִּׁמְעִי לְבָד וּנְשֵׁיהֶם לְבָֽד׃
14 बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।”
כֹּל הַמִּשְׁפָּחוֹת הַנִּשְׁאָרוֹת מִשְׁפָּחֹת מִשְׁפָּחֹת לְבָד וּנְשֵׁיהֶם לְבָֽד׃

< जकरिया 12 >