< जकरिया 10 >

1 वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।
Tražite od Jahve dažda u vrijeme proljetno! Jahve stvara munje i daje kišu; čovjeku kruh daje, a stoci travu.
2 किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।
Lažno bajaju kumiri, prijevaru vide gatari, obmanu govore snovi, varljivu utjehu daju, zato kao stado blude ljudi, lutaju jer nemaju pastira.
3 “मेरो क्रोध गोठालाहरूमाथि खनिन्छ । भाले बोको, अर्थात् अगुवाहरूलाई म दण्ड दिनेछु । सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ र तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ!
Moj je gnjev planuo na pastire, i ja ću kaznom pohodit jarce. Da, Jahve nad Vojskama pohodit će stado svoje, dom Judin. I učinit će da budu k'o gizdav konj u boju:
4 कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ ।
od njega će poteći kamen zaglavni, klin šatorski, od njega ubojit luk, od njega sve vođe.
5 युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।
Bit će zajedno kao junaci što u boju gaze kao po blatu uličnom; vojevat će, jer Jahve je s njima, i osramotit će one koji konje jašu.
6 म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।
“Ojačat ću dom Judin, spasiti dom Josipov. Opet ću ih naseliti, žao mi ih, i bit će kao da ih nisam odbacio, jer ja sam Jahve, Bog njihov - uslišat ću ih.”
7 अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!
Efrajimci bit će kao junaci i radostit će im se srce kao od vina: vidjet će sinove svoje i veseliti se, u Jahvi će klicati srce njihovo.
8 म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्!
“Zazviždat ću im i sabrati ih, jer ja sam ih izbavio, bit će opet brojni kao što bjehu.
9 मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् ।
Rasijao sam ih među narode, ali će se oni u zemljama dalekim spomenuti mene, poučit će svoje sinove, i oni će se vratiti.
10 किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।
Vratit ću ih iz zemlje egipatske, sabrat ću ih iz Asirije i dovest ih u zemlju gileadsku i na Libanon, i neće biti dosta mjesta za njih.”
11 म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।
Prijeći će more egipatsko, jer on će udariti valove morske, sve dubine Nila presahnut će. Bit će oboren ponos Asirije, oduzeto žezlo Egiptu.
12 तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”
U Jahvi će biti snaga njihova, njegovim će se oni proslavit imenom - riječ je Jahvina.

< जकरिया 10 >