< जकरिया 10 >

1 वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।
Mwombeni Yahwe mvua nyakati za kipupwe - Yahwe afanyaye mvua ya radi - naye hufanya mvua inyeshe kwa kila mmoja na uoto kondeni.
2 किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।
Kwani sanamu za wenye nyumba husema uongo; waganga hunena uongo; wanasema ndoto za udanganyifu na hutoa faraja tupu, hivyo wapotea kama kondoo na wanaumia kwa sababu hakuna mchungaji.
3 “मेरो क्रोध गोठालाहरूमाथि खनिन्छ । भाले बोको, अर्थात् अगुवाहरूलाई म दण्ड दिनेछु । सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ र तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ!
Gadhabu yangu inawaka dhidi ya wachungaji; ni mabeberu - viongozi - nitakao waadhibu. Yahwe wa majeshi atalihudumia pia kundi la kondoo wake, nyumba ya Yuda, na kuwafanya kama farasi wake wa vita!
4 कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ ।
Kutoka kwao litatoka jiwe kuu la pembeni; kutoka kwao kitatoka kigingi cha hema; kutoka kwao utatoka upinde wa vita; kutoka kwao watakuja viongozi wote kwa pamoja.
5 युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।
Watakuwa kama mashujaa wawakanyagao adui zao katika matope ya mitaani vitani; watafanya vita, kwa maana Yahwe yu pamoja nao, nao watawaabisha wapanda farasi wa vita.
6 म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।
Nitaitia nguvu nyumba ya Yuda na kuiokoa nyumba ya Yusufu; kwani nitawarejesha na kuwahurumia. Watakuwa kama nilikuwa sijawaondoa, kwani mimi ni Yahwe Mungu wao, nami nitawaitikia.
7 अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!
Ndipo Efraimu atakapokuwa kama shujaa, na mioyo yao itafurahi kama kwa mvinyo; wana wao wataona na kufurahi. Mioyo yao itanifurahia!
8 म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्!
Nitawanong'oneza na kuwakusanya, kwani nitawaokoa, nao watakuwa wakuu kama walivyokuwa mwanzo!
9 मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् ।
Niliwapanda kati ya watu, lakini watanikumbuka katika nchi ya mbali, hivyo wao na wana wao wataishi na kurejea.
10 किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।
Kwa maana nitawarejesha kutoka nchi ya Misri na kuwakusanya kutoka Ashuru. Nitawaleta katika nchi ya Gileadi na Lebanoni mpaka kutakapokuwa hakuna nafasi tena kwa ajili yao.
11 म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।
Nitapita katika bahari ya mateso yao; nitayapiga mawimbi ya bahari hiyo na nitavikausha vilindi vyote vya Nile. Utukufu wa Ashuru utashushwa chini, na fimbo ya Misri itakwenda mbali kutoka kwa Wamisri.
12 तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
Nitawatia nguvu katika mimi mwenyewe, nao watatembea katika jina langu - asema Yahwe.

< जकरिया 10 >