< जकरिया 11 >
1 ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्!
Otwórz, Libanie! wrota swe, niech pożre ogień cedry twoje.
2 ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ ।
Rozkwil się jodło! bo upadł cedr, bo wielmożni spustoszeni są; kwilcie dęby Basańskie, bo wycięty jest las ogrodzony.
3 गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्ट पारिएको छ ।
Głos narzekania pasterzy słyszany jest, iż zburzona jest wielmożność ich; głos ryku lwiąt, iż zburzona jest pycha Jordanu.
4 परमप्रभु मेरा परमेश्वर यस्तो भन्नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!
Tak mówi Pan, Bóg mój: Paś owce na rzeź zgotowane;
5 ती किन्नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।
Które dzierżawcy ich zabijają, a nie bywają obwinieni, i owszem, sprzedawający je mówią: Błogosławiony Pan, żeśmy się zbogacili, a którzy je pasą, nie mają litości nad niemi.
6 किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।”
Przetoż nie sfolguję więcej obywatelom tej ziemi, mówi Pan; bo oto Ja podam tych ludzi każdego w rękę bliźniego jego, i w rękę króla ich, i potrą ziemię, a nie wyrwie jej z rąk ich.
7 यसैकारण म काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ । मैले दुईवटा लौरो लिएँ: एउटा लौरोलाई मैले “अनुग्रह” नाउँ दिएँ र अर्कोलाई“एकता” नाउँ दिएँ । यसरी मैले बगालको हेरचाह गरेँ ।
Bom pasł owce zgotowane na rzeź, was, mówię, o nędzne owce! i wziąwszy sobie dwie laski, jednęm nazwał Uciechą, a drugąm nazwał Związujących, a pasłem one owce.
8 एक महिनामा मैले तिनवटा गोठालालाई नाश गरेँ । म तिनीहरूप्रति धैर्य भइनँ, र तिनीहरूले मलाई घृणा गरे ।
I zgładziłem trzech pasterzy w jednym miesiącu; ale utęskniła sobie dusza moja z nimi, przeto, że dusza ich brzydziła się mną.
9 अनि मैले मालिकहरूलाई भनेँ, “म अब तिमीहरूका निम्ति गोठालोको रूपमा काम गर्नेछैनँ । मर्न लागेका भेडाहरू मरून्, नष्ट भइरहेका भेडाहरूलाई नष्ट हुनदेऊ । बाँकी रहेको भेडोलेचाहिँ आफ्नो छिमेकीको मासु खाओस् ।”
Rzekłem tedy: Nie będęć was pasł; co zdycha, niech zdechnie, a co ma być wygładzone, niech będzie wygładzone, a które pozostaną, niech pożera mięso jedna drugiej.
10 यसैकारण मैले आफ्नो लौरो “अनुग्रह” लिएँ अनि आफ्ना सबै कुलहरूसँग गरेको करार तोड्नको निम्ति त्यो भाँचिदिएँ ।
Przetoż wziąwszy laskę moję Uciechy, porąbałem ją, wzruszywszy przymierze moje, którem postanowił z tym wszystkim ludem.
11 त्यस दिन त्यो करार तोडियो, र भेडाको हेरचाह गर्नेहरू र मलाई हेर्नेहरूले परमप्रभु बोल्नुभएको थाहा पाए ।
A dnia onego, gdy wzruszone było, pewnie poznali nędzni z trzody, którzy się na mię oglądali, że to słowo Pańskie.
12 मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो असल लागे, मलाई मेरो ज्याला देओ । तर तिमीहरूलाई असल नलागे, नदेओ ।” यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे ।
Bom rzekł do nich: Jeźli to jest dobre w oczach waszych, dajcie zapłatę moję, a jeźli nie, zaniechajcież; tedy odważyli zapłatę moję trzydzieści srebrników.
13 अनि परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ ।
Zatem rzekł Pan do mnie: Porzuć je przed garncarza; zacnaż to zapłata, którąm jest od nich tak drogo oszacowany! Wziąłem tedy trzydzieści srebrników, a porzuciłem je w domu Pańskim przed garncarza.
14 अनि यहूदा र इस्राएलबिचको दाजुभाइको नातालाई तोड्नको निम्ति मैले मेरो दोस्रो लौरो “एकता” पनि भाँचे ।
Potem porąbałem laskę moję drugą Związujących, wzruszywszy braterstwo między Judą i między Izraelem.
15 परमप्रभुले मलाई भन्नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली,
I rzekł Pan do mnie: Weźmij sobie jeszcze oręż pasterza głupiego.
16 किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्नेछ ।
Bo oto Ja wzbudzę pasterza w tej ziemi, który nie będzie obłąkanych nawiedzał, ani będzie jagniątek szukał, złamanego też leczyć, i tego, co ustanie, nosić nie będzie; ale mięso tłustych jeść będzie, a kopyta ich postrąca.
17 धिक्कार, आफ्नो बगाललाई त्याग्ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”
Biada pasterzowi niepożytecznemu, który opuszcza trzodę! miecz nad ramieniem jego i nad prawem okiem jego; ramię jego cale uschnie, a prawe oko jego cale zaćmione będzie.