< तीतस 3 >
1 शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्न र हरेक असल कामका लागि तयार बस्न,
Admoesta-os a que se sujeitem aos principados e potestades, que lhes obedeçam, e estejam preparados para toda a boa obra;
2 कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।
Que a ninguém infamem, nem sejam contenciosos, porém modestos, mostrando toda a mansidão para com todos os homens.
3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।
Porque também nós de antes éramos insensatos, desobedientes, extraviados, servindo a várias concupiscências e deleites, vivendo em malícia e inveja, odiosos e odiando uns aos outros.
4 तर जब परमेश्वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्यो,
Mas quando apareceu a benignidade e caridade de Deus, nosso Salvador, para com os homens,
5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
Não pelas obras de justiça que houvéssemos feito, mas segundo a sua misericórdia, nos salvou pela lavagem da regeneração e da renovação do Espírito Santo;
6 परमेश्वरले हाम्रा उद्धारक येशू ख्रीष्टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो ।
O qual abundantemente derramou sobre nós por Jesus Cristo nosso Salvador;
7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्का उत्तराधिकारीहरू भयौँ । (aiōnios )
Para que, sendo justificados pela sua graça, sejamos feitos herdeiros segundo a esperança da vida eterna. (aiōnios )
8 यी वचनहरू विश्वासयोग्य छन् । तिमी यी कुराहरूबारे दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
Fiel é a palavra, e isto quero que deveras afirmes, para que os que crêem em Deus procurem aplicar-se às boas obras; estas coisas são boas e proveitosas aos homens.
9 तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् ।
Mas resiste às questões loucas, e às genealogias e contendas, e aos debates acerca da lei; porque são inúteis e vãos
10 एक या दुई पटकको चेतावनी पश्चात तिमीहरूका बिचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर,
Ao homem hereje, depois de uma e outra admoestação, rejeita-o:
11 र जान, कि यस्तो मनिस सही मार्गबाट भड्केको छ, पाप गर्दै छ र आफैँलाई दोष्याउँछ ।
Sabendo que o tal está pervertido, e peca, estando já em si mesmo condenado.
12 जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु ।
Quando te enviar Arthemas, ou Tycico, procura vir ter comigo a Nicópolis; porque deliberei invernar ali.
13 चाँडो गर, र कानुनका ज्ञाता जेनास र अपोल्लोसलाई तिनीहरूलाई चाहिने सबै थोक दिएर पठाऊ ।
Acompanha com muito cuidado Zenas, doutor da lei, e Apolo, para que nada lhes falte.
14 हाम्रा मानिसहरू अत्यावश्यक खाँचाहरू पुरा गर्ने असल कामहरूमा आफैँ लाग्न सिक्नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् ।
E os nossos aprendam também a aplicar-se às boas obras, para os usos necessários, para que não sejam infrutuosos.
15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।
Saúdam-te todos os que estão comigo. saúda tu os que nos amam na fé. A graça seja com vós todos. amém.